होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ३० फागुन । सरकारले आगामी नयाँ शैक्षिक सत्र २०७९ जेठबाट थाल्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नुपर्ने र १ जेठबाट पठनपाठन सुरु गर्नुपर्ने निर्णय गरेको शिक्षा तथा मानव स्रोत केन्द्रले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र सरेको हो । निजी विद्यालयले […]
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ। उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ। २०४६ सालमा ऐन आए पनि २०४८ सालदेखि मात्र स्थापना भएर काम शुरू गरेको परिषद्ले २०५० सालबाट परीक्षा सञ्चालन गर्न थालेको थियो। बोर्डमा […]
लुक्ला — खुम्बु पासाङल्हामु गाउँपालिका–३ लुक्ला चौंरीखर्कका तेन्जिङ नोर्बु शेर्पा स्थानीय महेन्द्रज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छन् । उनी काठमाडौंको निजी विद्यालयबाट एसईई पूरा गरेर आफ्नै गाउँको सामुदायिक विद्यालयमा भर्ना भएका हुन् । कक्षा ४ मा अध्ययनरत निमाजाङ्मु शेर्पा काठमाडौंमा ३ कक्षा उत्तीर्ण गरेर गाउँ फर्केकी हुन् । महेन्द्र ज्योतिमा मात्र यस्ता छात्रछात्रा भेटिँदैनन् । काठमाडौंको निजी विद्यालयमा […]
अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो। विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका […]
काठमाडौं । यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएको छ । अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो । यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने, ‘अब एसएलसी […]
काठमाडौँ — स्थानीय तहले पाएको माध्यमिक शिक्षासम्मको अधिकार खोस्ने गतिविधि नगर्न विज्ञहरूले शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघलाई आग्रह गरेका छन् । संविधानले नै स्थानीय सरकारलाई दिएको अधिकार कटौती गर्दा संघ र प्रदेशबीच द्वन्द्व बढ्ने तथा त्यसको असर शिक्षा क्षेत्रमा पर्ने उनीहरूले बताएका छन् । शिक्षा मन्त्रालयले फागुन दोस्रो साता शिक्षक महासंघसँग स्थानीय तहको अधिकारको एकल सूचीमा […]
काठमाडौं । कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने,‘जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने लाइनमा छौं । आगामी शैक्षिक सत्रलाई असर नपर्ने […]
काठमाडौँ — सामुदायिक विद्यालयका १ सय १४ स्थायी शिक्षकले गत माघमा राजीनामा दिएर जागिर छाडे । त्यही महिना १ सय २२ शिक्षक अनिवार्य अवकाशमा गए । यो तथ्यांकले उमेर हदलगायत कारणले अनिवार्य अवकाश पाउने र स्वैच्छिक जागिर छाड्ने शिक्षकको संख्या लगभग उस्तै छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक किताबखानाअनुसार विगतका वर्षको तुलनामा राजीनामा दिने स्थायी शिक्षकको संख्या अस्वाभाविक रूपमा […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउने विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको […]
काठमाडौंः सरकारले एसईईको परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर एसईई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको हो। राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर नियमावली २०७८ ल्याइएसँगै एसईई परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिएइएको छ। प्रदेशलाई अधिकार दिने कानून पारितसँगै […]
नागरिक रैबार/बाजुरा १२ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० मा रहेको सिंगाडा मावि एकमहिनादेखि प्रधानाध्यापक विहिन बनेको छ ।यस अघिका प्रधानाध्यापक विश्णुध्वज शाह गत माघ १८ गतेबाट सेवा अवधि सकेर विदाई भएपछि विद्यालय प्रधानाध्यापक विहिन बनेको हो । प्रधानाध्यापक शाहको विदाईपछि विद्यालय व्यवस्थापन समितिले प्रअ छनोट गर्न सकेको छैन् । विद्यालयमा प्रधानाध्यापक रिक्त […]
काठमाडौं, ५ फागुन । कक्षा १० सम्मका सबै प्रकारका परीक्षा र नतिजा प्रकाशन आगामी २०७९ बैशाख भित्रै गर्न पर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई यही कार्यतालिका अनुसार काम अघि बढाउन निर्देशन दिएको हो । मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयको २०७८ को […]
सुर्खेत‚ मुगु‚ कालीकोट — कहिले कोरोना महामारी त कहिले हिमपात । हिमाली जिल्लामा यो वर्ष मुस्किलले दुई महिना मात्र पढाइ भएको छ । हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ, डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे-फोक्सुन्डोका अधिकांश विद्यालयका बालबालिकाले खासै पढ्न पाएनन् । गत वर्ष र अघिल्लो वर्ष पनि कर्णालीका हिमाली जिल्लामा शैक्षिक अवस्था यस्तै थियो । यहाँ बर्सेनि फागुनबाट शैक्षिक सत्र सुरु […]
डोटीको पूर्वीचौकी गाउँपालिकामा मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्थाले ३ महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ। सोमबार पूर्वीचौकी गाउँपालिका–४, सानागाउँस्थित सरस्वती माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ३ महिने निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गरेको हो। साईन नेपालका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्षता तथा पूर्वीचौकी गाउँपालिका–३ का वडाध्यक्ष अमर चयडाको प्रमुख आतिथ्यमा उद्घाटन […]
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो । शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसीटी […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताएका छन् । एक कक्षामा नयाँ भर्ना लिन परीक्षाले फरक नपार्ने मन्त्रालयका प्रवक्ता शर्माले बताए । ‘वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै हुन्छ […]
काठमाडौंः देशभरका शैक्षिक संस्थामा भोलि (आइतबार)देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो। विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत […]
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगामी जेठमा गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी भइरहेको बताए। ‘केहीदनमा परीक्षा तालिका सार्वजनिक गर्छौ। त्यसको लागि तयारी भइरहेको छ’ उनले भने। बोर्डले एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको […]
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारलाई जिम्मा दिन कानुनी समस्या रहेको बताएका छन् । बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले गरेको कार्यक्रममा उनले एसईई सञ्चालन गर्ने जिम्मा प्रदेशलाई दिन कानुन निर्माणको तयारी भइरहेको पनि बताए । ‘सबै कुराहरु प्रदेश सरकारलाई दिन कानूनतः अफ्ठ्यारो छ’ उनले भने, ‘हामीले कसरी कक्षा […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै […]