होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
महेन्द्रनगरः महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ। “ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु […]
धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीले आफ्नो नाम गरिबको सूचीबाट हटाउन माग गरेकी छन्। काँग्रेस दार्चुलाका सचिवसमेत रहेका दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको गरिबको सूचीबाट नाम हटाउन माग गरेकी हुन्। दुहुँकै हिकिलामा रहेको स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत सावित्रीले आफ्नो नाम गरिबको सूचीबाट हटाउन फाराम भरेको बताइन्। उनले निबेदनमा गरिबको सूचीमा […]
दार्चुलाः अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्छिन्। पालिका केन्द्रसम्म सडक नपुगेकै कारण उनले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गरेकी हुन्। गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि चाहिने सरिया बोकेर उनी दिनहुँ यहाँ पुग्ने गर्छिन। त्यसबाहेक उनले स्थानीयदेखि व्यापारिक […]
काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका […]
नागरिक रैबार/बाजुरा ५ फागुन। बाजुराको दानसगुमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । गएराती बुढीनन्दा नगरपालिका–५ स्थित दानसागु नजिकै जिप दुर्घटनामा परी चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मार्तडीबाट कोल्टी जाँदै गरेको से १ ज १०६२ नम्बरको जिप दानसागु नजिकैको कमारेकोटमा दुर्घटना हुँदा चालक २३ वर्षीय […]
नेपालगन्ज — बिहेको रौनक सुरु भइसकेको थियो । भोजका लागि चाहिने सामग्रीले घर भरिएको थियो । केटा पक्षलाई लत्ताकपडा र छोरीलाई दिइने भाँडाकुँडा जुटाइएको थियो । इष्टमित्र र टाढाबाट पाहुना आउँदै थिए । प्रेसबाट छापिएर आएका एक हजार निमन्त्रणा कार्ड बाँड्न मात्रै बाँकी थियो । एकाएक केटा पक्षले दाइजोका अनेकौं माग राख्न थाले । केटी पक्ष अलमलमा परे । विवाद भयो । सुरुमा […]
आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नका लागि स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका […]
नागरिक रैबार/बाजुरा ५ फागुन। हिमाली गाँउपालिकाको नवौँ गाँउ सभाबाट आठ ओटा विधेयक पारित भएका छन् । बिहिबार नवौं गाँउ सभाबाट आठ वटा विधेयक पारित गरिएको हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् । नवौं गाँउ सभाको आर्थिक बर्ष २०७८ को ऐन ४ कार्यबिधी अनुशार यि विधेयक पारित गरिएको अध्यक्ष मल्लले बताए । गाउँपालिकाले भुमी […]
उपसचिव सीता परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन् । गृह मन्त्रालयले उनलाई हुम्लाको सिडिओको जिम्मेवारी दिएको छ । कास्कीको रूपा गाउँपालिका– ६ की स्थायी बासिन्दा परियार ०६८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसको तीन वर्षपछि नै खुला प्रतियोगिताबाट उपसचिवमा नाम निकालेकी उनी पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख […]
धनगढी: बझाङको एक पसलमा आगलागी हुँदा लाखौँको क्षती भएको छ। बित्थडचिर गाउँपालिका–१ बित्थडबजारका ४० वर्षीय व्यापारी वीर बहादुर बोहराको पसलमा आगलागी हुँदा लाखौं रुपैया बराबरको धनमाल नष्ट भएको हो। पसलमा विद्युत सर्ट भएर बिहीबार बिहान आगलागी हुँदा नगद ५० हजार, खाद्यान्न, विभिन्न ब्राण्डका मदिरा लगायत जलेर करिब ३१ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट […]
६ फागुन, मान्म (कालीकोट) । कालीकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कालीकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न भएको छ । सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व गठन भईसकेपछि कोल्टीमा पहिलो पटक आयोजना गरिएको एमालेको दोस्रो पूर्ण बैठकले पार्टीको यस अघि बसेको पदाधिकारीको बैठकबाट गठन गरिएका विभागहरूकाे अनुमाेदन गर्ने निर्णय गरेकाे प्रचारविभाग प्रमुख काँशी विकले बताएका छन् । त्यस्तै बैठकले […]
नागरिक रैबार/बाजुरा ५ फागुन। कारागार भित्रबाट प्रहरीले ३ वटा मोवाइल बरामद गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक नारायण सिंह नेगीको कमाण्डमा खटिएको प्रहरीको टोलीले कारागार भित्र चेकजाँच गर्दा ४ वटा मोवाईल बरामद गरेकाे हाे । कारागार कार्यालयमा रहेका कैदी थुनुवाहरुले मोवाईल लुकाइ छिपाइ चलाई रहेको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच […]
धनगढीः बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको […]
विराटनगर, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–४ अन्तर्गत जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको स्थानमा अर्को झोलामा शरीर पनि भेटिएको प्रहरीले जनाएको छ । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा एउटा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको थियो । जंगलमा दाउरा खोज्न गएका स्थानीयले झोलाभित्र शव देखेपछि प्रहरीलाई बोलाएका थिए । […]
काठमाडौं । कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् । हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार […]
नागरिक रैबार/बाजुरा ५ फागुन । बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएको ताला ४ दिन पछि आज खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको सहमती पछि चारदिनपछि ताला खोलेको स्थानीय हिक्मत थापाले बताएका छन् । चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत […]
बागलुङ–ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ । पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले चालु आवमा रु दुई लाख ५० हजार बजेट छुट्टयाएको थियो । सोही बजेटबाट ८५ वर्षमाथिका सबै नागरिलाई […]
सुर्खेत‚ मुगु‚ कालीकोट — कहिले कोरोना महामारी त कहिले हिमपात । हिमाली जिल्लामा यो वर्ष मुस्किलले दुई महिना मात्र पढाइ भएको छ । हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ, डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे-फोक्सुन्डोका अधिकांश विद्यालयका बालबालिकाले खासै पढ्न पाएनन् । गत वर्ष र अघिल्लो वर्ष पनि कर्णालीका हिमाली जिल्लामा शैक्षिक अवस्था यस्तै थियो । यहाँ बर्सेनि फागुनबाट शैक्षिक सत्र सुरु […]
कञ्चनपुर — महाकाली नदी किनारमै बसोबास छ । एकातिर महाकाली नदीमा आउने बाढीको त्रास । अर्कोतिर घरजग्गा दर्ता नभएको वनजंगल क्षेत्रबाट कतिबेला उठिबास हुने हो भन्ने त्रास । कञ्चनपुरको भीमदत्त नगरपालिका— ९ खल्लाकी ममता रावललाई यही चिन्ता छ । पछिल्लो पटक कात्तिक पहिलो साता महाकाली नदीमा आएको भीषण बाढीले उनको होसहवास नै उडाएको छ । तीन दशकदेखि खेतीपाती गर्दै आएको […]