होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा अझै अन्तर्विरोध झेल्नुपर्ने टिप्पणी गरेका छन् । धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले पार्टीको विवाद समाधानका लागि १० बुँदे प्रस्ताव तयार भएको र त्यो कार्यान्वयन भइसकेको बताए । उनले १० बुँदेको २ नम्बर बुँदालाई सम्झाउँदै नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै त्यसलाई कार्यान्वयन […]
धनगढी : एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष भीमबहादुर रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ। दुबै नेता अहिले गृह प्रदेश सुदूरपश्चिममा छन्। भीम रावल आज मध्यान्न धनगढी पुगेका हुन् भने सोमबारदेखि कैलालीमा रहेका भट्ट आज कञ्चनपुर गएका छन्। एमाले उपाध्यक्ष रावलले अहिले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन्। उनले १० बुँदे कार्यान्वयनबाट कसैले पनि […]
धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो । प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय […]
धनगढीः नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी आउने भएका छन्। रावल भोली (मंगलबार) धनगढी आउने स्रोतले जनाएको छ।यसअघि आईतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। ओलीले यस्तो भनिदिएपछि रावल तनावमा परेको बताईएको थियो। यसै सन्दर्भमा रावलले हिजै आफू निकट सांसद र नेताहरुलाई सिंहदरबार बोलाएर […]
धनगढीः नेपाल सरकारले कार्यकता खुसी पार्न १० करोड सम्मका योजना उपभोक्ता समितिलाई कार्यान्वयनका लागि दिने तयारी थालेको छ। सरकारले बेरोजगार युवाहरुको श्रम समूह वा सहकारीलाई योजना दिने गरी आध्यादेश बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो। अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक फाइदाका लागि कार्यकता खुसी पार्न १० करोडसम्मका योजना कार्यान्वयनका लागि उपभोक्ता समितिलाई दिने बाटो खोल्न अध्यादेश सभामा […]
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्। आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन्। आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन्। प्रतिनिधिसभा बैठक […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिमको ईन्चार्ज लेखराज भट्ट नै रहेको बताईएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन नहुने बताउदै लेखराज नै ईन्चार्ज रहेको बताएका हुन्। आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने बताएका छन्। नेकपा […]
धनगढीः एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएपछि भीम रावलले असहमति जनाएका छन्। आज बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएपछि उनी त्यसमा असहमत भएका हुन्। यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल भट्ट र थापालाई जिम्मेवारी दिइएको […]
धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएकोमा आपत्ति जनाएका छन् । भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न संघसंस्थाले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]
डोटी, २७ भदौ: सेती नदीले बर्सेनि त्यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले त्यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम […]
बैतडी, २७ भदौ: बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै त्यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने […]
धनगढीः संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना भाइरस विरुद्धको पर्याप्त खोप पठाउन आनाकानी गरेको आरोप लागेको छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ६ लाख नागरिकले मात्रै कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। जसमा ४ लाख बढीले पूर्ण खोप लगाए पनि थप डोज पठाउन संघीय सरकारले आनाकानी गरिरहेको छ। अन्य प्रदेशको तुलनामा कम डोज पाएको सुदूरपश्चिमलाई पर्याप्त खोप दिन […]
दार्चुला: दार्चुलामा एक धामीको काँप्दाकाँप्दै ज्यान गएको छ। जिल्लाको मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ। घरबाट लटिनाथ बजार जान्छु भनेर हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त घरमा शव फेला परेको हो। मृतक तारासिह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी […]
धनगढी : कैलाली र बाजुराबाहेक सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन भएको छ। सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ। […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ । दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उनले भने, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौं । सोही समयमा अधिवेशन […]
डोटी: जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिराको उच्च जोखिममा छ। गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन्। केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिइन्। उनका अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहेको छ। लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य […]
धनगढीः डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। विवादकाबीच वडा अधिवेशन सुरु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताको छ। सबै वडाको विवरण भने आएको छैन। निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ७, नवदुर्गा गाउँपालिका वडा नम्बर ४ लगायतका वडाहरुमा उद्घाटन सत्र सकिएको छ। नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी […]
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवा मूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार […]
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । “नेपाली समाजमा रहेका सबै खाले विभेद एवं […]