होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वासिङ्टन — अमेरिकी संसद् भवनबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा भड्काएपछि केही सांसदले जनवरी २० भन्दा अघि नै राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउनुपर्ने बताएका छन् । जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । तर राष्ट्रपति ट्रम्पले हिंसाका लागि उक्साएको आरोप लगाउँदै केही सांसदहरुले भने उनलाई जनवरी २० अघि नै राष्ट्रपति भवनबाट […]
आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । बैठकको कार्यसूची तय गर्नका लागि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र राष्ट्रिय सभा अन्र्तगत रहेका विषयगत समितिका सदस्यहरुको […]
भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार […]
विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार नै यस सूक्ष्मजीवको आतंक एवं प्रकोपले घरमै थुनिन बाध्य भयो। परम्परागत चिकित्सा प्रणालीदेखि आधुनिकतम ल्याबहरुमा युद्ध स्तरमै यस भाइरस विरुद्ध प्रभावकारी उपाय खोज्ने दिशामा सक्रिय प्रयास हुन थाले । रेकर्ड समयमै […]
अर्जुन शाह, धनगढी — प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चौधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झन्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सुदूरपश्चिमले मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालीन एमाले पृष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौका पाएनन् । प्रतिनिधिसभा […]
२३ पुस, धनगढी । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न […]
काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ। बिहीबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा […]
वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ । दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२÷६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिखेर कि प्रधानमन्त्री केपी ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय गर्दै जानुपर्यो […]
काठमाडौँ । सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको […]
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा एक वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसद्बाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीबारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे विधेयक फिर्ता गरिने विषय समावेश गरिएको छैन । बैठक बस्ने बेलासम्म बहुमत पुग्ने अवस्था आए मात्र त्यसलाई कार्यसूचीमा राख्ने सत्तारूढ दल नेकपा ओली समूहका […]
प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालिन एमाले पृष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौका पाएनन् । प्रतिनिधिसभा विघटनपछि नेकपा […]
विश्वका भैँसीविज्ञको सहभागितामा दसाैँ एसिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दसाैँ एसियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी २० जेठदेखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एसियन बफेलो एसाेसिएसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी […]
सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि तयारी थालेको छ । हरेक हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिँदै आएको छ । नेपालका लागि आयातित रोग भए पनि १० वर्षदेखि किसानले यसको समस्या भोग्दै आएका छन् । केही दिनअघि छिमेकी देश भारतको पश्चिम क्षेत्रमा बर्डफ्लु देखिएको थियो । भारतमा बर्डफ्लु देखिएसँगै नेपाल सरकारले यसको नियन्त्रणका लागि […]
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको जानकारी दिए । बाेहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको बताए । उनी केही दिनअघि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम-२ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका […]
अनेरास्ववियुका संयोजक ऐन महरले संगठनको सम्पत्ति दुरुपयोग नगर्न चेतावनी दिएका छन् । माउ पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि बागबजारस्थित कार्यालयमा प्रचण्ड–माधव समूहले कब्जा गर्ने तयारी गरेपछि महरले कार्यालय, लेटरप्याड र सम्पत्ति दुरुपयोग नगर्न सचेत गराएका छन् । ‘यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारवाही गर्न र संगठनको सम्पत्तिको सुरक्षाको लागि कडा कदम चाल्न अनेरास्ववियु बाध्य […]
२२ पुस, गुल्मी । गुल्मी जिल्ला प्रशासनले नागरिक मैत्री सेवा दिने थालनी गरेको छ । जिल्ला प्रशासनमा विभिन्न सेवा लिनआउने सेवाग्रहीले छिटो छरितो सेवा पाएसँगै प्रशासनले दिनेसेवा प्रति सेवाग्रहीले खुसी व्यक्त गरेका छन् । प्रशासनले सेवाग्राहीको कामलाई अधिकत्तम छिटो छरितो सेवा दिन थालेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा […]
२२ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, […]
२२ पुस, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन […]
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा […]