होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गाउँ होस् वा शहर बजार जहाँ भए पनि गर्भपतन गराउने चलन नयाँ होइन। पहिलादेखि नै अवैध र इच्छा विपरीत बसेको गर्भ तुहाउने वा पतन गर्ने चलन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्राविधिक व्यक्तिबाट जबरजस्त शैलीमा भइरह्यो। जब स्वास्थ्य संस्थामा सहज रुपमै गर्भपतन सेवा गाउँमा पुग्यो, त्यो बेला धेरैलाई जानकारी […]
धेरैले हिँड्दा वा उठ्दा– बस्दा जोर्नी दुखाईको सामना गरेको हुनसक्छ । तपाईंलाई पनि यस्तै हुन्छ भने यसले तपाईंको पनि हड्डी कमजोर भइसकेको छ भन्ने कुरातर्फ इशारा गर्छ । विशेषगरी वृद्धवृद्धाले आफ्नो जोर्नी र हड्डी दुख्ने गरेको बताउँछन् । उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्छन् । यो प्राकृतिक नियम पनि हो । तर अब जवान […]
फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धि समस्या भइरहेको पत्ता लागेको छ । उनीहरु क्रमशः बाहिरोपनको शिकार भइरहेका छन् । अर्थात्, यहाँको २५ प्रतिशत जनसंख्या यसबाट प्रभावित भइरहेका छन् । डिप्रेशन र हल्लाका कारण मानिसहरु भइरहेछन् बहिरोपनको शिकार फ्रान्समा पहिलो पटक यस्तो खालको व्यापक अनुसन्धान गरिएको हो […]
बाजुरा।सुदूरपश्चिमका धेरैजसो गाउँ अभाव र गरिबीको दुश्चक्रमा जेलिएका छन् । अरू गाउँजस्तै बाजुराको अति विपन्न स्वामीकार्तिक गाउँपालिका–१ मुक्तिकोटले यो दुश्चक्रबाट मुक्ति चाहेको वर्षौं भयो । तर, दलित समुदायको बसोबास रहेको यो गाउँका निम्ति कुपोषण सधैंको नियतिजस्तै बनिसकेको छ । बजेटमा मुक्तिकोटका कुपोषितको स्वास्थ्य र शिक्षाका लागि एउटै कार्यक्रम छैन बरु प्रदेश सरकारले टोल–टोलमा मन्दिर, पदमार्ग र भ्युटावरका नाममा […]
बच्चा जन्माउनका लागि महिलाको उमेर महत्वपूर्ण हुने तर पुरुष जुनसुकै उमेरमा पनि बुवा बन्न सकिहाल्छ नि भन्ने मान्यता राखिन्छ । यो कुरा साँचो हो त ? होइन । बच्चा जन्माउनका लागि महिलाको उमेर जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण पुरुषको उमेर पनि हुन्छ । उमेर बढेसँगै पुरुषमा स्पर्म काउन्ट र यसको गुणस्तरमा भारी गिरावट देखिने […]
डेल्धुराः डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनको मृत्यु भएको हो। मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा […]
नागरिक रैबार/बाजुरा ७ असार । बाजुरा जिल्लामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा सदरमुकाम मार्तडीमा योग दिवस मनाइएको आयुर्वेद स्वास्थ्य केन्द्रकी कर्मचारी नर्मदा कुवरले बताएकि छन् । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतमा सदरमुकाम मार्तडी योग दिवस मनाइएको हो । मानवताको लागि योग भन्ने नाराका साथ जिल्लामा मनाइएको […]
दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको जानकारी प्राप्त भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जानकारी रातोपाटीलाई दिए । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।
काठमाडौं: नेपालमा ‘मंकीपक्स’ भाइरसका शंकास्पद बिरामी फेला परेका छन्। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो। दुबईबाट नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।
धनगढी: धनगढीको सारथी अस्पतालले पत्रकारलाई निःशुल्क चेकजाँच गर्ने भएको छ। अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूर्ण रुपमा निःशुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने भएको हो। नेपाल प्रेस युनियन कैलाली र सारथी अस्पताल प्रालिबीच भएको सम्झौता अनुसार कैलालीमा कार्यरत पत्रकारका परिवारका चार जना सदस्यलाई समेत ओपिडी चेकजाँच पूर्ण रुपमा निःशुल्क र अन्य सेवामा […]
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कुष्ठरोगका बिरामीको उपचार गर्न सुरु गरेको छ । अस्पतालले एक साता अघिदेखि कुष्ठरोगीको उपचार सुरु गरेको हो । एक सातामा १० जना बिरामीले उपचारपछि औषधि सेवन गरिहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । कुष्ठरोग उपचारका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरेर सेवा दिन सुरु […]
नागरिक रैबार/बाजुरा १ असार। बडीमालिका नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुले पहिलो पटक सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको अनगुगमन गरेका छन । बुधबार विहान सदरमुकाम मार्तडीको खानेपानीको दिगोपना तथा ब्यबस्थापनका लागि उनीहरुले अनुगमन गरिएको हो । सदरमुकाम मार्तडीमा लामो समय देखी खानेपानी समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल र योजना बनाउनका लागि अनुगमन गरिएको बडिमालिका […]
गर्मी महिना सुरु भएदेखि विभिन्न अस्पतालमा बालरोगी बढ्दै गएको बालरोग विशेषज्ञहरू बताउँछन् । राजधानीको कान्ति बाल अस्पतालमा ओपीडी र इमर्जेन्सीमा गरी दैनिक सरदर ५०० बालबालिका उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा जाडो महिनाको तुलनामा गर्मी महिनामा सरुवाजन्य रोगका बिरामीको चाप बढ्ने बालरोग विशेषज्ञ डा. अनिलकुमार श्रेष्ठ बताउँछन् । गर्मी याममा कीटाणुको सक्रियता […]
प्रतिनिधिसभा सदस्य सांसद डा। डिला संग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छन्। आइतबार स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि भएको छलफलमा भाग लिँदै सांसद संग्रौलाले अहिले नेपालमा झन्डै २० वटा निजी स्वास्थ्य बीमा कम्पनीहरु तथा ३५० भन्दा बढी निजी अस्पतालहरू रहेको बताइन् । ‘निजी बीमा कम्पनीहरुले मुनाफामा मात्रै आँखा लगाइ रहेका हुन्छन, प्रिमियम […]
पूर्व प्रधानसेनापति रुक्माङ्गत कट्वालको मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट्वालले उपचार गराएका छन् । उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार कट्वालको दुवै मिर्गौला नियमित डायलासिस गर्नुपर्ने भएको छ ।
काठमाडौँ — सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड-१९ विरुद्धको ‘बुस्टर डोज’ (अतिरिक्त) दिने भएको छ । पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले शुक्रवारदेखि बुस्टर डोज लगाउने निर्णय गरेको हो । सरकारी तथ्याङ्कअनुसार मुलुकमा यो उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना […]
काठमाडौं । पोखराकी सृष्टि श्रेष्ठ काम विशेषले जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् । प्रहरी कार्यालयको गेटमा खटिएका प्रहरी र एक महिला घम्साघम्सी गरिरहेको उनले देखिन् । ती महिला आफ्नो काम-बाध्यता सुनाएर प्रहरी कार्यालयमा आएको भन्दै भित्र पस्न अनुरोध गरिरहेकी थिइन् । प्रहरीले भने उनलाई प्रवेश गर्न अनुमति दिएकै थिएनन् । यत्तिकैमा दुवैबीच विवाद चर्कियो […]
नागरिक रैबार/बाजुरा २५ जेठ। बाजुरा जिल्लाको बडिमालिका–४ रिलाका साैरे उखेडा २० वर्षपछि भारत बाट गाउँ फर्किएका छन । छिमेकी देश भारतको हरिणा भन्ने ठाउँमा लामो समयदेखि काम गर्देै आएका थिए । भारतमा काम गर्ने क्रममा लडेर एउटा खुट्टा सहित भाँचिएको छ । उक्त भाँचिएको खुट्टामा रड त हाले तर उक्त रड निकाल्ने पैसा नभएको र […]
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० कि लोकसरी कुँवर पाटन अस्पताल बर्न वार्डको ५ नम्बर बेडमा छटपटाइरहेकी छिन् । खाना पकाउँदै गर्दा चुलोमा लडेकी उनको शरीरको ३८ प्रतिशत भाग जलेको छ । २३ वर्षकी उनको ५ महिनाका छोरा युकेश भने आमाको काख र दूध खान नपाएर रोइरहेका छन् । जलेर गम्भीर अवस्थामा रहेकी आमासँग छोरालाई राख्न […]
केही दिनअघि मात्र स्वास्थ्यलाई हानी–नोक्सानी पुर्याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा निर्वाध बिक्री भइरहेको खबरले चिन्तित तुल्यायो । किनकि, म पनि त्यही बजारको उपभोक्ता हुँ र राम्रा रसिला आँप देखेपछि किनेर घर लैजाने मन सबैको हुन्छ । बगैंचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै […]