होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा। नेकपा एमाले निकट जनसंगठनहरुलाई आफ्ना जिल्ला अधिवेशन गरिसक्न निर्देशन गरिएको छ । नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठकको निर्णयपछि आइतबार पार्टी कार्यालयमा राखिएको पार्टी निकट जनसंगठनका प्रमुखहरुसंगको छलफलमा एमाले बाजुराले आगामी मंसिर भित्र सबै जनसंगठनका जिल्ला अधिवेशन सक्न निर्देशन दिएको हाे । अधिवेशन गर्नु पूर्व सबै जनसंगठनले सदस्यता नविकरण गर्नु पर्ने, नयाँ सदस्यता पनि […]
काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए । यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन […]
काठमाडौं – कोशी प्रदेश सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ। त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए। गत कात्तिक १ गते […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । ‘दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, […]
विराटनगर, २० असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रदेशसभा बैठकमा कार्कीले शनिबार राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रदेशसभा बैठक बसेको थियो । तर, विश्वासको मतको प्रक्रिया सुरु हुनुअघि नै कार्कीले राजीनामा दिने बताए । त्यसअघि बसेको प्रशदेशसभा संसदीय […]
नागरिक रैबार/बाजुरा २४ साउन । सुदूरपश्चिम प्रदेश बाजुरा (ख) सांसद पदम बहादुर शाहीले बाजुराका तिन खोलामा बेलिवृज पुलको जडानका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले बुधबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे प्रदेश सांसद शाहीले बाजुरा ३ वटै नदिमा बेलिब्रिज जडानको प्रक्रिया अगाडि बढाउने बताएका हुन्। […]
विराटनगर । कोशी प्रदेश नामकरण विवाद अहिले एमाले र पहिचानवादीबीच केन्द्रित भएजस्तै बन्दै गएको छ । नेकपा एमालेका नेता, सांसद तथा मन्त्रीप्रति अनुदार बन्दै पहिचान पक्षधरहरुले विभिन्न आक्रमण र विरोधका कार्यक्रम गरिरहेका छन् । त्यसपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २६ गते पहिचान पक्षधरलाई आतङ्ककारीको संज्ञा दिँदै रुखो टिप्पणी गरे ।त्यसको विरुद्धमा […]
नागरिक रैबार/बाजुरा ८ जेठ। बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले केही दिन अगाडि आफु र नगरपालिकालाई जाेडेर सामाजिक संजालमा आर्थिक चलखेल गरेकाे पत्र निराधार भएको बताएका छन् । सोमबार बडिमालिका नगरपालिकाले गरेकाे पत्रकार सम्मेलनमा नगर प्रमुख खड्काले यस्तो बताएका हुन । नगर प्रमुख खड्काले भने सामाजिक सञ्जालमा फैलाइएको कपोकल्पित भ्रमका पछाडी नलाग्न नगरबासीलाई आग्रह गरेका छन् […]
काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । यो अवधिमा दलहरुले प्रचारप्रसार गर्न पाउने छैनन् । वैशाख १० मा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । मतदानको दुई दिन अघिदेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म मौन अवधि लागू हुन्छ । यो अवधिमा निर्वाचन आचारसंहिता विपरीत वक्तव्य […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ ।प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली […]
२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास […]
नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशन सोमबार राति विनोद श्रेष्ठलाई अध्यक्षमा पुन चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, […]
२ साउन, विराटनगर । प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन […]
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता कीराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण […]
काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो […]
सुनसरी — एक वर्षअघि धरानको खानेपानीसम्बन्धी ज्ञापनपत्र लिएर जाँदा सामाजिक अभियन्ता हर्कराज साम्पाङ राईलाई नगरपालिकाको जुन प्रवेशद्वारबाट भित्र छिर्न दिइएको थिएन‚ मंगलबार त्यही प्रवेशद्वार उनकै स्वागतका लागि सजाइएको थियो । बिहानै दुईतिर पानीले भरिएको तामाको गाग्री फूलले सजाइएको थियो ।निर्वाचित हुनुअघि जनताको माग लिएर जाँदा साम्पाङलाई नगरपालिकामा छिर्न नदिन फलामे प्रवेशद्वार बन्द गरिएको थियो । […]
बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ किन राख्न नसकेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले यस प्रदेशका लागि ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको तर्क गरे । साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने […]
जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका– ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको […]
काठमाडौँ – आज बुधबार फेरि मौसममा बदली देखिएको छ ।पश्चिमी वायुको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको […]
काँकडभिट्टा — किताबको भित्री पानामा च्यापेर नेपाल ल्याइँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। भारतको पानीट्यांकीबाट आएका सल्यान बनगाउँ नगरपालिका १ सल्लीबजारका ३० वर्षीय रमेश डिसीले बोकेको किताबबाट प्रहरीले २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । मेचीनगर ६ स्थित पुरानो मेची पुलमुनिबाट पैदल नेपाल आउँदै गरेका डिसीलाई शंका लागी […]