होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणका बारे पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कांग्रेसले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोभिड- १९ महामारीको पहिलेको चरण भन्दा दोस्रो चरण भयावह भएको र त्यसलाई नियन्त्रण गर्न सरकार चुकेको कांग्रेसको ज्ञापनपत्रमा […]
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। काँग्रेस संसदीय दलले बिहीबार आयोगमा उजुरी दर्ता गराएको हो। प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठबाट निर्वाचन आचार संहिताको उलंघन भएकोले कारबाही गर्न काँग्रेसले माग गरेको छ। मौन अवधिमा प्रधानमन्त्री र शिक्षामन्त्रीले सार्वजनिक रूपमा आफ्ना उम्मेदवारका लागि […]
हेटौंडा। राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ। बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको हो। मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु गर्ने […]
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो […]
६ जेठ,बुटवल । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ […]
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ६, कैलाली ७, बाजुरा १ दार्चुला १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । निर्देशनालयका अनुसार २ सय ७९ मा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना […]
५ वैशाख, काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र […]
५ जेठ, बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए । शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै […]
५ जेठ, काठमाडौं । पहाडी जिल्ला लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किंदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ […]
५ जेठ, काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुनसक्ने मौसमविद्को पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको बाढी […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । […]
४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र कायम सहमति कार्यान्वयनका निम्ति प्रस्ताव ल्याउन गठित कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन अपील जारी गरेको हो । ‘पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एकापसमा […]
काठमाडौं । कुनै पनि बैठक या छलफलबाट बाहिर निस्कँदा सञ्चारकर्मीलाई विरलै मात्र प्रतिक्रिया दिने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा दुई प्रश्नको जवाफ दिए । एमाले विवाद समाधान गर्न प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा ओलीलाई सञ्चारकर्मीले घेरेर प्रश्न गर्न छुटाएनन् । त्यसक्रममा प्रधानमन्त्री ओलीलाई उपस्थित सञ्चारकर्मीले दुई नेताको […]
काठमाडौं । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितिबारे आङ्कलन गरिरहेको छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए । आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे […]
नेकपा एमाले माओवादी केन्द्रबीच एकता भएको आज ठीक तीन वर्ष पुग्दैछ । २०७५ साल जेठ ३ गते दुई पार्टी एकआपसमा विलय भएर नेकपा बनेको थियो । अहिले सर्वोच्च अदालतले पार्टी फुटाइदिएपछि एमाले ०७५ जेठ २ को अवस्थामा फर्कन खोजिरहेको छ । माओवादीले भने विधान संशोधन गरेर संगठनात्मक संरचनामा हेरफेर गरेको छ । एकताको तीन वर्ष […]
२ जेठ, काठमाडौं । सांसदबाट राजीनामा दिने तयारी स्थगित गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु शुक्रबार साँझ सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुुगे । त्यहाँ अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि आए । अरुभन्दा ढिला बैठक हलमा आइपुगेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुबै हात जोड्दै बैठक हलमा प्रवेश गरे । […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ (ध्वस्त) भयाे भनिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो । शनिवार (हिजो) बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले उहाँले भन्नुभयो, ‘सिस्टम नै कोल्याप्स […]
काठमाडौँ– कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)को बैठक अहिले जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बैठक सिंहदरबारमा जारी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न अस्पतामा भएको उपकरण अभाव तथा अक्सिजनको अभाव व्यवस्थापनमा चाल्नुपर्ने कदमका विषयमा आजको बैठकले […]
२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख) पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ । यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको छ । खासगरी यो वर्ष सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजना समेत कोरोना […]