होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने बताए । केन्द्रबाट आएको खोप जिल्लाहरुमा वितरण गरिएको […]
२४ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ । सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए । ‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले रातोपाटीलाई जानकारी […]
काठमाडौँ– खाद्यान्नमा २० छुट दिने सरकारी घोषणा गत ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ र ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ ले शुक्रबारदेखि कार्यान्वयन गरेका छन् । निषेधाज्ञा अवधिभरका लागि खाद्यान्न तथा खाना पकाउने ग्यासमा सरकारले बजेट वक्तव्यमार्फत २० प्रतिशत छुटको व्यवस्था गरेको थियो । जेठ १५ गते सार्वजनिक गरिएको आय–व्यय (बजेट) वक्तव्यको बुँदा संख्या ५५ मा भनिएको छ, […]
२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने बताएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकतासहितको पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै मन्त्री शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको प्रभाव नियन्त्रण […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएका छन् । उनी बिरामी परेका कारण आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । ‘सम्माननीयज्यू बिरामी पर्नुभयो, त्यसैले आज संवैधानिक इजलास बस्दैन’ अदालत स्रोतले भन्यो । जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ । […]
२४ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए । यसअघि […]
प्रदेश १ को आठौं तथा वर्षे अधिवेशन (बजेट अधिवेशन) सोमबारदेखि हुँदैछ। सोमबार दिनको दुई बजे सुरु हुने यो अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ । प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ । त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल सक्नुपर्ने कानुनी प्रबन्ध छ । तर, यसपटक सरकारले प्रि–बजेट छलफल छोटो अवधिमै पाँच […]
सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक दिउँसो दुई बजे बस्दैछ । यो बजेट अधिवेशन पनि हो ।सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्धारण गरेको छ । यसका साथै […]
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट एक मन्त्री र चार राज्यमन्त्रीलाई बर्खास्त गरेपछि काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारी भइरहेको छ । जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी केन्द्रसँग वार्ता गरिरहेका छन् । जसपाका एक नेताका अनुसार काँग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट एकजना गरी तीनजनाको आजै वा भोलीसम्म सपथ […]
२३ जेठ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताएका छन् । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने पनि विश्वास व्यक्त गरे । ‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक […]
राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो । सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्र्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान […]
२३ जेठ, काठमाडौ । सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने गरी अध्यादेश ल्याएको छ । अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुनसक्छ । कोरोना संक्रमितको उपचारका लागि खटिएका नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन […]
२३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि खडा गरेको कोषले ५६ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । पहिलो चरण र दोस्रो चरणको संक्रमण फैलिएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले सञ्चालन गरिररहेको कोषबाट ५६ करोड ४० लाख खर्च भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना […]
२३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको […]
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधान करिब–करिब ध्वस्त भएको भन्दै यसलाई न्यायपालिकाले बचाउनुपर्ने बताएका छन् । उनले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही शासन र पञ्चायतकालमा समेत न्यायालय नझुकेको स्मरण गर्दै अहिलेको परिस्थितिमा करिब करिब ध्वस्त भएको संविधान न्यायालयले बचाउनुपर्ने बताए । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस गर्दै भट्टराईले कार्यपालिकाले न्यायमा अवरोध गर्न नपाउने पनि स्पष्ट गरे […]
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।राष्ट्रपति भण्डारीले उक्त अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा जारी गरेकी हुन् ।अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको छ ।
धनगढी : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेपछि नेता शाहले सात बुँदामा जवाफ पठाएका हुन् । स्पष्टीकरणमा पार्टीको विधानविपरित गुटबन्दी र षडयन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसंग साठगाठ गरेको, गोपनियता भंग गरेको लगायतका आरोप लगाइएकोमा नेता शाहले सबै आरोप निराधार […]
२३ जेठ, धनगढी । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइएको छ । घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् । प्रधानमन्त्री ओलीले […]
२३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण पेश गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पठाएका हुन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको निर्णय विपरीत काम गरेको भन्दै शाहलाई ४८ घण्टाको समय दिँदै स्पष्टीकरण […]