होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ३१ असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, […]
काठमाडौं, ३१ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजङ्गको अन्त्येष्टि भएको छ । उनको कपिलवस्तुस्थित आफ्नै गाउँमा अन्त्येष्टि भएको हो । वीरजङ्गको मृत्यु उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा भएको थियो । २८ असोजमा निधन भएका उनको शव स्वदेश ल्याई हिजो अन्त्येष्टि गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टीको नेता समेत रहेका वीरजङ्गको […]
धनगढी : सुदूरपश्चिममा भोलिदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। दसैँमा बन्द भएका सरकारी कार्यालय अन्य प्रदेशमा आजदेखि नै खुले पनि सुदूरपश्चिममा भने भोलिदेखि मात्रै खुल्ने भएका हुन्। अन्य प्रदेशमा दसैं बिदा ३० गतेसम्म मात्रै थियो भने सुदूरपश्चिममा भने प्रदेश सरकारले थप एक दिन अर्थात् आज पनि बिदा दिएको थियो। सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वडा १०० संगठित सदस्य अभियान चलाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा एक वडा १०० संगठित सदस्य र एक हजार वार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ । साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका तहमा पनि […]
सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो । आन्तरिक मामिला […]
धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ।हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो। उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी […]
जनकपुरधाम । प्रदेश-२ को लोकसेवा आयोगले एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेका छन् । महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखिएको लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आयोगको गत असोज ६ गतेको निर्णय अनुसार झालाई एक बर्षका लागि कालोसूचीमा राख्ने निर्णय भएको […]
काठमाडौँ — देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ । त्यसो त दुई वर्षअघि दरबन्दी […]
बैतडी —यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छ जना सामान्य घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन […]
३१ असोज, काठमाडौं । नेपालमा इन्टरनेटको सेवामा ७४ प्रतिशत हिस्सा मोबाइल ‘डाटा’कै छ । तर अझै बजारमा सक्रिय रहेका ४० प्रतिशत सिमकार्डमा इन्टरनेट सेवा खुलेको छैन । नेपालमा तीन मोबाइल कम्पनी, नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकमले ‘मोबाइल डाटा’ मार्फत् इन्टरनेट सेवा दिन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार २ करोड २८ लाख ४८ […]
काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
धनगढी : दसैँको टीका लगाइसकेका सुदूरपश्चिमका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ। खेतमा धान पाकेका कारण पानी परे नोक्सानी हुने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको हो। सुदूरपश्चिम प्रदेशमा यो वर्ष धानको उत्पादन राम्रो हुने अनुमान गरिएको छ। यो वर्ष मनसुन अनुकुल हुनुका साथै उन्नत बीउका कारण धान उत्पादन बढ्ने अनुमान कृषि विज्ञले गरेका हुन्। […]
काठमाडौँ: भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार (हिजो) अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत […]
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना […]
धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो । कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा […]
नेपाल र भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दैछन् । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको थियो । पहिलो खेलमा १० खेलाडीमा […]
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (असोज ३१ गते) पनि सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा […]
डडेलधुरा — सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रका रुपमा विकसित हुन थालेको डडेलधुरा बस पार्क निर्माण हुन नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । पार्किङका लागि ठाउँ नहुँदा बसपार्क अस्तव्यस्त बन्न थालेको छ । बसपार्क नभएका कारण सदरमुकाम अव्यवस्थित मात्र भएको छैन, सर्वसाधारण र आउने जाने यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ । पहाडी […]
काठमाडौँ- मुलुकभरको मौसममा बदलाव आएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली भएको हो । सोही प्रणालीको असरले तीन दिनसम्म सामान्यदेखि मध्यम तथा भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।आगामी […]
धनगढीः नेपालीहरुको महान पर्व बडा दसै सुरु भएसँगै सुदूरका गाउँमा रौनकता छाएको छ। पढाई तथा रोजगारीको लागि घरबाहिर रहेकाहरु पनि गाउँ फर्किएपछि बडा दसैको रौनकता झनै बढेको हो। गत वर्ष कोरोना कहरका कारण दसैमा मान्यजनबाट टिका र जमरा थाप्न नपाएकाहरु यस वर्ष भने सहर नै सुनसान हुने गरी गाउँ पुगेका छन्। उनीहरु पहाड पुगेर आफ्ना […]