होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ । बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भनिएको स्थान हेर्न पुगेका सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार मेलम्ची नदी बगेको स्थानका अधिकांश नदी किनार […]
सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित […]
३ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको अन्तमा बजेट वितरण गरिएका योजनाको प्रदेशसभाको सार्वजनिक लेखा समितिले अनुगमन गर्ने भएको छ । बुधबार बसेको प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठकले आर्थिक वर्षको अन्तमा भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वितरण गरेका योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । लेखा समितिका […]
काठमाडौँ — मुलुकका विभिन्न जिल्लामा अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी बुधबार रातिसम्म कम्तीमा ६ जनाको मृत्यु र २८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । बाढीले बुधबार डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार र उद्धारमा खटिएको नेपाली सेनाको हेलिकप्टर । सिन्धुपाल्चोकमा २, बाजुरा, पाल्पा, कास्की र डोटीमा १/१ जनाको मृत्यु भएको हो भने सिन्धुपाल्चोकमा १७, […]
३ असार, काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न सक्ने छन् । ‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न […]
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो क्षति भएपछि उनले तत्काल राहत तथा उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका […]
काठमाडौँ– बाढी तथा पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । बैठकमा बाढी पहिरोबाट भएको क्षति र विपद् रोकथामको प्रतिकार्य गर्ने विषयमा छलफल हुनेछ । यसैगरी मनसुनबाट हुने क्षति कसरी न्युनिकरण गर्ने र भइसकेको क्षतिबाट पीडितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल हुनेछ […]
नेकपा एमालेले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको उद्दार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार जारी गरेको विज्ञप्तिमा बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित भएको र कतिपयको ज्यान ज्यान गुमाएको […]
२ असार, काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य […]
२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ […]
काठमाडौँ — कोरोना महामारीका बीच मंगलबारबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कक्षामा भौतिक उपस्थिति गराएर पढाउन सम्भव नभएका जिल्लामा विद्यालयहरूले विद्यार्थीलाई वैकल्पिक विधिबाट जोड्नुपर्नेछ । शिक्षा मन्त्रालयले यसअघि असार १ देखि विद्यालयहरूमा भर्ना प्रक्रिया थाल्न आह्वान गरेको थियो । असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण गर्न र उनीहरूलाई पाठ्यपुस्तक उपलब्ध गराउन आग्रह […]
२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादबारे निष्पक्ष निर्णय नदिएको आरोप खेपेको निर्वाचन आयोगले नेकपा एमालेको निवेदन भने नहेर्ने संकेत गरेको छ । आयोगका पदाधिकारीहरूकै भाषामा भन्ने हो भने ‘आयोगसम्म आवेदन पुगेकै छैन ।’ जबकि तीन महिना अगाडि एमालेको पत्र आयोगमा पुगेको हो । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको […]
काठमाडौं: १९ घण्टादेखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीले बुधबार बिहान उद्धार गरेको छ। जिल्लाको लमही नगरपालिका-७ हसनापुर र राजपुर गाउँपालिका-२ बेलास्थित नदीको बीच टापुमा मंगलबार २ बजेबाट फसेकाहरूको उद्धार गरिएको हो। टापुको दुबैतिर राप्तीको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरू अविरल वर्षासँगै राप्तीमा बाढी आएपछि […]
विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए । मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, […]
२ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो । मंगलबार कोभिड–१९ खोप अभियानको विषयमा बनाइएको विशेषज्ञ समूहका प्रमुख भीके पालले भने, ‘कोरोना भेरियन्टको नयाँ म्युटेसन देखिएको छ । तर, […]
६ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा जेठ महिनाभरी ५५ हजार जनामा परीक्षण गर्दा १४ हजार ४६५ जनामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, राजपुर डोटीका अनुसार जेठमा पीसीआर परीक्षण विधिबाट ३० हजार ४६४ जनामा परीक्षण गरिएको छ । जसमध्ये ११ हजार २८ जनामा संक्रमण भएको पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको […]
काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । लगातारको वर्षापछि उर्लिएको नारायणी नदी । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । […]
सिन्धुपाल्चोक, असार २। सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् । यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा […]
२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित […]