होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जुम्ला — कर्णाली प्रदेशको जुम्लामा यतिखेर बेग्लै चहलपहल छ । यहाँ देशका कुनाकाप्चाबाट तन्नेरी आउन थालेका छन्, डाक्टर बन्ने सपना बोकेर । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने भएपछि विद्यार्थी यहाँ आएका हुन् । सुगम ठाउँमा जन्मे–हुर्केकाहरू दुर्गम जुम्लामा आउन परे पनि पढ्न पाउँदा खुसी छन् । तिनैमध्येका हुन्– जनकपुरका आनन्द उपाध्याय । उनी जुम्लामा पढ्ने पहिलो ब्याचका […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड आफैंले उत्तरपुस्तिका परीक्षण गराउँदा यसपटक कक्षा १२ को नतिजा गत वर्षभन्दा खस्केको छ । गत वर्ष शिक्षकले आफ्ना विद्यार्थीलाई मनोमानी नम्बर दिँदा नतिजा ‘राम्रो’ देखिएको थियो ।विद्यालयले परीक्षा सञ्चालन गरे पनि बोर्डले बाह्य परीक्षकबाट उत्तरपुस्तिका परीक्षण गराउँदा यसपटक ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या शून्य छ । २०७६ सालसम्म परीक्षाको सम्पूर्ण काम बोर्डले […]
कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका […]
काठमाडौं । आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । […]
काठमाडौं, मंसिर १६ । भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले आज अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उनीहरुको परीक्षाको […]
धादिङ : बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन्। खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्। घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै हो। नत्र हातमुख जोर्ने अर्को […]
पाँचथरको हिलिहाङ गाउँपालिका-४ को सिद्ध माध्यमिक विद्यालयमा भगिश्वर योङहाङ प्रधानाध्यापक थिए। गत शनिबार भएको कांग्रेसको प्रदेश सभा अधिवेशनमा उनी प्रदेश ‘क’को क्षेत्रीय सभापतिमा निर्वाचित भए। शिक्षक हुँदाहुँदै राजनीतिक दलको पदाधिकारी बन्ने योङहाङ प्रतिनिधि पात्र हुन्। महाधिवेशन प्रक्रियामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलगायत दलहरूले दर्जनौं शिक्षक/प्राध्यापकलाई वडा तहदेखि महाधिवेशन प्रतिनिधिसम्म बनाएका छन्। कानुनविपरीत शिक्षक/प्राध्यापक र […]
काठमाडौं, मंसिर ९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ । नियमित कामबाहेक अन्य कुनै […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने […]
बर्दिया । मधुवन नगरपालिका-४ ढोढरीको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा पढाउने गरेको छ । विद्यालयले वर्षको दुई पटक (गर्मी महीनार जाडो महिना) शुक्रबारको कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई जातीय परम्परागत पोशाकमा बोलाइ पढाउन थालेको हो । शिक्षक तथा विद्यार्थी आ आफ्नो परम्परागत जातीय पहिरनमा उपस्थित भइ सामाजिक विविधता, […]
काठमाडौं । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको छ । ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ले विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ हुने गरी अभ्यास गर्न सुझाव दिएको हो । […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ । एसईईमा अहिले भइरहेको व्यवस्थाअनुसार सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैतर्फको प्राप्ताङ्कलाई जोडेर नतिजा प्रकाशन गर्ने गरिएको छ । सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने उच्च […]
नागरिक रैबार बाजुरा ४ मंसिर जिल्लाकाे बुढीगंगा नगरपालिकाकाे वडा नम्बर ९ स्थित जुवापानीमा रहेकाे दुधिर आधारभुत विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे छ । बडीमालिका मिडिया हाउसकाे पहल तथा राईजिङ नेपालकाे आर्थिक सहयाेगमा उक्त विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे हाे । शुक्रबार एक कार्यक्रममका विच विद्यालयमा रहेका गरिव तथा जेहेन्दार […]
काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको […]
काठमाडौँ– राष्ट्रिय पुस्तकालयको भवन काठमाडौँको जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकालय भवन जमलमा बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । २०७२ सालमा आएको विनाशकारी भूकम्पले हरिहर भवनस्थित पुस्तकालयको भवनान क्षतिपुर्याएको थियो । भवन नभएपछि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै नयाँ भवन बनाउने निर्णय […]
सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण […]
जुम्ला । जुम्लाका अधिकांश विद्यालयमा अध्ययन गर्ने छात्राहरुले हरेक महिना एक साता विद्यालयको पढाइ छाड्नु परिरहेको छ । जिल्लाका अधिकांश विद्यालयमा व्यवस्थित शौचालय र पर्याप्त पानीको अभावका कारण महिनावारी भएको समयमा पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको छात्राहरु बताउँछन् । विद्यालयहरुमा शौचालय त बनेका छन्, तर त्यहाँ पानीको व्यवस्था हुन नसक्दा महिनावारीको समयमा असजिलो हुन्छ । […]
काठमाडौँ — शिक्षक सेवा आयोगको नियमावली संशोधनका लागि केपी ओली सरकारकै पालामा मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको थियो तर पारित भएन । असार २९ मा शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि शिक्षा सचिवले उक्त प्रस्ताव पुनः मन्त्रिपरिषद्मा पठाए । यस पटक शिक्षामन्त्री नै नभएकाले प्रस्तावमाथि पर्याप्त छलफल भएन । नियमावली संशोधन नहुँदा देशभरका तीन हजारभन्दा बढी शिक्षकको बढुवा प्रक्रिया अवरुद्ध हुन […]
१ असोज, वीरगञ्ज । २९ भदौमा वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको टोली आकस्मिक विद्यालय अनुगमनका लागि वीरगञ्ज–१७ अलौस्थित श्रीमान टोला प्राविमा पुग्यो । बिहान ११ बजे नै विद्यार्थीहरु घरतिर लागिरहेका थिए । विद्यार्थीलाई बोलाएर सोध्दा शिक्षक कोही छैनन् त्यसैले पढाइ भएन भन्ने जवाफ आयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णसहितको टोली विद्यालय पुग्दा एक […]
भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्य सञ्चालन […]