होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ साउन, काठमाडौं । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टी कार्यालय, सानेपामा क्रियाशील सदस्यता विवादलाई लिएर धर्ना भइरहेकाले केन्द्रीय सदस्यहरुको सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बोलाइएको छ । पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन भदौ १६-१९ सम्म हुनुपर्ने हो । तर क्रियाशील सदस्यता विवादका कारण वडा, स्थानीय […]
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो । प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित […]
मनाङ । बाढीपहिराका कारण मनाङमा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिराले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो । विद्युतको अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् । जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत […]
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिनेछन् । देशभर युवासँग सम्बन्धित […]
सुर्खेत । डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्।उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो भने वडाअध्यक्ष नेपालीको […]
इटहरी — छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै आए र एकाएक बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले । एक्ली वृद्धा के गर्न सक्थिन् र ! कपाल समातेर घिसार्दै घरबाट डेढ किलोमिटर टाढाको मन्दिरसम्म पुर्याइयो । […]
धनगढी । कैलालीको भासुु भीरबाट जिप खस्दा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३–०१ –०२३ च ९०९५ नम्बरको बोलेरो जिप कैलालीको चुुरे गाउँपालिका–३ (पंगाल) भासुु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुुनेमा डोटीको जोरायल गाउँपालिका–१ की […]
मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो […]
२७ साउन,काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् । उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, […]
२७ साउन, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु […]
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख पुगेको छ। कार्यालयले मनलाग्दी रुपमा खर्च गर्न थालेपछि मन्त्रिपरिषद् कार्यालयको बेरुजु ७१ लाख ७७ हजार २ सय ९२ पुगेको हो। असुल उपर गर्नुपर्ने बेरुजु र पेश्की गरी मन्त्रिपरिषद् कार्यालयको बेरुजु करोड नजिक पुग्दा पनि अझै फछ्यौट हुन सकेको छैन। आर्थिक वर्ष २०७७/७८ का लागि […]
बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ ।मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले […]
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको हो । […]
सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ का प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले १९ वर्षीय मण्डललाई घरमै पुगेर नागरिकता दिइएको उनले बताए । उनी हिंड्न समेत नसक्ने व्यक्ति […]
राष्ट्रियसभा सदस्य विमला राई पौडेलले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको बताएकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै राईले अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको उल्लेख गरिन् । उनले भनिन्– ‘कतिपय बाहिर जाने योजना बनाएका विद्यार्थी पनि थला परेका छन् । हुन […]
मकवानपुरः हेटौंडा र हेटौंडाको मुख्य बजार बुद्ध चोकमा दुई युवाबीच खुकुरी हानाहान हुँदा एकजना घाइते भएका छन्।बुधबार बिहान बुद्धचोकमा दुई युवाबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका हुन्। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको अनुसार खुकुरी प्रहारबाट हेटौंडा-१, चाइनाक्वाटर बस्ने २६ वर्षका प्रशान्त नगरकोटी सामान्य घाइते भएका छन्। प्रहरीले खुकुरी प्रहार […]
धनगढी : महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति दार्चुलाबाट धनगढी पुगेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति धनगढी पुगेको हो। समितिले अहिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसंग छलफल गरिरहेको छ। दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट […]
२७ साउन, पाल्पा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट ६ फिट ४ ईन्च लम्बाई, […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको […]
२७ साउन, काठमाडौं । भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट अध्ययन गरी फर्किएकालाई त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र नदिए अदालत जाने विद्यार्थीहरुले चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै विद्यार्थीहरुले लेखेको पत्रमा आफूहरुलाई अन्याय भएकाले चाँडो भन्दा चाँडो समकक्षता निषेधको निर्णय फिर्ता गर्न माग गरेका छन् । ‘अन्यथा हामीसँग अदालतको मात्र […]