होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रतिनिधिसभा सदस्य सांसद डा। डिला संग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छन्। आइतबार स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि भएको छलफलमा भाग लिँदै सांसद संग्रौलाले अहिले नेपालमा झन्डै २० वटा निजी स्वास्थ्य बीमा कम्पनीहरु तथा ३५० भन्दा बढी निजी अस्पतालहरू रहेको बताइन् । ‘निजी बीमा कम्पनीहरुले मुनाफामा मात्रै आँखा लगाइ रहेका हुन्छन, प्रिमियम […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आईएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए । ‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण […]
काठमाडौं । ग्रासरुट देखि नै क्रिकेटको विकासका लागि सहयोग गर्न गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सकारात्मक देखिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का वृतान्त खनालले मेयर बालेनलाई भेट गर्दै नेपाली क्रिकेटलाई ग्रास रुटदेखि नै विकास गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । खेलकुद रुची राख्ने मेयर बालेन पनि क्यानमा प्रस्तावमा सकारात्मक देखिएको र […]
सांसद लक्ष्मीकुमारी चौधरीले जनताले भ्यू टावर सभाहल भन्दापनि ढल निकास, फोहोर व्यवस्थापन चाहेको बताएकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले त्यस्ता कुराहरुमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्– ‘बर्खामा पानी परेपछि शहरमा ढल निकास नभएर महिनौंसम्म घर डुबानमा पर्ने अवस्था देखिन्छ । त्यसको निकासका लागि शहरी विकास मन्त्रालयले विशेष ध्यान दिओस् […]
बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक […]
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेकाबताए । प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो भन्ने विषय संसदमा जानकारी […]
धनगढीः बर्सातको बेला खाद्यसंकट हुने सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लामा सडक बन्द हुने समस्या छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले वर्षा सुरु हुनअगावै ती क्षेत्रमा खाद्यान्न ढुवानी गरिसक्नुपर्ने बाध्यता छ। तर, बर्खाका लागि पठाइने खाद्यान्न भण्डारण गर्ने समस्या भने कायमै छ। साउनदेखि असोजसम्म खाद्यसंकट हुने क्षेत्रमा खाद्यान्नको माग हुन्छ। तर, बर्खा लाग्नुअघि ढुवानी गरेको खाद्यान्न […]
बझाङ — वैशाख ८ गते २३ वर्षीया सपना (नाम परिर्वतन) का आफन्तको बिहे थियो । घरभन्दा आधा घण्टा पर बिहेको निम्तो खान गएकी उनी घर फर्किने क्रममा यौन हिंसामा परिन् । जन्मजात दृष्टिसम्बन्धी अपांगता भएकी उनलाई छिमेकी आफन्तले घर पुर्याउन सहयोग गर्ने भन्दै उनको हात समाते । रात परिसकेको थियो । चिनेकै आफन्त भएको हुनाले उनले पनि विश्वास गरिन् । […]
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित छन् । अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन […]
काठमाडौं । देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव […]
काठमाडौं । गत वर्ष भएका मनसुनजन्य विपदबाट २५८ जनाको मृत्यु, ६५ जना बेपत्ता र १९२ जना घाइते भए । अघिल्लो वर्ष मनसुन सुरु भएको पहिलो महिनामै ८३ जनाको मृत्यु भएको थियो । जानकारहरूका अनुसार गत वर्ष मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै उच्च थियो । २०७७ मा मनसुनको पहिलो महिना असारमा २० जना, ०७६ […]
काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको छ । अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ । जस […]
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले मिटरब्याजी तेलीलाई तत्काल पक्राउगरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन् । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका हुन्। तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो […]
नागरिक रैबार/बाजुरा २७ जेठ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य धनराज पण्डित नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सूचना,सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुखमा मनोनीत भएका छन भने, नेपाली काँग्रेस बाजु्राका पुर्व पाटी सचिव रनसिंह ऐडि सुदूपश्चि प्रदेश कार्य समिति सदस्यमा मनोनित भएका छन । नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवंम गतिशील बनाउनका लागि प्रदेश […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको एकता सम्भावनाबारे बोलेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘पोहोर फुटेको होइन ?’ तर अहिले नेताहरुले वाम गठबधन, एकताको कुरा गर्न थालेको छन् नि […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तर्फको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा सहभागी ३२ हजार ९७ जना सहभागी मध्ये ३ हजार ८८६ जना […]
काठमाडौं । संघ र प्रदेश निर्वाचनमा देशभर उम्मेदवार उठाउने विषयमा छलफल गर्नका लागि स्वतन्त्र व्यक्तिहरुको भेला डाकिएको छ । स्वतन्त्र उम्मेदवारहरुको पहिलो राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा बोलाइएको छ । ‘स्थानीय तहको निर्वाचनमा पाएको जनमतलाई सम्मान गर्दै आउँदो निर्वाचनको तयारी,रणनीति र कार्यदिशा तय गर्ने उद्धेश्य’ले भेला बोलाइएको छ । भेलामा सहभागी हुन […]
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं […]
काठमाडौं । प्रतिनिधि सभाले यौन हिंसा र फौजदारी कसूर सम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । सरकारले केही दिन अगाडि प्रतिनिधि सभामा यौन हिंसाबिरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्य विधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको थियो । दुबै विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गरेर समितिले […]