होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २१ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहको जिल्ला कमिटी बाजुराले केपी ओलीको असम्बैधानिक कदमका वि?द्ध राँके जुलस लोकतान्त्रिक चोकमा निकालिएको छ । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीह?ले जुलुस निकालेका हुन् । ुभोलि देशभरकाृ बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावादु लगायतको नारासहित उनीह?ले राँके जुलुस निकालेका […]
दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन्। गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो। गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। […]
कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको सातौं दिन मंगलबारसम्म देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश […]
दैलेख : ६ वर्षअघि दैलेख पश्चिममा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो। गैरसरकारी संघसंस्थाको अगुवाईमा सरकारी निकायका साथै स्वंम समुदाय पनि अभियानमा सरिक भए। त्यसबेला जिल्लाका सात गाविस छाउगोठमुक्त घोषणा गरिए। तै पनि जिल्लाका महिलाहरू छाउगोठमा बस्न छाडेनन्। अभियान सकियो। गोठहरू फेरि ठडिन थाले। अलग्गै बस्ने, सार्वजनिक पधेंरा प्रयोग गर्न नपाउने, दूध खान नपाउने, फलफूलका विरुवा […]
काठमाडौँ– एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भइसकेको छ । सो तथ्यांक अनुसार हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको छ । अझ रोचक कुरा त के छ भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जीवित मानिसहरुको तुलनामा मृत्यु भइसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर […]
लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो। पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो। जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढायो। फलस्वरुप प्रदेशसभा स्थापनाका दुई वर्षमा ५९ वटा कानून बने। पछिल्लो समय भने कोरोना महामारीका कारण […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले […]
काठमाडौँ : बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । दाङको तुल्सीपुर नगरपालिका–१८ मा रहेको ससुराली गएका २० वर्षीय उनी गत माघ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए । चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो । लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उनका दाई गणेश विकले बताए ।
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु […]
काठमाडौँ — म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो । याङ्गुनको सिटी हलमा सेना तस्बिर : रोयटर्स सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार […]
आज ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै […]
सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी […]
काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए । प्रहरीका अनुसार शनिबार राति ११ बजे म १ त ५४२ […]
१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ । चिकित्सकका अनुसार बर्डफ्लुको […]
काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । बर्डफ्लु पुष्टि भएसँगै आज नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा […]
बाजुरा: बाजुराको धार्मीक तथा पर्यटकिय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने भएको छ।खप्तड होम स्टेको सहयोगमा भोलि(आइतबार)बाट दिपायलदेखि बडीमालिकासम्म ‘हेली टुर प्याकेज’को शुभारम्भ हुने खप्तड होम स्टेका संचालक दिपक खड्काले बताए। भोलि नेपाल पर्यटन बोर्डका सियो डाक्टर धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले ‘हेली टुर प्याकेज’को शुभारम्भ गर्ने उनले बताए। उक्त प्याकेज माघ २५ […]
धेरैजसो मानिसहरु राती बाँकी भएको खाना भोलिपल्ट तताएर खाने गर्छन् । तर स्वास्थ्य विज्ञले भने केही बासी खानेकुरा खाँदा तपाईं बिरामी पर्नसक्ने जानकारी दिँदै यस्ता खानेकुरा ताजा नै खान सुझाएका छन् । आउनुहोस्, आज ती खानेकुराबारे जानकारी लिऔं जुन बासी खाँदा तपाईंको स्वास्थ्य खराब हुनसक्छ । अण्डाः डाक्टर कान्था शेलकेले रिडर्स डाइजेस्टसँगको कुराकानीमा भनिन्, ‘अण्डामा […]
काठमाडौँ– कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैँ हराएर जाने गरेको बताए । खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर […]
नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा […]
हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ । हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्ने […]