होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड-माधव समूहमा लागेको भन्दै तीन कर्मचारी बर्खास्त
समाचार

प्रचण्ड-माधव समूहमा लागेको भन्दै तीन कर्मचारी बर्खास्त

  • नागरिक रैबार
प्रचण्ड-माधव समूहमा लागेको भन्दै तीन कर्मचारी बर्खास्त

२० फागुन, जाजरकोट । फरक राजनीतिक आस्था राखेकै कारण तीन कर्मचारी बर्खास्त गरिएको भन्दै चार कर्मचारी संगठनले आपत्ति जनाएका छन् । भेरी नगरपालिकाले नेकपा प्रचण्ड-माधव समूहमा आवद्ध भएको भन्दै तीन कर्मचारी बर्खास्त गरेको छ ।

प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएर नगरपालिकाले कर्मचारी बर्खास्त गरेकाले तत्काल पुनर्बहाली गर्न कर्मचारी संगठनहरुले माग राखेका छन् । प्रचण्ड-माधव समूह निकट प्रेस संगठनमा आवद्ध भएको भन्दै नगरपालिकामा एमआईएस अपरेटर पवन शर्मा, सरोज वली र भरतकुमार शर्मालाई बर्खास्त गरेको छ ।

 

विज्ञापन

जिल्लास्ति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त वक्तव्य निकाल्दै आपत्ति जनाएका छन् ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती (सीपी) केपी ओली निकट हुँदा । बर्खास्त भएका दुईजना कर्मचारी यसअघि ओली निकट पत्रकारको संगठनमा थिए । त्यसबेला मेयरले नै बधाई दिएका थिए तर आफूहरुले समूह परिवर्तन गरेपछि उनकै निर्देशनमा बर्खास्त गरिएको कर्मचारीको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार