होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः कैलालीका १७ सहित सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र […]
धनगढी: डोटीको केआई सिंह गाउँपालिकाको सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अप्रेटर र एक जना वडा सचिवमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचना सार्वजनिक गर्दै बुधबार सबै कर्मचारीको कोरोना परिक्षणका लागि स्वाब संकलन हुने र रिर्पाेट नआएसम्म सेवा बन्द हुने जनाएको छ । दिनेशखबरबाट
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा […]
१८ कात्तिक, विराटनगर । जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो ।२७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्बोलाई १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान […]
१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ । कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् । खुलामञ्चमा […]
जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता […]
१८ कात्तिक, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी […]
१८ कात्तिक, डोटी । उमेरले १५ मात्रै पुगेकी छिन्, हिँड्दा पनि लरखराउँछिन्, कुनै बेला झस्याङ्ग हुन्छिन्, आफैं तर्सिन्छिन्, नयाँ मान्छे देखे डराउँछिन् । उनी जन्मजात त्यस्ती थिइनन् । बालापनको उमेर, चन्चले स्वभाव, हाँस्ने, रमाउने ती बालिका रक्षककै शिकार भएपछि यस्तो भएको हो । डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानले […]
बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए […]
काठमाडौं । कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए । ६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र […]
सारा संसारलाई दपेटिरहेको कोरोनाभाइरसको संक्रमण अहिले निक्कै ठूलो पहेली जस्तै बन्दै गइरहेको छ । कोरोनाभाइरसको संक्रमण कसैको लागि सामान्य रुघाखोकी जस्तै बनेको छ : संक्रमण हुने, लक्षण देखानपर्ने वा सामान्य लक्षण देखापर्ने, केही दिनपछि निको भएर जाने । तर कसैको लागि भने ज्यानमारा पनि साबित भएको छ : अघिल्लो दिनसम्म हट्टाकट्टा मानिसलाई आइसीयू–भेन्टिलेटरको शरणमा पुर्याइदिने, […]
काठमाडौं १४ कात्तिक । तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् ।सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, […]
१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । […]
बझाङ: बझाङकी एक महिला ३ दिनदेखि वेपत्ता भएकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका ७ खगेडाकी खन्टि रोकाया बुधबारदेखि बेपत्ता भएकी हुन् । ५० वर्षीया रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेको स्थानीयले बताएका छन् । चप्पल र लुगा सेती नदी किनारमा फेला परेको हुँदा नदीमा हाम फालेको हुनसक्ने अनुमान छ । बेपत्ता रोकायाको खोजी […]
पछिल्लो समय वैदेशिक रोजगारीको लामो यात्रालाई बीट मारेर स्वदेशमै उद्यम गर्नेहरु र त्यसैमा रमाउनेहरु धेरै छन् । तिनै मध्येका एक हुन्, तनहुँका सागर अधिकारी । सागर २५ वर्ष लामो वैदेशिक रोजगारीलाई छाडेर गाउँघरमै भैंसीपालनमा रमाइरहनुभएको छ । गाडीका स्टेयरिङ्ग घुमाएका हात अहिले भैंसीको गोबर सोहर्नमा व्यस्त देखिन्छन् । बाध्यताले परदेश गाउँमा रोजगारीका केही बाटा […]
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ । त्यसै गरी जिल्लामा […]
१४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । […]
विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरू जीवनमा कसरी सफल हुन्छन् । एउटै धरातलबाट उठेका कोही अर्बपतिको सूचीमा विश्वभरि चर्चित हुन्छन् भने कोही किन गुमनाम हुन्छ ? आफूले आफ्नो जीवनलाई जिउने र त्यसको मूल्य बुझ्ने र नबुझ्नेमा यो भिन्नता हुन्छ । कसैलाई सम्पत्तिले नै खुसी दिने गर्छ भने कसैलाई विनासम्पत्ति नै खुसी मिल्ने गर्छ । हामीले प्रस्तुत गर्न […]
१४ कात्तिक, गुल्मी । गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको […]
एक जना मान्छे कति अनुहार लिएर बाँच्न सक्छन् ? वा भनौं, आफुलाई कतिथरी रुपरंगमा विभजित गर्न सक्छन् ? कहिले ऐश्वर्य राय जस्तो त कहिले माइली साइरस । कहिले एन्जोलिना जोली जस्तो त, कहिले रिहान्ना । कहिले दुरुस्तै डिज्नीका कार्टुन क्यारेक्टरमा त कहिले मौलिक नेपाली ठाँटमा । के यति विविध अनुहार लिएर बाँच्न संभव छ ? […]