होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: मंगलबार अछाममा ४ र डडेल्धुराका ३ गरी सुदूरपश्चिममा थप ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। अछामको कमलबजार प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको तुर्माखाँद गाउँपालिकाका २ जना, मंगलसेन नगरपालिकाका १ जना र सुर्खेतको भेरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए। यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा अमरगढी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्ले २४ घण्टामा देशभर ९ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर थपिएका ९ सय ३६ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । जसमध्ये […]
३० मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नगर प्रमुख घिमिरेले निर्वाचित भएपछि घोषणा गरेअनुसार चालु शैक्षिक सत्रमा ४३ वटा सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरेका हुन् । यसवर्ष छात्रवृत्तिको लागि छनोट भएका १ देखि ८ […]
नागरिक रैबार/बाजुरा ३० मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सदस्य नेकपा नेतृ स्वग्रिय पवित्रा शाहीको १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको आयोजनामा स्वर्गीय शाहीको मंगलबार सदरमुकाम मार्तडीस्थित नेकपाको पार्टी कार्यालयमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । श्रद्धान्जलीसभामा बोल्ने नेकपा बाजुराका नेताहरुले स्वग्रीय पवित्रा शाहीकोे […]
३० मंसिर, काठमाडौं । उखु किसानको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ । गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन् । उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा […]
३० मंसिर, काठमाडौं । अमेरिका, बेलायतलगायतका देशले कोभिड–१९ भ्याक्सिनका लागि अनुमति दिइरहँदा नेपालमा भने कहिले र कुन खोप आउँछ भन्ने अन्यौल कायमै छ । सरकारले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्समार्फत सहुलियत मूल्यमा आउने खोपको बढी आश गरेको देखिन्छ । गाभीले कोरोनाको खोप कोभाक्समार्फत सहुलियतमा दिने भएकाले यसको छुट्टै प्रशासनिक प्रकिया […]
नागरिक रैबार/ बाजुरा ३० मंसिर।बडीमालिका नगरपालिका वडा नं. ९ तुफानडाँडा देखि बडुवालवाडा सम्मको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । वर्षातको समयमा बाटो माथिबाट खसेको पहिरोले उक्त क्षेत्रको बाटो पुरै भत्केको छ । भत्केको बाटोमा दिनहुँ पैदल यात्रा गर्न समस्या हुने गरेको स्थानीय निशान्त बडुवालले बताएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको […]
महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ । गत आइतबारयता बिहान हुस्सुले ढाक्दै आएको छ […]
कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुका दुवै हात छैनन्। पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए। ‘शिशुका दुवै हात छैनन्, उनले भने,’आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।’
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ । पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा […]
३० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज जाडो झन् बढेको छ । सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । ‘विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ,’ मौसमविद गंगा नगरकोटीले […]
धनगढी: एक जुवाडेले जुवा खालमा सबै सकिसकेपछि आफ्नै पत्नीलाई दाउमा राखेका छन्। तर त्यो पनि हारेपछि उनले पत्नीलाई एसीड आक्रमण गरेका छन्। भारतको बिहारस्थित भागपुरमा जुवामा पत्नी हारेपछि उनले पत्नीलाई जित्नेसँग जान निर्देशन दिए। तर, पत्नीले परपुरुषसँग जान स्वीकार गरिनन्। आफ्नो निर्देशन नमानेको भन्दै आफ्नै पत्नीका संवेदनशील अंगहरुमा एसिड खन्याइदिएका छन्। त्यसपछि पत्नी भागेर माइतीघर […]
२९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त […]
धनगढीः सरकारी स्तरबाट सुदूरपश्चिममै पहिलो पटक सेती प्रादेशिक अस्पतालले न्युरो रोग (मस्तिष्क) सम्बन्धी सेवा विस्तार गर्दै उपचार दिन थालेको छ। मंसिर १२ गतेदेखि न्यूरो सम्बन्धि उपचार सेवा सुरु गरिएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। ‘समग्र सुदूरपश्चिमका लागि यो नौलो खालको सेवा हो, करार सेवा अन्र्तगत आउनुभएका डाक्टरले उपचार पनि सुरु गरिसक्नुभएको […]
बाजुराका १ सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा साेमबार १९७ नमूना परीक्षण गर्दा कैलालीका ४३ सहित सुदूरपश्चिमका ५३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा संक्रमण देखिएको जानकारी दिए। यस्तै कैलालीकै गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका […]
काठमाडौं । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गरियो । कार्यालयको उद्घाटन वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वार फुयाँलले गरे । उद्घाटन कार्यक्रममा मन्त्री फुयाँलले […]
२९ मंसिर, त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले […]
२९ मंसिर, काठमाडौं । शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ । बस्नेतका अनुसार आगो नियन्त्रणमा लिनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् । प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने देखिएको भनिएको छ ।
नागरिक रैबार/बाजुरा २९ मंसिर। नेपाली काँग्रेसले बाजुरामा पनि केपि ओली नेतृत्वको सरकारको विरोधमा मार्तडीमा प्रदर्शन गरेको छ । वर्तमान सरकारको कार्यशैलीले बेथिति बढेको भन्दै प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकबाट सरकारको विरोध गर्दै नारा जुलससहित सडकमा उत्रेको नेपाली काँग्रेस बाजुराले विरोध प्रर्दशनको कोण सभा लोकतान्त्रिक […]
२९ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक सडकबाट डेढ सय मिटर तल खसेको हो । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका मनिष […]