होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: शनिबार कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिइएको छ। शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमति अनुसार अस्पतालले सो रकम दिएको हो। उक्त सहमति भएसँगै आफन्तले शव बुझेका थिए। सहमति भएपछि शनिवार साँझबाटै अस्पतालले पनि आफ्नो सेवा सुचारु गरेको थियो। शुक्रवार राति उपचारका लागि अस्पतालमा पुगेका गोदावरी […]
धनगढी : अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका-७ जैशीगाँउकी २६ वर्षीया धनसरा जैशीको मृत्यु भएको बताइएको छ। घर लिपपोत गर्न माटो खन्ने क्रममा खाडलमा पुरिएर उनको मृत्यु भएको स्थानीय विष्णुबहादुर खड्काले बताए। त्यस्तै, जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाँउमा सोही गाँउकी १४ वर्षीया चन्द्रा जैशी पनि गम्भीर […]
काठमाडौं । बच्चाहरुले ‘मलाई स्कुल जान मन लाग्दैन’ भन्ने गरेको धैरैपटक सुन्नुभएको होला । कतिपय बच्चा त विद्यालय नजान भनेर रुवावासी समेत गर्ने गर्छन् । अन्त्यमा उनीहरुको रोएको देखेर अभिभावकले उनीहरुलाई विद्यालय पठाउँदैनन्, तर धेरैपटक अभिभावकहरुको मनमा यो प्रश्न आउँछ कि आफ्नो बच्चा किन विद्यालय जानबाट यति डराउँछ ? यसबाहेक कतिपय अभिभावकहरु यस्ता हुन्छन् जसले […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुरामा आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको आयोजना र नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट जिल्ला अस्पताल बाजुरामा संचालन गरिएको हो । शिविरमा नाक, कान र घाँटी सम्वन्धि निःशुल्क शल्यक्रिया तथा छनौट शिविर संचालन हुने भएको जिल्ला अस्पताल […]
धनगढी : डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ। बिहीबार केआईसिंह गाउँपालिका-४ कारीगाउँका १३ वर्षीय दिनेश विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए। नजिकैको अस्पतालमा उपचारका लागि लगिएका उनको उपचारकै […]
अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय अन्दाजी २४ बर्षीय भुपेन्द्र शाही रहेका छन् । ट्रयाक्टरले च्यापिएका शाहीलाई जेसिबिको मद्धतले उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्चदेवल विनायकबाट खाद्यान्न […]
जुड्डी, बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीस्थित हिमालयन बैंक कार्यालयमा वृद्धवृद्धा पंक्तिबद्ध थिए । कोही लट्ठीको सहारामा सकिनसकी उभिएका थिए त कोही लाइनमै थचक्क बसेका । गत आइतबार लाइनमा ७२ वर्षीया रिठु ओड पनि थिइन् । दमले थलिएकी उनी दानचौकाबाट झिसमिसेमै हिँडेकी रहिछन् । स्याँस्याँ गर्दै दिउँसो २ बजे गाउँपालिका कार्यालयमा पुगेकी उनी सामाजिक सुरक्षा भत्ता बुझेर घर […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्ला अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष मानबहादुर कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीरुलाई १० प्रतिशत छटमा औषधि वितरण गर्ने निर्णय भएको बताएका छन् । बुधबार जिल्ला अस्पताल व्यवस्थापन समितिले गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीहरुको आर्थिक स्थितिलाइ मध्यनेजर गरेर अस्पतालको फार्मेसीबाट १० प्रतिशत […]
काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । ‘नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ […]
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट मृत्यु भएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु […]
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच साता बितिसकेको छ । महाशक्ति राष्ट्र रुसले युक्रेनमाथि हमला जारी राख्दा युक्रेनी नागरिकले निकै दर्दनाक पीडा भोगिरहेका छन् । उनीहरुलाई बाँच्न मुस्किल भएको छ । रातदिन बमगोला बर्सिरहेका छन् । बालबालिकाका लागि स्कुल छैनन् । बिरामी र उमेर पुगेका नागरिकका लागि स्वास्थ्य सेवा छैन । बस्नका लागि बास […]
१५ चैत, दाङ । सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् ।गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए […]
काठमाडौँ — औषधि उपचारमा हुने खर्चकै कारण नेपालमा प्रत्येक वर्ष करिब ५ लाख जना गरिबीको रेखामुनि धकेलिने गरेका छन् । संविधानमा आधारभूत स्वास्थ्य उपचारलाई मौलिक हकमा उल्लेख गरिए पनि आमनागरिकलाई औषधिमुलोकै लागि घरखेत बेच्नुपर्ने अवस्था छ । बर्सेनि यति ठूलो जनसंख्या गरिबीको रेखामुनि धकेलिनुका पछाडि स्वास्थ्य क्षेत्रमा हुने कमिसनको खेल, फार्मेसीले प्रेस्क्रिप्सन नबुझेर गलत औषधि दिँदा उपचारमा […]
धनगढी : स्थानीय तह निर्वाचन घोषणा भएसंगै सुदूरपश्चिममा पनि चुनावी सरगर्मी बढेको छ। विभिन्न राजनितिक दलका नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। विभिन्न एजेण्डा लिएर उनीहरु गाउँ बस्ती पस्ने क्रम सुरु हुँदा गाउँका अधिकांश युवा मतदाताहरु रोजगारीका लागि भारत पसिरहेका छन्। भोटभन्दा भोक ठुलो भएको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका तुलाराम सार्कीले बताए। उनले भने, ‘यो हाम्रो बाध्यता […]
धनगढी : बझाङमा भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। २२ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। चैत १२ गते बेलुकी कोठामै गई हातमुख च्यापेर जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीपछि जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार पीडित जेठानीको सहायतामा प्रहरीको […]
काठमाडौँ — वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु वा अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति प्रक्रिया अनलाइन प्रणालीमा ल्याएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सुरु भएको घोषणा गरे । उनका अनुसार अब वैदेशिक रोजगारीमा […]
कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो । बिहीबार प्रकाशित तीनवटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयाघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा […]
डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले […]
काठमाडौँ — स्थानीय तहको निर्वाचन सुरक्षामा १ लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन मागिएकामा करिब ३ लाखको दरखास्त परेको छ । सबैभन्दा बढी आवेदन १८ देखि ३० वर्ष उमेर समूहको छ । प्रहरीका अनुसार २ लाख २३ हजार ६ सय ३२ पुरुष, ६९ हजार ६ सय ८० महिला र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले म्यादी प्रहरी […]
आजकल प्रविधिको युगमा कोही पनि यसबाट पर बस्न सक्दैन । चाहे ती बालबालिका होऊन् वा युवा अथवा वृद्धवृद्धा । एक किसिमले भन्नु पर्दा प्रविधि विना जीवन असम्भव नै छ । मैले ओपीडीमा सामना गर्ने प्रश्नहरूमा पहिलो नम्बरमा आउने गर्छ- ‘विद्युतीय उपकरणहरू (मोबाइल, ल्यापटप, ट्याब लगायत) का स्क्रिनको अत्यधिक प्रयोगले बालबालिकाका आँखामा के कस्ता असर पर्छन् […]