होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला
देश/प्रदेश

महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

  • नागरिक रैबार
महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

२० फागुन, काठमाडौं । भारतीय सीमा नाकासँग जोडिएको महोत्तरीको मनराशिस्वा नगरपालिकामा एकैसाथ पाँच दर्जन बढी नीलगाई फेला परेका छन् । मनराशिस्वा नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु नीलगाई देखा परेको स्थानीयवासीले बताएका छन् ।

विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको संख्यामा रहेका नीलगाई नगरपालिकाको वन क्षेत्रमा देखिएको मनराशिस्वा नगरपालिका–२ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए ।

 

विज्ञापन

नीलगाईले आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबाली खाएर किसानहरुलाई क्षति पु¥याउन सक्ने उनको भनाइ छ । दर्जनाै‌ संख्यामा रहेका नीलगाई र तिनका बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेका छन् । मानिसलाई आफूतिर आएको देख्ना साथ नीलगाईहरु तीव्र गतिमा भाग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयवासीले वन क्षेत्रमा नीलगाई फेला परेको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएका छन् ।

गर्मीयाम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा रहेका वन क्षेत्रका विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुहरु ज्यान जोगाउनका लागि तलतिर झर्न थालेका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार