होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिकरूपमा भीडभाड नगरी […]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले हालसम्म ५० जनाको मृत्यु भएको जानकारी दिँदै अहिले अस्पतालमा भर्ना भएकामध्ये ५२ जना पीसीआर पोजेटिभ, ३ कोरोनाका संकास्पद बिरामी रहेको बताए । डा श्रेष्ठका अनुसार हालसम्म प्रतिष्ठानको ल्याबमा ५८ हजार २२५ जनाको नमुना जाँच […]
काठमाडौँ- कोरोना भाइरसको महामारी बढे पनि सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ ।यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो । दशैँको […]
सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती […]
२६ असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ । कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । कोरोना संक्रमणका […]
२६ असोज, विराटनगर । आइतबार विराटागर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको गेटमा जाँच गर्दा उनको मृत्यु भइसकेको थियो । बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला कारागार, मोरङका बन्दी २० वर्षीय युवकलाई कोशी अस्पताल ल्याइयो । […]
जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यहाँका ती दुई गाउँपालिकालाई समावेश […]
हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा […]
नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य […]
काठमाडौं – विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९ हजार ४३२ पुगेको छ । संक्रमितमध्ये २ करोड ८३ लाख ४५ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ […]
काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने […]
सर्लाही: आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बुवालाई अदालतले जन्मकैदको फैसला गरेको छ। आफ्नी १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो। छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो। बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कैदको […]
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । कहाँ कति जनाले ज्यान गुमाए ? […]
प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ । कुनै पनि वैकल्पिक शिक्षण […]
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख ५३ हजार ८०७ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७४ हजार ३८३ नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या […]
नागरिक रैबार/बाजुरा २३ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का ३० जना सिमान्तकृत महिलालाई राहत वितरण गरिएको छ । टेवा नेपाल र महिला विकास मंचको साझेदारी तथा उमेनकाईन युकेको आर्थिक सहयोगमा बडीमालिका ९ का ३० जना सिमान्तकृत महिलालाई राहत स्वरुप खाद्यन्न, नुन, तेल, सावुन, चिनि, सेनिटरीप्याड, मास्क लगायतका सामाग्री वितरण गरिएको हो । कोरोना […]
नागरिक रैबार/बाजुरा २३ असोज। विहिबार दिउसो भिरबाट लडेर घाईते भएका बडीमालिका वडा नं. ९ रतुडाका मानसिंह विकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । विक विहिबार दिउसो साढे १२ बजे घरबाट खाना खाएर दारकाठका लागि गुनिभिर तिर गएका थिए । साँझ पख सम्म घर नफर्केपछि परिवारले खोजी गर्दा विकलाई भिरबाट लडेर भिरमै अट्कीएको अवस्थामा भेटाएका थिए […]
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण […]
नागरिक रैबार/बाजुरा २३ असोज। प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको विजेता बडीमालिका नगरपालिका ९ बनेकाे छ । बडीमालिका वडा नं. ८ को आयोजनामा भएकाे उक्त प्रतियोगितामा आज विहान भएको फाईनल खेलमा बडीमालिका ८ लाई पराजित गर्दै बडीमालिका ९ ले प्रतियोगिताको विजेता बनेको हो । प्रतियोगिताको विजेता बनेको बडीमालिका ९ ले ट्रफि, मेडल, प्रमाणपत्र सहित २० हजार […]
अस्पताल लैजादै गर्दा एक जना सुत्केरीको बाटोमा मृत्यु भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरुमा सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने क्रममा २३ वर्षीय अम्बकला रोकायाको बिहिबार राति मृत्यु भएको वडाध्यक्ष राजन रोकायाले बताएका छन्। रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनले बताए। गाँउमा प्रसुती सेवा केन्द्र नहुँदा आफन्तले बोेकेर […]