होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ भदौ, काठडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ ।अविरल वर्षाका कारण साना ठूला […]
१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, […]
काठमाडौँः भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो। वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई–दुई प्रदेशमा लागू हुने देखिएको छ। त्यसैगरी तथ्यांकमा १८ जनामात्र देखिएको खस भाषा कर्णाली प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न विज्ञले मतैक्य […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी बिकले एमाले छाडेकी छन्। एमाले छाडेर बिकले आफू माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको बताएकी छन्। तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहने बताउदै बिकले समाजवादीमा इन्ट्री गरेकी हुन्। उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन। उनले […]
धनगढी : गौराको अवसरमा भदौ १४ गते सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार १४ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो। गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले सोही दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा […]
एजेन्सी, १२ भदौ । अमेरिकी सैनिक र नेटोले अफगानिस्तानविरुद्ध थप अक्रमणको तयारी गरिरहेको छ । अमेरिकी सैनिकसहित झण्डै २ सय जना मारिने गरी काबुल एयरपोर्टमा आइएसले बम बिष्फोट गराएपछि अमेरिकाले उनीहरुविरुद्ध थप आक्रमणको तयारी गरेको हो । अमेरिकाले काबु विमानस्थलमा भएको विष्फोटपछि गरेको ड्रोन हमलामा आइएसका योजनाकार मारिसकेको दाबी गरिरहेको छ । ह्वाइट हाउसले केही […]
डोटी- पहिरोले अवरुद्ध भएको डोटीको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिए । पहिरोले […]
काठमाडौं, भदौ १२ । आज देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको […]
धनगढी । नेकपा (एमाले) सुदूूरपश्चिमकी प्रमुुख सचेतक दुुर्गाकुुमारी बिक पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् । एमाले फुुटाएर नेता माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने बिकले घोषणा गरेकी हुन् । बिक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी थिइनन् । ‘मैले विगतमा एमाले हुुँदा पनि माधव नेपाल समूूहकै […]
काठमाडौं । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो । सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूह आन्तरिक छलफलमा […]
धनगढी: कैलालीमा छाडा पुशचौपायाले गर्दा किसानलाई बारीको बाली जोगाउन धौधौ छ। स्थानीय सरकारलाई छाडा पशुचौपाया नियन्त्रण गर्न स्थानीयले दबाब दिँदै आएका छन्। यस्तै शुक्रबार पशुचौपाया नियन्त्रण गर्न दबाब दिदै अत्तरियामा स्थानीयहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको अगुवाई थ्रिडिभिएल क्रियशन नामक संस्थाले गरेको थियो। सांकेतिक आन्दोलनस्वरूप पशु चौपायासहितको प्रदर्शन गरिएको प्रदर्शनकारीहरुले बताएका छन्। कैलालीमा गौशाला निर्माण गरिएको […]
जिल्लाको पूर्वी चौकी गाउँपालिका–२ बगलेकबासीले चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो । उक्त संस्थाको रु ८५ लाखको आर्थिक सहयोगमा वडाबासीलाई धुवाँरहित चुलो वितरण गरेको थियो । धुवाँले […]
भदौ, दाङ । मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् । राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी उपचारका लागि […]
धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर […]
११ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले मतदान अधिकृतहरु शुक्रबार नै […]
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ । प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको […]
काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता पक्षमा पारेपछि उसले आफ्नो खास शक्ति स्पष्ट गर्ने बुझिएको छ । त्यसपछि […]
काठमाडौँ, ११ भदौ: विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले […]
धनगढीः आज भाद्र कृष्ण पञ्चमी अर्थात सुदूरपश्चिमेलीहरको ठूलो चाड गौरापर्वको पहिलो दिन हो। आजबाट नै विधिवत रुपमा गौरापर्व सुरु भएको मानिन्छ। गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ। बिरुडा भन्नाले पाँच थरी अन्नको समिश्रणलाई भनिन्छ। आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न […]
काठमाडौ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन्। त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए। ‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ नेता नेपालको भनाइ छ। उनले […]