होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्।सामाजिक सञ्जालमा उनले आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् । उनले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’ फेसबुकमा […]
कास्की– गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकूद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, […]
काठमाडौँ- नेपाली सेनाले २९४ कर्मचारीका लागि आवेदन मागेको छ ।सेनाको छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा आवेदन मागेको हो । लेखा जमदार, पुजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको हो।लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ। यस्तै पुजारी […]
उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो । डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल […]
खप्तड– सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए। […]
बाँके- बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतक बाँके, कञ्चनपुर र दाङका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका- ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते अस्पतालमा भर्ना भएका उनको मंगलबार बिहान साढे १२ बजे मृत्यु भएको हो । यस्तै […]
प्रतिनिधि सभा विघटन बिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको रिट बिरुद्ध अधिवक्तात्रय राजीव बास्तोला, पुरुषोत्तम प्रसाद लोहनी र सविन पोख्रेलले उत्प्रेषण माग गर्दै निवेदन दायर गरेका छन् । प्रतिनिधि सभा विघटनबिरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका अधिवक्ता सन्तोष भण्डारीलाई विपक्ष बनाएर अधिवक्तात्रयले हिजो अपरान्ह रिट दायर गरेका हुन् । रिटमा उनीहरुले […]
चक्र बहादुर अएडी/बाजुरा १९ पुस। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ६ कोर्ध मा घाँस काट्ने क्रममा एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्वर ६ कोर्धका धन बहादुर खड्का रहेका छन । उनि शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकैमारहेको मेलामा गएका थिए । खड्का अवेर सम्म घरमा नआएपछि स्थानिय मानिस खोज्न गएपनि […]
काठमाडौं । सभाुमख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका छन् । अहिलेको परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै सभामुख सापकोटाले भने, ‘यहि परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन । अदालतमा पनि त्यसै अनुसारको जवाफ दिँदै छु ।’ पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद […]
नागरिक रैबार/बाजुरा १९ पुस। महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने बाजुराका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका–७ लामागाँउका अन्दाजी ३८ वर्षीय भरतराज गिरी रहेका छन् । गीरिले महिलाको कोठामा गएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । शनिबार राति गिरीले आफु घरमा एक्लै भएको बेला कोठामा आएर दुर्व्यवहार गरेको […]
काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यस वर्ष गरिने भएको छ ।आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने जानकारी दिएको हो । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक […]
कैलाली– सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ । रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको बुढीगंगा नगरपालिकामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का अन्दाजी ४० वर्षीया सौरे नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार नेपाली मावली घर नडाङ्गबाट घर आउने क्रममा शुक्रबार राति पानीमुलको खोलाको कुलोबाट लडेर मृत्यु भएको बताइएको छ । मृतक […]
पाँचथर– पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक […]
काठमाडौँ- मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मंगलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तीन दिनसम्म हिमपात र वर्षा हुँदा तापक्रम घट्ने भएकाले […]
काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ ।पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो । राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले जवाफ तयार पारेका छन् । आजै दिउँसोसम्म सर्वोच्च अदालतमा […]
आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको बताइएको छ । हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । खोप […]
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार १०७ जना […]
विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए । मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले […]
१८ पुस, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय […]