होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरामा विवाहको भोजमा युवाहरुविच आपसमा झडप हुँदा एकजनाको मृत्यू भएको छ । विहिबार राति बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेको निम्तोमा गएका युवाहरुविच आपसमा दोहोरो झडप हुदाँ एक जनाको मृत्यु भएको छ । दोहोरो झडपमा परेर गम्भीर घाईते भएका बुढीगंगा नगरपालिका-८ डुंग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापाको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु […]
धनगढीः कैलाली कारागार तोडेर भागेका देवसिंह ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ परेका छन्। ठकुरीलाई भारतमा लुकेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो। ठकुरी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए।
नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि होटलमा बोलाएर कुटपिट र चक्कु प्रहार भएको छ । सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका-१० स्थित चैनपुरमा रहेको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कने क्रममा उनीमाथि चक्क प्रहार भएको हो । पत्रकार सिंहका अनुसार आफू खाना खाएर कोठा फर्कने क्रममा आफूलाई बोलाएर केही कुरा गर्नु छ भन्दै […]
धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई बिहीबार साँझ धनगढीस्थित पुरानो भन्सारमा बस्ने १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने […]
काठमाडौं : प्रहरीले युवकलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेललाई निलम्बन गरेको छ। चितवन प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न भुजेललाई निलम्बन गरिएको बताए। असइ भुजेलले एक सर्वसाधारण युवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो। लगत्तै चितवन प्रहरीले अनुसन्धानका लागि […]
काठमाडौं– साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतमा […]
रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् ।मंगलबार बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । प्रहरी निरीक्षकका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा १८ वर्षीय खिम कुमालले प्रहरीलाई खबर […]
सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी […]
काठमाडौँ — कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका-२४ धापाखेल स्थायी घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो । शंकरले क्यानडा, अमेरिका र युरोपका विभिन्न देशमा कलाकार भिसामा लगिदिने र […]
जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी […]
डोटीः होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए। ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी […]
धनगढीः विश्वसूचना, प्रविधि र विकासले तीव्ररुपमा अघि बढिरेहको अवस्थामा सुदूरपश्चिममा माहिलामाथि दुर्व्यवहार, आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक यातना, हिंसा, हत्यामा अझै कमी आउन सकेको छैन। समाजमा यस्ता थुप्रै घटना भएका छन्। त्यसको थोरै मात्र सार्वजनिक हुने गरेको छ। दैनिकजसो महिलामाथि कुटपिट, हिंसा, जबरजस्ती करणी, विभिन्न खालका यातना अझै पनि सहनुपरेको अवस्था छ। महिलामाथि हुने हिंसाविरुद्ध संसारभर […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ ।उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका […]
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बाघको हड्डीसहित बाजुराका दुई युवक डडेल्धुरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका संचालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका संचालक २७ वर्षीय वीरबहादुर ओली रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख एवं प्रहरी […]
ओखलढुंगा — छुवाछूत घटनामा कानुनविपरीत मेलमिलाप गराएर प्रहरी, प्रशासन र पालिका प्रमुखले दोषीलाई उन्मुक्ति दिएका छन् । सिद्धिचरण–४ रुम्जाटारमा शनिबार दलित समुदायलाई शिव मन्दिर प्रवेश गर्न नदिइएको घटना प्रजिअ प्रदर्शनी कुमारी, नगर प्रमुख तेजन खनाल, डीएसपी दीपकबहादुर केसी, वडाध्यक्ष रत्नबहादुर गुरुङलगायतले मेलमिलाप गराएका हुन् । राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले संविधान र ऐनविपरीत मिलापत्र भएको बताए । […]
नागरिक रैबार/बाजुरा १ पुस।गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन बाजुराकाे त्रिवेणी नगरपालिका ७ मा अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ । चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई १ महिना वित्न लाग्दा समेत पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियु बाजुराले आज जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा ९ असोज। बुढीगंगा नगरपालिका वडा- ८ देवलसेनकी २८ वर्षिया भुमिका कुमाल श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी छन् । असोज ६ गतेका दिन उनका श्रीमान गोकुल कुमालको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन् । श्रीमानले मदिरा सेवन गरेर श्रीमतिलाई गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गिन्द्र बोगटीले बताएका छन् । श्रीमानको […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। हरितालिका तीजको दिन कन्चनपूरमा एक दलित महिलामाथि भएको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण गरेको छ । नेकपा (एमाले) निकट रहेका दलितहरुको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिम प्रदेश कमिटिका सचिव जंग विकद्धारा हस्ताक्षरित एक बिज्ञप्ती जारी गर्दै दलित महिलामाथि भएको घटनाको ध्यानाकर्षण भएको जनाएको […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ कि एक ७२ वर्षिया बृद्ध महिलामाथि जवरजस्ती करणी भएको छ । बुधबार राति पौने १० बजेतिर सोही वडाका ४० वर्षिया विष्णु भारतीले ७२ वर्षिया वृद्ध महिला माथि जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बृद्ध महिला बिगत ३ बर्ष देखि प्यारालाईसिस सम्बन्धी […]