होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ फागुन, काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन् । नेता जोशीको अवस्थामा चामत्कारिक सुधार भएको भन्दै अस्पतालले बिहीबार बिहानदेखि नै भेन्टिलेटरको सपोर्ट हटाएको बताएको छ । जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर […]
२१ फागुन, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्र १. दुबै पक्ष नेपाल […]
२१ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर हुँदैछ । सरकारी र विप्लव समूहको वार्ता टोलीबीच शुक्रबार तीनबुँदे सहमति भएको थियो । हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता रिहा गर्न गर्ने लगायतका सहमति भएको थियो । सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् । सामाखुसीमा नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग आन्तरिक छलफल पछि उनी बालुवाटार गएका हुन् । नवलपरासी पूर्वको देवचुलीमा शुक्रवार विहान सार्वजनिक भएका उनी सडकमार्गबाट काठमाडौं आएका हुन् । आफ्ना कार्यकर्तासहित दुईवटा स्कर्पियो गाडीमा उनी […]
कालिकोट । सरकार र नेत्रविक्रम चन्द समूहबीच तीन बुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीन बुँदे सहमतिका कारणले उत्साहित भएका हुन् । माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले चन्द समूहले हिंसात्मक […]
नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् । बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका हुन् । विप्लवले आजै प्रधानमन्त्री […]
काँकडभिट्टा — झापा विद्रोहका अगुवा ठूलो दुर्गा अधिकारी उपचारका लागि सहयोगको हात जोड्दै दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको निवासै पुगेका थिए । सँगै जेल बसेका सहयोद्धा प्रधानमन्त्री बनेका बेला सहयोग पाइएला भन्ने आस थियो । झापा आन्दोलनका बेला पाएको यातनाका कारण उनमा करङ खिइने समस्या छ । ‘ओली सरले त हुन्छ–हुन्छ भनेर आस मात्रै देखाउनुभयो, काम चैं […]
२१ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् । सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् […]
जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए। जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष रु १९ करोड बराबरको स्याउ जिल्लाबाहिर गएको छ । गत वर्ष यहाँबाट रु ३४ करोड […]
सरकारसँग तीन बुँदे सहमति भएसँगै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरु रिहा हुन थालेका छन् । शुक्रबार बिहान काभ्रेबाट नेकपा नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । उनलाई श्रीमतीको जिम्मा लगाइएको थियो । गृहमन्त्रालयले बिहीबार साँझ नै शुक्रबारसम्म सबै नेता कार्यकर्ताहरुलाई रिहा गर्न देशभर सर्कुलर जारी गरेको थियो । बिहीबार मन्त्रिपरिषद्को बैठकले […]
२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन् । नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ । यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई […]
काठमाडौँ, २० फागुन । डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड मिचेर शिक्षकको फेरबदल गरिएको आरोप लगाएका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा छ । स्थानीय […]
धनगढीः सुदूरपश्चिममा ह्याण्डपम्प र बोरिङ्गको पानीसँगै अधिकांश उद्योगले प्लास्टिकको बोतलमा बेच्ने प्रशोधित पानी पनि न्यून गुणस्तरीय र दूषित रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षको ८ महिनामा प्रशोधित पानी अर्थात् प्लास्टिकका बोतलमा बेचिने पानीका ३९ वटा नमूना परीक्षण गरेको थियो। ती मध्ये ८ उद्योगले उत्पादन गरेका पानी गुणस्तरहिन र […]
२० फागुन, काठमाडौं । भारतीय सीमा नाकासँग जोडिएको महोत्तरीको मनराशिस्वा नगरपालिकामा एकैसाथ पाँच दर्जन बढी नीलगाई फेला परेका छन् । मनराशिस्वा नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु नीलगाई देखा परेको स्थानीयवासीले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको संख्यामा रहेका नीलगाई नगरपालिकाको वन क्षेत्रमा देखिएको मनराशिस्वा नगरपालिका–२ का वडाध्यक्ष विनोदकुमार सिंहले […]
सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका अब दुख र कष्टका दिन गइसकेको बताएका छन् । बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका हुन् । ‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन […]
२० फागुन, जाजरकोट । फरक राजनीतिक आस्था राखेकै कारण तीन कर्मचारी बर्खास्त गरिएको भन्दै चार कर्मचारी संगठनले आपत्ति जनाएका छन् । भेरी नगरपालिकाले नेकपा प्रचण्ड-माधव समूहमा आवद्ध भएको भन्दै तीन कर्मचारी बर्खास्त गरेको छ । प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएर नगरपालिकाले कर्मचारी बर्खास्त गरेकाले तत्काल पुनर्बहाली गर्न कर्मचारी संगठनहरुले माग राखेका छन् । प्रचण्ड-माधव समूह […]
२० फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको भनी दिएको अभिव्यक्तिप्रति नेपाल वन प्राविधिक संघले विरोध जनाएको छ । संघका अध्यक्ष कुमुद श्रेष्ठ र महासचिव बसन्तबाबु श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले भ्रष्टाचारजन्य कुरा हुँदा उजुरी गर्नुपर्नेमा प्रचारवाजी गरेको […]
२० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आउन तीन दिन बाँकी छ, तर त्यहाँ के भूमिका खेल्ने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसजस्तै तेस्रो ठूलो राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गर्दा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा थिए । भट्टराई बुधबार उपचार […]
काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए । उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने छ । हाल […]
२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो […]