होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो । बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए । विसं […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याइएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा आजदेखि सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्म समेत सीसीटीभी क्यामेरा जडान गरेको जनाएको छ । आइतबार अत्तरियास्थित […]
धनगढी । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। गत बुधबार बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक उद्धव जोशीको मृत्यु भएको हो।उपचारका क्रममा काडमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जोशीका आफन्त पुष्कर भण्डारीले जानकारी दिए। बुधबार पाटनबाट हेलिकोप्टर चाटर्ड गरी नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जमा उपचार […]
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम समितिले संघीय गणतन्त्र र संविधानको खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो धनगढीको ट्राफिक चौराहाबाट पार्क मोडसम्म र्याली आयोजना गर्दै राप्रपाले वर्तमान संविधान र व्यवस्थाको खुलेर विरोध गरेको केन्द्रीय सदस्य हेमबाबु लेखकले बताए। असोज ३ गते सरकारले संविधान दिवस घोषणा गरेपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेको संविधानमा राखिएका संघीयता, […]
डोटी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गरे। विज्ञप्तिमा भनिएको छ “संविधानले सबै प्रकारका विभेदको […]
डोटीः कोरोनाका कारण बन्द रहेको दीपायल विमानस्थल आजदेखि पुनःसञ्चालनमा आएको छ। जिल्लामा कोरोनाको जोखिम बढेकाले यहाँको हवाई सेवा बन्द गरिएकामा अहिले जोखिम क्रमिकरुपमा नियन्त्रणमा आएकाले पुनः हवाई सेवा सञ्चालन गरिएको विमानस्थल कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो विमानस्थल पुनः सञ्चालन भएकामा यहाँका नागरिक खुशी छन्। दिपायलदेखि धनगढी बिमानस्थलसम्म हप्तामा एक दिन […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन्। यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)कै माया तामाङ बोहरालाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन्। मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री […]
डोटीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन्। जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गरेका हुन्। यस्तै मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा हाल विभिन्न […]
सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । झण्डै २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप (दुवै […]
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि यहाँका सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण […]
धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ। रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण आज हुने भएको हो। नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आजै मुख्यमन्त्रीले अर्थमन्त्री नियुक्त गर्ने र साँझ सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताए। ‘मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यू डोटी हुनुहुन्छ, […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका […]
डोटी । नेकपा -एमाले)का उपाध्यक्ष डा भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् । डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् । उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने […]
धनगढी : ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु,’ सोमबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए, ‘यो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे, तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’ एमाले विभाजन भएसंगै ज्यान दिन्छु भन्ने कार्यकर्ताले […]
धनगढी : नेपाली काँग्रेसले कैलाली र बाजुराको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले विवाद निरुपण गरेका हुन्। सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले बताए। तर निर्वाचन समितिले सदस्यता नामावली […]
भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्य सञ्चालन […]
धनगढी: नेकपा (एकिकृत समाजवादी)को संसदीय दलको नेता चयन भएसँगै सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल एकिकृत समाजवादीले नै रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री पाउने सम्भावना छ। एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले एक हप्ताभित्र प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने बताइन्। उनले भनिन्, ‘संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनु भएको […]
२९ भदौ, धनगढी । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् । ‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा […]
गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सम्पूर्ण नेता–कार्यकर्ताको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने कर्तव्य रहेको बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले १० बुँदे कार्यान्वयनको जिम्मेवारीबाट कसैले पनि पन्छिन नहुने बताएका हुन्। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयनको अर्थ एमाले २०७५ जेठ २ को […]