होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डाेटी — उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डाेटीमा एक सुत्केरीकाे मृत्यु भएकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैकाकी ३२ वर्षीया जानकी बाेहरा खडायतकाे मृत्यु भएकाे हाे । उनी आफैं पनि गिरीचाैका स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् । बुधबार एक्कासि रक्तस्राव हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँपालिकाकाे माैवा स्वास्थ्यचाैकीबाट जिल्ला अस्पताल रिफर गरिएकाे […]
धनगढीः सामाजिक सञ्जालमा अहिले अछामको एउटा भिडिओ भाइरल छ। सो भिडिओ जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ६ स्थित तोलीको एक परिवारमा घटेको घटनाको हो। अछामकै पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले सो भिडिओ पहिलोपटक फेसबुक र युट्युवमा सार्वजनिक गरेका थिए। भिडिओमा २ महिलाले एक वृद्धा महिलामाथि कुटपिट गरेर यातना दिएको देखिन्छ। भिडिओ सार्वजनिक गर्ने तर्क […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन […]
काठमाडौं । गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै […]
कहिलेकाहीं तपाईंलाई यस्तो भएको छ ? कसैको घर वा कार्यालयमा जुत्ता खोलेर पस्नुपर्ने भयो । जसै जुत्ता खोल्नुभयो, खुट्टा ह्वास्सै गन्हायो । अब तपाईंलाई कस्तो हुन्छ ? भित्र पसौं वा नपसौं ? दोमन हुन्छ । खुट्टालाई ढाकछोप त गर्न सकिएला, तर गन्धलाई कहाँ लुकाउने ? आफ्नो खुट्टाको गन्धले अरुलाई बस्नै असहज पो हुने हो कि […]
नागरिक रैबार/बाजुरा ७ भदौ। बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर ९ सेलाघाटका बाढि पिडितले राहत तथा क्षेतीपुर्ति अहिले सम्म पाउन सकेका छैनन् । बाढि गएको दूई हप्ता वितिसक्दा पनि न राहत पाएका छन् नत क्षेती पुर्ति । साउन २० गते राती १२ बजे अविरल बर्षा संगै आएको बाढिले करिब २० रोपनी धानी बाली बगाएर सखाव पारेको […]
धनगढीः कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै भएको जीप दुर्घटनाका घाइतेहरुको पहिचान खुलेको छ। आज दिउँसो वनबासाको चरकपुर बजारमा भएको दुर्घटनामा १० जना नेपाली घाइते भएका थिए। प्रहरीका अनुसार घाइते हुनेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका-५ का जित दयाल, राधा दयाल, गड्डाचौकीका दिपक ओझा र हेमा ओझा रहेका छन्। यस्तै धनगढीका खेमबहादुर, चन्द्रा, सानु, लक्ष्मी, बल्देव र […]
बैतडी — सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएकी बैतडीको सिगास गाउँपालिका-६ की बिन्दु धामीको शिशुको मृत्यु भएको छ।स्थानीय थालाकाडा स्वास्थ्यसंस्थामा सुत्केरी हुन नसकेर अवस्था जटिल भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो । प्रादेशिक अस्पतालमा डाक्टरहरुले समयमै महिलालाई अस्पताल पुर्याउन नसक्दा शिशुको पेटमै मुत्यु भएको जानकारी दिएको उनका श्रीमान् दीपेन्द्र धामीले बताए । आइबार सुत्केरी […]
काठमाडौं: मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको जीवित गराइएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। एक चर्चमा खिचिएको उक्त भिडियोमा विवेक सत्याल नामको फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेका छन्। भिडिओमा भुइँमा सुतेकी महिलालाई चर्चका पास्टरले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ। भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। […]
डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम तर्फ आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीका अनुसार घाइतेहरूको परिचय खुलिसकेको छैन। घाईते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको उनले बताए। […]
नागरिक रैबार/बाजुरा ५ भदाै । बाजुरा जिल्ला अस्पतालमा स्त्रीरोग बिशेषज्ञको सेवा आजबाट सुरु भएको छ । जिल्ला अस्पताल बाजुरामा पहिलोपटक डाक्टर सुनिल कुमार शाहले स्त्री रोग सम्वन्धिको सेवा दिने भएका हुन् । जिल्ला अस्पताल बाजुरामा सेवा लिन आउने आमाहरुको अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री रोग बिशेषज्ञको सेवा सुरु गरेको जिल्ला अस्पताल व्यवस्थापन […]
‘भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुन्छ ।’ अहिले जनमानसमा यस्तै बुझाइ छ । खासगरी महिलाहरुले राति सुत्दा ब्रा तथा पेन्टी लगाउनु हानिकारक हुन्छ भनिंदै आएको छ । कतिपय अंग्रेजी-हिन्दी जर्नलहरुमा लेखिएको देखिन्छ, ब्रा लगाउँदा स्तन क्यान्सर हुन्छ । तर भित्री वस्त्रकै कारण क्यान्सर भएको कुरामा कुनै वैज्ञानिक आधार छैन । सन् २०१४ मा यसैसँग सम्बन्धित […]
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय […]
नागरिक रैबार/बाजुरा २ भाद्र। बडिमालिका नगरपालिकाले नगरपालिका भित्रका ३ हजार ३० बालबालिकालाई खोप लगाउने भएको छ । भदौ ८ गते देखी १० गते सम्म नौ ओटै वडामा गएर ५ बर्ष देखी ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताए । कोरोना महामारी रोकथामका लागि नगरपालिकामा फाईजर खोपको पहिलो मात्रा खोप […]
धनगढीः जिल्ला कारागार बैतडीभित्र कोभिड-१९ को संक्रमण सल्किएको छ। कारागारका १६ जनालाई कोभिड-१९ पुष्टि भएपछि थप संक्रमणको जोखिम बढेको हो। बैतडी कारागारका जेलर धारा भण्डारीका बुधबार केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले […]
काठमाडौँ,२ भदौ । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका […]
धनगढीः सुदूरपश्चिममा थप ६१ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीमा १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा ४५ जनाको पीसीआर परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।
काठमाडौं । हास्य कलाकार मनोज गजुरेल भन्ने गर्छन्, ‘रक्सी पिउनु स्वास्थ्य र स्वास्नी दुवैको लागि हानिकारक छ ।’ अक्सर कतिपय श्रीमानमा रक्सीको लत हुन्छ । महिलाहरु पनि रक्सी नपिउने होइनन् । तर तुलनात्मक रुपमा पुरुषहरु बढी रक्सीको लतमा परेको देखिन्छ । मनोविद् करुणा कुँवर भन्छिन्, ‘पितृसत्तात्मक संरचनामा पुरुषहरु हरेक कुरामा हाबी हुन खोज्छन् । उनीहरु […]
नागरिक रैबार/बाजुरा ३० साउन। बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो । जिल्ला खोप समन्वय समितिको आयोजनामा बडिमालिका नगरपालिकाकाे हलमा एक औपचारीक कार्यक्रमका बिच अाज पुर्ण खोप सुनिश्चित […]
जति–जति उमेरको रंग चढ्दै जान्छ, प्रेमिल पुस्ताको चञ्चलता बढ्दै जान्छ । यो त्यही उमेर हो, जतिबेला उनीहरु विपरित लिंगप्रति आकर्षित हुन थाल्छन् । त्यसो त समान लिंगबीचको आकर्षण पनि नहुने होइन । यद्यपि यी अपवाद हुन् । धेरैजसो अवस्थामा विपरित लिंगी एकअर्काप्रति आकर्षित हुन्छन् । यो भावनात्मक भन्दा पनि भौतिक आकर्षण हो । अझ भनौं […]