होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं। तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो । दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको […]
मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गएका हुन् । उनीहरू सातु, माल सामान, खाजा बोकेर […]
१९ जेठ, काठमाडौ् । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे। उनले सरकारको ध्यान […]
१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्य कम्पनीलाई दिने कुरालाई समर्थन गर्न नसकिने बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यलाई बुझ्न नसकेको समेत बताए । बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत […]
१९ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० […]
१९ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा एमआरआई सेवा नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एमआरआई गर्नुपर्ने दैनिक १५ देखि २० जना बिरामीलाई बाहिरका विभिन्न निजी मेडिकल कलेजहरूमा पठाउनुपर्ने अवस्था छ । ‘अस्पतालमा उपचारका […]
चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि […]
१९ जेठ, काठमाडौं । नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो । प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार […]
संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले अनुदान […]
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बिहीबार प्रदेश १, मधेस प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली […]
सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् । मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने र […]
१८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् । ‘एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुन्छ, त्यसकारण बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ’ उनले भनिन्, […]
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ ।चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए […]
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ । काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायतले प्रशिक्षण दिने छन् । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा पार्टीका नेता र विज्ञहरुले प्रशिक्षण दिने […]
मुगु । छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् । नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा […]
१८ जेठ, काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आँकासबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
१८ जेठ, धनगढी । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । ‘मल […]
काठमाडौँ — स्थानीय तह निर्वाचन ०७४ मा ३० भन्दा बढी जिल्लामा एकल बहुमतका साथ जिल्ला समन्वय समिति गठन गरेको एमालेले यस पटक ११ जिल्लामा मात्रै बहुमत ल्याएको छ । कांग्रेसको १६ र माओवादी केन्द्रको ४ जिल्लामा एकल बहुमत छ । बाँकी ४६ जिल्लामध्ये स्याङ्जा, रसुवा, इलाम, सुर्खेत, पर्वत र चितवनमा सत्ता गठबन्धनसँग एमालेको मत बराबर रहेको छ । […]
धनगढीः प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम तय गर्दा बजेट खर्च हुने खालका कार्यक्रम तथा आयोजना छनोट हुनुपर्ने मान्यता छ। नीति तथा कार्यक्रममा नयाँ विषय ल्याउन संरचनात्मक परिवर्तन अनिवार्य शर्त हो। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था निकै नाजुक रहेकाले अब आयोजनाहरूको पुनः वर्गीकरण गर्नुपर्ने अवस्था देखिएको छ। एकातर्फ स्रोत व्यवस्थापनको चाप छ […]