होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पूर्वी नवलपरासी — छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक उच्च माविका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको उजुरीपछि प्रहरीले आइतबार ती शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार घटनाका बारेमा छात्राले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा आइतबार लिखित जाहेरी दिएकी हुन् । ५ दिनअघि […]
मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी गराए । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क […]
काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको पोषण शाखाका प्रमुख लिला थापाले देशभरबाट […]
धनगढीः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको बताएका छन्। कांग्रेस क्षेत्र नंं ४ प्रदेश (क) क्षेत्रीय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको बताएका हुन्। उनले आफूले पछिल्ला […]
काठमाडौं । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनको क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने २१ आचरण सार्वजनिक गरेको छ । निर्वाचन अगाडि जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा २१ बुँदे आचरण पालना गर्नुपर्ने आयोगले जनाएको छ । खासगरी निर्वाचन प्रचार प्रसार सम्बन्धी […]
काठमाडौं । सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो । अर्थमन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत […]
महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले आसन्न निर्वाचन केन्द्रित ‘महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार’ भन्ने नाराका साथ सुरु गरेको अभियानले राज्यका सबै संरचनामा महिलाको समानुपातिक समावेशी नेतृत्व सुनिश्चित गर्न माग गरेको छ । अभियानले महिला र महिलाभित्रको विविधतालाई सम्मान र स्वीकार गरी सोहीअनुसारको सहभागिता र निर्णायक तहमा प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग […]
नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् । रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा आफूमाथि हातपात भएको ढुंगेलले बताए । नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी […]
पोखरा । कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो । जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश उपाध्यक्ष आमोद […]
सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने […]
नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुनेछ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत छलफलका विषय रहेको एमाले नेताहरुले […]
बलात्कार मुद्दामा डर, त्रास, धम्की, प्रलोभन तथा अन्य प्रभावले बयान परिवर्तन गर्ने प्रवृत्ति, तर पीडितले बयान फेरेकै आधारमा अभियुक्तलाई सफाइ दिन नमिल्ने सर्वोच्चको नजिर तनहुँ, काठमाडौं — पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र […]
काठमाडाैं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी […]
जनकपुरधाम । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उनले दाबी गरे । त्यस्तै लिङ्देनले […]
काठमाडौं । मोडल एवं अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत, तनहुँमा बकपत्रका क्रममा पीडित किशोरीले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । जानकारी अनुसार पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी […]
धनगढीः सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा तालाबन्दी गरिएको छ। कानून संकाय अन्तरगत बिएएलएलबीका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन्। उनीहरुले आईतबार प्रशासन र प्रिन्सिपलको कार्यालयमा तालबन्दी गरेको बताएका छन्। कानून संकाय अन्तर्गतको बिएएलएलबीको परीक्षामा प्रश्नपत्र र उत्तर लेख्ने माध्यम नेपाली–अङ्ग्रेजी दुवै हुनुपर्ने उनीहरुको माग छ। विश्वविद्यालयले मनपरी रुपमा अंग्रजी माध्यम मात्रै लागू गरेको उनीहरुको आरोप छ। यस […]
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका ओली आज विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट पुगेका हुन् । सिमकोट पुगे लगत्तै विमानस्थलमा विश्राम गरेर उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् । एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै […]
धनगढी : बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। त्यस्तै, अन्य […]
काठमाडौं । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो । मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र […]
जनकपुरधाम । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए । शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न हुने […]