होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने […]
इटहरी — उनी शारीरिक दुर्बलता लिएर जन्मिइन् । ‘अपांग’ छोरी जन्माएको भन्दै उनका बुबाले आमासहित घरबाट निकालिदिए । त्यसपछि सुरु भयो पीडादायी यात्रा । घरबाट निकालिएपछि उनीहरू मामाघरमा बस्न थाले । पाँच वर्षको हुँदा आमाले दोस्रो बिहे गरिन् । अर्को बुबा पाए पनि उनले स्नेह भने कहिल्यै पाइनन् । उनी अपांगता भएको कारण देखाउँदै कान्छा बुबाले पनि आमालाई पिट्न थाले । आफ्नै […]
धनगढीः आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव आफन्तले बुझेका छन्। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो। तर आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका […]
जुम्ला । जुम्लाका अधिकांश विद्यालयमा अध्ययन गर्ने छात्राहरुले हरेक महिना एक साता विद्यालयको पढाइ छाड्नु परिरहेको छ । जिल्लाका अधिकांश विद्यालयमा व्यवस्थित शौचालय र पर्याप्त पानीको अभावका कारण महिनावारी भएको समयमा पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको छात्राहरु बताउँछन् । विद्यालयहरुमा शौचालय त बनेका छन्, तर त्यहाँ पानीको व्यवस्था हुन नसक्दा महिनावारीको समयमा असजिलो हुन्छ । […]
बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १३१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको […]
‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलवार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार […]
१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका-७ कालिमाटी दलित बाहुल्य बस्ती हो […]
धनगढीः विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले उडाएका थिए।काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखिएको थियो। विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइएको थियो। जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौंमा सुरक्षित अवतरण गराएका थिए। विमानमा तीन बच्चासहित ७३ यात्रु […]
नागरिक रैबार/बाजुरा ११ असोज। जिल्लाको बुढीनन्दा नगरपालिका र जगनाथ गाउँपालिकाका एक-एक जनामा कोरोना पुष्टि भएको छ । सोमबार बुढीगंगा नगरपालिकाको डाव बजारमा काठमाण्डाैबाट घर आएका २ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उनका अनुसार पोजेटिभ देखिएकामध्ये जगनाथ २ का उमेर २६ काे […]
काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ […]
अछाम: अछाममा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन्। असोज ४ गतेदेखि बेपत्ता रहेका उनी बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको रवा लेकमा मृत अवस्थामा भेटिएका हुन्। नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए। सोही दिनदेखि बेपत्ता रहेका रावतको शव […]
धनगढी: धनगढीको नवजीवन अस्पतालमा तनाव सिर्जना भएको छ।अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव भएको हो। डोटीको शिखर नगरपालिका -६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्। कल्पनाले जन्म […]
९ असोज, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् । बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो । शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा […]
जुम्ला– जुम्लामा १८ वर्षमाथिका ४२ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । आगामी ९ असोजदेखि जुम्लामा १८ वर्षमाथिका ४१ हजार ६ सय ७६ जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारको निर्देशनअनुसार १८ वर्षमाथिका ४१ हजार बढीलाई कोरोनाविरुद्धको खोप दिन […]
नागरिक रैबार/बाजुरा ६ असोज। सदरमुकाम मार्तडीमा असोज ४ गते सोमबारबाट विधिवत रुपमा सूरु भएको अनन्ते मेला वर्षाका कारण आज अन्तिम दिनको मेला प्रभावित बनेको छ । सदरमुकाम मार्तडीमा लाग्ने मेलाको आज अन्तिम दिन मेला हेर्न ठाउँठाउँबाट आएका स्थानीयहरु वर्षाकै कारण मेला स्थलबाट फर्किन बाध्य भएका छन् । सदरमुकाम मार्तडीमा बुधबार दिउसो देखि एकाएक मौषममा खरावी […]
काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने चेतावनी विज्ञहरुले दिँदै आएको अवस्थामा विद्यालयहरु धमाधम खुल्न थालेको छ । हिन्दुहरुको महान् चाड बडा दसैँका लागि तीन सातामात्र बाँकी रहँदा काठमाडौं उपत्यकासँगै देशका ठुला शहरमा विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु हुन थालेको छ । त्यसो त, सरकारले बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको […]
काठमाडौं । आफ्ना सन्ततिका लागि सम्पत्ति जम्मा गर्ने कार्य आम मानवीय विशेषता हो । भावी पुस्ताको आर्थिक सुरक्षामा यसले महत्वपूर्ण भूमिका समेत खेलेको हुन्छ । तर कतिपय छोराछोरीमा बाबुआमाले मेहेनत गरी कमाएर राखेको सम्पत्ति जथाभावी खर्च गर्ने वा उडाउने प्रवृत्ति पाइन्छ । हालैको एक अध्ययनले समेत आफ्ना छोराछोरी वा उत्तराधिकारीको हातमा ठूलो मात्रामा पैत्तृक सम्पत्ति […]
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै न्याय मागिरहेको छ । ४३ वर्षीय टीका पौड्यालकी […]
धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ । र, […]