होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । कैलालीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालक स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव […]
काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्तिमा भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन भएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको […]
, विराटनगर । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् । २६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् […]
काठमाडाैं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो […]
धनगढी : कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका-१० त्रिपुरा मन्दिर नजिक शनिबार घाँस काटिरहेका र पैदलयात्री गरी ७ जनालाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ। घाइते हुनेमा वेदकोट-१० की १५ वर्षीया शारदा भट्ट, वेदकोट-३ की ३५ वर्षीया पद्मा कुँवर, ६२ वर्षीय सोबि कोली, ६० वर्षीय डम्मर […]
दाङ । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस शनिबार बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु […]
काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी खड्कालाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारको क्रममा उनको […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ ।गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको आयाेजनामा काेल्टी प्राथमिक केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरकाे एक कार्यक्रमका विच पुर्वउद्याेग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका […]
रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान […]
काठमाडौं। सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने भएको छ।१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । नेपालमा टाइफइडविरुद्धको खोप अभियानको रुपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिकबाट पैसा तिरेर खोप […]
प्रकाश सिंह, बाजुरा: बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ३ मा आर्थिक वर्ष २०७६/७७ मा शहरी स्वास्थ्य केन्द्रको भवन बन्यो। तर यो वडाका १५० परिवारलाई सामान्य उपचारका लागि पाँच घण्टा हिंडेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुग्नुपर्ने बाध्यताले छोडेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले रु.१५ लाख खर्चेर बनाएको भवन स्वास्थ्यकर्मी नहुँदा अलपत्र छ। बिरामीलाई खोलाको बाटो बोकेर लैजाँदा […]
काठमाडौं, २ चैत्र । भोलि हिन्दुहरुको होली पर्व हो । एकअर्कालाई रंग दलेर होली पर्व मनाउने गर्छन् । होली लक्षित गरी महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना बनाएको छ ।होलीको दिन उछ्ृंखल गतिविधि हुनसक्ने भन्दै सामान्य दिनमा भन्दा धेरै प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौमा होलीको दिनमा धेरै स्थानमा कार्यक्रमको आयोजना हुँदैछन् । प्रहरीले […]
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेका छन् ।भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालिएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए । सिक्री […]
डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। […]
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ। मंगलबार बिहान वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै उनीमाथि हातपात गरेको जनाइएको छ। उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ। हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको छ। हातपातपछि कठायत फरार रहेका छन्। दोषिमाथि कडा […]
रत्ननगर : आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन। तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन्। भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई […]
धनगढी : राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा देशभरी रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो, छरितो रुपमा सञ्चालन गर्ने उल्लेख छ। साथै विरामी वा घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने स्रोत साधन सम्पन्न एम्बुलेन्स हुनुपर्ने पनि निर्देशिकामा व्यवस्था गरिएको छ। प्रभावकारी संचार प्रणाली जडान गरेर प्रेषण केन्द्रमार्फत जुनसुकै स्थानमा रहेको एम्बुलेन्स सञ्चालन गर्न निर्देशन […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ । कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ । ३ नगरपालिका […]
हरेक व्यक्तिको दिनको सुरुवात पानीबाट हुन्छ । पानी पिएर धेरैले दिनको सुरुवात गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञहरु पनि पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । किनकी पानी पिउँदा शरीरले सही तरिकाले काम गर्छ । शरीरलाई सुख्खा हुन दिँदैन । विषालु पदार्थ बाहिर निकाल्छ । रगत सफा बनाउँछ । नयाँ कोशिकाहरुको निर्माण गर्छ । मेटाबोलिज्म सक्रिय गराउँछ […]
पैदल हिँड्नुको फाइदा तपाईंलाई थाहा नै होला । यो एक यस किसिमको व्यायाम हो, जुन कुनै पनि मानिस सजिलै गर्न सक्छ । आजको व्यस्त जीवनशैलीको कारण विशेषज्ञ यताउती घुम्ने विषयमा बढी जोड दिन्छन् । यसबाट हाम्रो शारीरिक र मानसिक स्वास्थ्य दुवै राम्रो हुन्छ । हालैको एक अनुसन्धानका अनुसार यसबाट मृत्युको खतरा पनि कम हुन जान्छ […]