होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार(आज)देखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक […]
१७ असार, म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार […]
१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]
१६ असार, काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले ९ […]
धनगढी: अछामको बान्नीगढी जयगढी गाउँपालिकाले अनौठो आर्थिक ऐन ल्याएको छ। जसअनुसार उपभोक्ता समितिले संघीय र प्रदेश सरकारका योजना भुक्तानीका लागि सिफारिस लिँदा २ प्रतिशत दस्तुर गाउँपालिकालाई बुझाउनु परिरहेको छ। गाउँपालिकाभित्र सञ्चालन भइरहेका योजनाको रकम भुक्तानीका लागि आवश्यक पर्ने सिफारिस गरेवापत योजनाको कूल रकमको २ प्रतिशत तिर्नुपरेपछि उपभोक्ता समितिका पदाधिकारी बिचल्लीमा परेका छन्। योजनाको इस्टिमेटमा समावेस […]
१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले साउन ९ गतेदेखि १३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले तालिका सार्वजनिक गरेको हो । यो पटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन् […]
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो । एमाले नेताहरुका अनुसार आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ । यसअघि मंगलबार बसेको ओली पक्षीय स्थायी समिति बैठकले नै पार्टीलाई […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जनप्रतिनिधिको सर्वोच्च संस्था संसद् विघटन ठिक कि बेठिक भन्ने बहस अदालतभित्र र बाहिर दुवै ठाउँमा जारी छ । एमालेको माधव नेपाल पक्षका नेताहरू केपी ओलीले संसद् विघटन गरेकोमा माफी माग्नुपर्ने बताउँछन् । […]
१६ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । सरकारी पक्षबाट सोमबार र मंगलबार भएको बहसमा सरकारी वकिलहरुसँग इजलासले मुख्य पाँच वटा प्रश्न गरेको छ । १. प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन मिल्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीे विश्वासको मत लिन संसद नगएको विषयमा न्यायाधीशहरुले सरकारी वकिलसँग […]
१६ असार, काठमाडौं । कृषि तथा वन र इन्जिनियरिङ सेवातर्फ रिक्त दुई सचिव पदका लागि ६ जना सिफारिशमा परेका छन् । सचिव बढुवा सिफारिश समितिको मंगलबार बसेको बैठकले दुई सेवाका तीन-तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिश समितिको बैठकले कृषि तथा वन सेवातर्फ […]
डोटीमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावी रूपमा गर्भपतन सेवा लिने गरेका कारण उनीहरूको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति […]
कांग्रेसका सक्रिय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन्। यसको दृष्टान्त हो ‘सक्रिय’ सदस्यतामा गरिएको भागबण्डा। वडा तहबाट सिफारिस हुने सक्रिय सदस्यता नामावलीमा नाम भागबण्डा गरेरै केन्द्रमा पठाइए, फलतः केन्द्रले पनि उनै भागबण्डा गरेरै पठाइका नामावलीलाई सदर ग¥यो। कांग्रेसी पुराना नेताका अनुसार सक्रिया सदस्यताको यो वितरण प्रणाली नयाँ र नौलो भने होइन। कांग्रेसका […]
लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको […]
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन्। पुराना सबै कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष ओलीले मंगलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर सो निर्णय गराएका हुन्। बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गराउने र नवौं महाधिवेशनपछिका सबै संरचनामा पार्टी फर्काउने निर्णय […]
बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–११ की २५ वर्षीया शर्मीला खड्कालाई हिजो (सोमबार) सुत्केरी बेथा सुरु भयो। त्यसपछि उनी सासुसँगै जिल्ला अस्पताल बझाङका लागि घरबाट निस्किइन्। तर उनी अस्पताल भने पुग्न पाइनन्। उनलाई एक जीपले सडकमै अलपत्र अवस्थामा छाडेर गयो। त्यसपछि शर्मीलाले सडकमै बच्चालाई जन्म दिइन्।सडकमा रोएको आवाज सुनेपछि त्यहाँका स्थानीय शर्मीला भएको ठाएँमा पुगेका थिए। आमाको […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाई सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका अनुसार मंगलबारसम्म ५० प्रतिशत रोपाई सकिएको हो । प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार सबैभन्दा धेरै दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०, कैलालीमा ५५ प्रतिशत रोपाई सकिएको छ । यस्तै बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५, डोटीमा ४५ र […]
१५ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताए । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।
काठमाडौँ- आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने […]
काठमाडौँ– सरकारको एक तथ्याङ्कअनुसार हाल देशभरमा कक्षा ११ र कक्षा १२ पढाइ हुने सामुदायिक विद्यालयको संख्या ३ हजार २७४ छ । यो संख्या अर्थमन्त्रालयको आर्थिक सर्वेक्षण २०७८ मा उल्लेख गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाललका अनुसार २०७७ सालमा कक्षा ११ र कक्षा १२ सञ्चालन भएका सामुदायिक विद्यालयमा ४ […]