होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् l सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी […]
झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई […]
ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता […]
नागरिक रैबार/बाजुरा २९ माघ। साँफे- मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्ग नदिमा जडान गरिएकाे बेलिब्रिज पुलकाे उद्धघाटन गरिएको छ । बेलिव्रिज पुलमा आजबाट नियमित यातायात संचालन हुने गरी एक औपचारिक कार्यक्रमका विच बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रिवन काटेर उद्धघाटन गरेका हुन । गत साउन २५ गते राति […]
देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा […]
२९ माघ, काठमाडौं । सरकारले सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो । यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, […]
नागरिक रैबार/बाजुरा २९ माघ। बुढीगंगा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएकाे छ । साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने जडाङ्गमा लामाे समयकाे बेलिवृज बगाएकाे करिव ६ महिनापछि बुढीगंगा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको हाे । वेलिवृज निर्माण कार्य सम्पन्न भएसंगै अाजबाट मार्तडीबाटै बससेवा सुरू हुने भएका छन् ।गत साउन २५ गते बुढीगंगा नदिमा अाएकाे […]
नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ । नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ । बढुवाबाट पूर्ति गरिने ४० पदमा […]
चक्र बहादुर अएडी/बाजुरा २७ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ५ मनामा मंगलबार सुरक्षित खाने पानी पिउनको लागि फिल्टर वितरण गरिएको छ । वडा नम्वर ५ मनाका २३० घरधुरीलाई एक एक ओट सुरक्षित पानी पिउनको लागि फिल्टर वितरण गरिएको वडा कार्यलयले बताएको छ । सो कार्यक्रममा ५० प्रतिशत वडाकार्यलयको अनुदान र ५० प्रतिशत स्थानिय उपभोक्ता […]
२७ माघ, जनकपुरधाम । स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकसहित कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकालाई पहिलो चरणमा खोप दिने गरी सरकारले निर्देशिका बनाए पनि प्रदेश २ मा जथाभावी तरिकाले खोप लगाएको पाइएको छ । मन्त्री, राजनीतिक दलका नेतादेखि व्यापारीसम्मले यो खोप पहिलो चरणमै लगाएका छन् भने कतै स्वास्थ्यकर्मीले नै खोप लगाउन बाँकी देखिएको […]
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डा.रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ । मंगलबार मानवअधिकारवादी योद्धा स्व.प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा.विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका– ५ का स्थायी बासिन्दा डा.विश्वकर्मा […]
सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन। सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो।
नागरिक रैबार/बाजुरा २६ माघ। नेपालकी चर्चित नायिका स्वस्तिमा खड्का बाजुराको भाषा सिक्न यतिबेला बाजुराको सदरमुकाम मार्तडीमा आएकि छिन् । ‘चिसो मान्छे’ नामक चलचित्रमा बाजुराकी चेलीको मुख्य भुमिकामा अभिनय गर्नुपर्ने भएपछि यहाँको भाषा र परिवेश बारे जानकारी लिन बाजुरा आएकि हुन् । बाजुराको भाषा, कला र संस्कृति समेटिने गरी पहिलोपटक निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ […]
नागरिक रैबार/बाजुरा २६ माघ। जिल्लाको सदरमुकाम मार्तडीबाट गाैमुलका एक जनालाई चरेशसहित प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा गौमुल गाउँपालिका वडा न १ अम्लीस घर भएका बर्ष ३४ का राम बहादुर बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । बाेहरालाई अाईतबार सांझ ६ सय ग्राम चरेशसहित मार्तडीकाे गैरीबजारबाट रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका […]
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि उनको हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले भनेको छ । स्रोतका अनुसार उनले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको, घाँटीमा पनि […]
१७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेखि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन। बैतडीका जिल्ला प्रहरी प्रमुख […]
पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६/७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी […]
२५ माघ, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५, गड्डाचौकीकी १३ वर्षीया युवतीले टिकटकमा भिडियो बनाइराख्थिन् । कोरोना महामारीपछि विद्यालयले अनलाइन कक्षा पढाउने गरेकाले बुबाले उनलाई स्मार्ट फोन दिएका थिए । पढाइभन्दा टिकटकमा बढी समय दिन थाल्नुलाई परिवारले त्यति रुचाएको थिएन । गत १२ माघको दिउँसो उनी टेबलमा चढेर डोरीमा छुन खोज्दै थिइन् । यो दृश्य कक्षा […]
२५ माघ, काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् । चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको कैलालीका एसपी अनुपम शमशेर जबराले बताए । चौधरीले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ […]
नागरिक रैबार/बाजुरा २५ माघ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान सहकारी संस्था लिमिटेडको अव आफ्नै भवन निर्माण गरिने भएको छ । वि.सं. २०७२ साल साउन १७ गते स्थापना भएको सहकारी स्थापनाको सुरुवात देखि नै भाडामा कार्यालय संचालन गरिदै आएको थियो । सहकारीको भवन निर्माणका लागि आईतबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले सिलान्यास गर्नुभएको थियो […]