होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म […]
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा […]
१ भदौं, काठमाडौं । आगामी अक्टोबर नोभम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार यूएई र ओमानमा संयुक्त रुपमा हुने टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । राउण्ड वान अन्तर्गत समूहबी मा रहेको ओमानले पहिलो […]
१ साउन, काठमाडौं । भारत र पाकिस्तान आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको एउटै समूहमा परेको छ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टी-२० विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका हुन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार गरेको समूह विभाजनमा दुई टिम एउटै समूहमा परेक हुन् । सुपर–१२ मा रहेका […]
काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको हो ।भण्डारीले ७३ बल खेल्दै ९ चौका र ४ […]
काठमाडौं । डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–ट्वान्टी) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । २६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम […]
दाङ : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ। दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई […]
नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टी २० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो।आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै […]
२५ मंसिर, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न यही डिसेम्बर १५ (मंसिर ३० गते) मा अष्ट्रेलिया जाने भएका छन् । सन्दीपका व्यवस्थापक रमन शिवाकाेटीले सन्दीप कतार एअरवेजबाट अष्ट्रेलिया जाने बताएका हुन् । उनी डिसेम्बर १६ मा एडिलेड पुग्नेछन् । अष्ट्रेलियामा १४ दिनकाे क्वारेन्टिनपछि उनी हाेबार्ट हुरिकन्स टिममा सामेल हुनेछन् । […]
काठमाडौँ,२५ मङ्सिर – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको छ । उहाँले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा हुनुहुन्छ […]
बैतडी : प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको […]
भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती […]
धनगढी : कैलालीको धनगढीमा नेपालमै पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज सुरु भएको छ । धनगढी उपमहानगरपालिका १३ स्थित खेल मैदानमा शिखर युवा क्लब धनगढीको आयोजनामा रात्रिकालीन सिरिज शनिबार रातिदेखि सुरु भएको हो । अन्डर १६ प्रतिपर्धा अन्तरगत रात्रिकालीन क्रिकेटको सम्भाव्यता परीक्षण गर्न पहिलो पटक आयोजना भएको आयोजक क्लबका अध्यक्ष अन्नत बोहराको दाबी छ । शनिबार शिखर […]
१२ मंसिर, काठमाडौं । न्युजिल्याण्डले पहिलो टी२० मा वेष्टइन्डिजमाथि शानदार जित हात पारेको छ । अकल्याण्डमा शुक्रबार भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले डीएल मेथडका आधारमा वेष्टइन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा घटाइएको थियो । जसमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले कप्तान काएरन पोलार्डको विष्फोटक ब्याटिङ […]
काठमाडौं– मंगलबार राति भएको फाइनलमा मुम्बई इन्डियन्सले पाँचौं पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ। दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि जितेको हो। योसँगै दिल्लीको मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने सपना चकनाचुर भएको छ। पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बई इन्डियन्ससँग चारपटक लगातार हार ब्यहोनुपर्यो। खेलमा १५७ रनको मध्यम चुनौती […]
२१ कात्तिक, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई उपाधि नजिक पुगेको हो । दिल्लीले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र […]
१८ कात्तिक, काठमाडौं । दिल्ली क्यापीटल इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेर १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको हो । बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको हो । […]
१२ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, […]
११ कात्तिक, काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ । कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाएर हासिल गरेको थियो । पन्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरे । मन्दीप सिंहले नटआउट […]
८ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हराएको छ । मुम्बईले एक विकेट पनि नगुमाइ १२.२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे । यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित […]