होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १४ साउन जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ अम्कोटमा गएको पहिरोमा परि १ जना बेपत्ता भएका छन् । पहिरोमा परि बेपत्ता हुनेमा सोही नगरपालिका वडा न १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् । पहिरोमै परेर बाख्रा चराउन गएका अन्य २ जना […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको […]
कठमाडौं । दुईवटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरू नेपालको […]
वासिङ्टन– अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । खोपका कारण नाकमा कोरोनाभाइरस बढ्न रोकिनुको अर्थ नाकहुँदै शरीरका भित्री भागमा कोरोनाभाइरस संक्रमित […]
नागरिक रैबार साउन १४ बाजुरा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले २०७४ सालबाट संचालनमा ल्याएको ब्लड बैंक नाममात्रको रहेको पाईएको छ । अझभन्दा कागची रिर्पोटिंगका हिसावले जिल्लादेखि केन्द्रसम्म तालुक निकायमा उक्त ब्लड बैंक संचालनमा आईरहेको देखाई रहेको पाईएको छ । तर उक्त ब्लड बैंक हाल संचालन छैन् । विगतमा तत्कालिन जिविस बाजुराले सांसद विकास कोष मार्फत […]
पछिल्ला केही समयदेखि प्रशंसकले केजीएफ सिरिजको दोस्रो फिलम केजीएफ टुको प्रतिक्षा गरिरहेका छन् । यो फिल्मको पहिलो लुक पहिले नै सार्वजनिक गरिएको छ । अब सञ्जय दिनको जन्मदिनमा उनको क्यारेक्टरलाई एउटा पोस्टर रिलिज गरिएको छ । सञ्जय दत्त फिल्ममा अधिरा नामको नेगेटिभ भूमिका निभाइरहेका छन् र उनको लुक खतरनाक छ । यो फिल्ममा सञ्जय दत्त […]
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दैछन् । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यहरुसँग पार्टीको आन्तरिक गतिविधि र मुलुकको समसामयिक राजनीतिबारे छलफल गरिने वरिष्ठ नेता पौडेलले रातोपाटीलाई जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयनलाई तीव्रता दिएपछि आन्तरिक रणनीति बनाउन पौडेल पक्षले […]
श्रावण १४ काठमाडौँ । शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलबार स्पष्ट कित्ताकाट देखिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगित गरिदिए । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालनिकट स्थायी कमिटीका बहुमत […]
१४ साउन, काठमाडौं । भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न उद्योग विभागले आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ । ‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना […]
धनगढीः कञ्चनपुरमा सहमतीमै बनाईएको अश्लिल भिडियो बाहिरिएपछि बलात्कार आरोपमा प्रेमी पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अश्लिल भिडियो बाहिरिएपछि बलात्कार मुद्दामा प्रेमी पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जबरजस्तीकरणी मुद्दामा २० वर्षीय युवक मोहनराज भट्टलाई पक्राउ गरिएको बताए। उनले विगत केही महिनादेखि प्रेम सम्बन्धमा […]
१४ साउन, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा मंगलबार दिउँसो निकै चहलपहल थियो । दरबार स्क्वायर अगाडिको ठूलो कम्पाउण्डको एउटा कुनामा टाँगिएको टेन्ट टाढैदेखि देखिन्थ्यो । त्रिपाल बाहिर प्लास्टिकका कुर्सीहरु थिए । र, कुर्सी छातीमा प्लेकार्ड बोकेका मानिसहरुले भरिभराउ थियो । त्रिपालमुनि म्याट ओछ्याएर दुई जना सुतिरहेका थिए । एक ‘ईः’ र अर्का समायरा श्रेष्ठ । […]
काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले फिल्मको पर्दामा नदेखेको धेरै भयो । केही समययता ठूलो पर्दाबाट बाहिर रहेका हमाल अब भने सानोपर्दामा देखिने भएका छन् । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो । साँझ साढे ६ बजे […]
१४ साउन, काठमाडौं । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ । माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो । नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन् । क्षमता अभिवृद्धिका […]
मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिए । जानकी–३, ७, […]
१३ साउन, काठमाडौं । कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम […]
काठमाण्डाै – लकडाउन हटेपछि धरहरा पुनर्निर्माणको काम धमाधम भइरहेको छ । धरहराको ११ औँ तलाको काम बुधबार सकिने भएको छ । अघिल्लो हप्तादेखि सुरु भएको ११ औँ तलाको बुधबार ढलानको काम हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका राजुमान मानन्धरकाअनुसार धरहरामा टावर निर्माणको काममध्ये आधा सकिएको […]
यस वर्षको विश्व बाघ दिवस कोभिड–१९ सङ्क्रमणका कारण नेपालमा आज सामान्यरुपमा मनाइँदै छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना गरेको छ। यसबाहेक बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको विभागले जनाएको छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा […]
१४ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो […]
धनगढी : कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। कर्णाली नदीमा पानीको वहाव १०.१० मिटरमा पुगेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक दिर्घवहादुर बोगटीले बताए। उनले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए। उनले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह […]
१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षणमा मात्र नेपालीको शान झल्कने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र […]