होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयूमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । सरकारले पनि सम्वाद गरेको छैन । प्रदर्शनमा सहभागी युवाहरुले ‘डा. […]
काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया महिलालाई परपुरषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य सुवेदीले जानकारी दिए । ती महिलालाई प्रहरीले उद्दार गरिसकेको छ […]
१६ असोज, काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण […]
१६ असोज, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा १८ दिन लामो अस्पताल घर फर्किएका छन् । उनी बिहीबार स्टार अस्पिटलबाट डिस्चार्ज भएका हुन् । धेरै मानिसले कोरोनालाई सामान्य रोग र कमजोर भाइरसको संज्ञा दिइरहँदा क्याप्टेन लामाले भने यसलाई गम्भीर रोगको संख्या दिएका छन् । उनले यसबीचमा पटकपटक भनेको छन्,’कोरोनालाई सामान्य सम्झने गल्ती […]
१६ असोज, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो । ‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउदको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]
१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ साथै उनले आफ्नो स्वास्थ्य हेरेर […]
राँगाको मासु खाँदा कन्चनपूरमा १४ जना बिरामी परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १४ जना बिरामी परेका हुन्। वडा नम्वर १२ का ५५ बर्षीय बंगला चदाराले १४ गते साँझ राँगाको मासु बिक्री गरेका थिए भने सोही मासु खाएर १४ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए। […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन। ट्रम्पलाई कोरोना […]
काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २९ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि विहीबार कोरोना जितेर डिस्चार्ज भएका हुन्। उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताए । उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, […]
जुम्ला- जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ ।२४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो । चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । ‘बिहीबार ३ […]
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट भेरी अस्पतालमा कार्यरत डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका डा.हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । भेरी अस्पतालमा कार्यरत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनी कोरोनाबाट […]
प्रहरीभित्र दलित सेल वा सेवा केन्द्र गठन गर्दा विभेदका घटनामा जाहेरी दिन, अनुसन्धान अघि बढाउन, सरोकारवाला पक्षसँग सहकार्य–समन्वय गर्न सजिलो हुन्छ । भनिन्छ, बिहानीले दिउँसोको संकेत गर्छ । नागरिकले शान्ति–सुरक्षा, अमनचैन र न्याय पाउने कुराको सुरुआत प्रहरी प्रशासनबाटै हुने गर्छ । छुवाछूतमुक्त राष्ट्र घोषणाको १३ वर्ष र छुवाछूत ऐन लागू भएको ८ वर्ष भइसक्दा पनि शान्ति–सुरक्षाको संकेत […]
सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ […]
धनगढी– चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक/एक जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको […]
सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । […]
काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् । सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा […]
काठमाडाैँ, १२ असाेज । विश्वभर कोरोना भाइरस (कोभिड— १९) का कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार लेखिरहँदा विश्भर १० लाख २ हजार ३८३ मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । तथ्यांक अनुसार सोमबार बिहानसम्ममा विश्वभर कुल ३ करोड ३३ लाख ३ हजार २०९ मानिस संक्रमति भइसकेका छन् […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघेको हो। आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, कञ्चनपुरका चार र दार्चुलाका तीन जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु मध्ये कैलालीका ८४ जना भने विभिन्न मितीमा […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना […]