होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । आगामी तीन महिना सडक विभाग मातहतमा रहेका सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबारी गर्ने चेतावनी दिएको हो । विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो । बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा […]
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको नवनिर्मित आवासीय भवनको इन्टेरियर (भित्रीभाग)को साजसज्जाको काम गर्न ठेक्का लागेको छ । आवासीय भवनको सार्वजनिक भवन (पब्लिक ब्लक) तर्फको भागको इन्टेरियर निर्माणका लागि ठेक्का लागेको हो । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ३ करोड ७५ लाख १४ हजार ३८५ रुपैयाँमा ठेक्का लगाएको […]
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच बिहीबार भएको छलफलमा सरोकारवालाले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाइएको मन्त्रालयले जनाएको छ […]
काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ ।संघीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम […]
१९ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० […]
आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान)का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार […]
१९ जेठ, काठमाडौं । नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो । प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार […]
संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले अनुदान […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन […]
१८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ । बजेटको नयाँ नीति पछि उद्योगले कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा समान १० प्रतिशत मात्रै भन्सार शुल्क तिरे हुन्छ । यसअघि यस्तो तयारी तेलमा […]
काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ ।डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाएका छौं ‘ मन्त्रालय स्रोतले भन्यो, ‘ अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्छ […]
काठमाडौँ — सरकारले ल्याएको बजेटमा दलित र सीमान्तकृत समुदायलाई उपेक्षा गरिएको भन्दै अधिकारकर्मी र अगुवाहरूले गुनासो गरेका छन् । बजेटले दलित र सीमान्तकृत समुदायको सशक्तीकरणभन्दा पनि वितरणमुखी कार्यक्रमलाई जोड दिएको उनीहरूको गुनासो छ । बजेटमा दलित समुदायमाथि शताब्दीऔँदेखि हुँदै आएको जातीय विभेद र छुवाछुत अन्त्य गर्ने गरी कार्यक्रम र बजेट समावेश छैनन् । अर्थमन्त्री जनार्दन […]
नेपाल टेलिकमले एपमा उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको जनाएको छ । सेवाग्राहीले एपमार्फत पहिले देखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी आफ्नो जानकारी अपडेट गर्न, […]
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्ताव गरेको भन्दा करिब १२ अर्ब रुपैयाँ बढी बजेट दिएको छ । कृषि मन्त्रालयले ४७ अर्ब ५० करोड रुपैयाँ प्रस्ताव गरेको थियो । तर अर्थ मन्त्रालयबाट ५९ अर्ब ८९ करोड रुपैयाँ बजेट पाएको छ । गत वर्षको तुलनामा कृषि मन्त्रालयले १० अर्ब ९२ करोड रुपैयाँ बढी बजेट पाएको छ । […]
सरकारले पूर्ण दृष्टिविहीन भएकालाई ‘क’ वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ ।संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्ण दृष्टिविहीन भएकालाई पूर्ण अशक्त अपांगता वर्गिकरण गरी ‘क’ वर्गको परिचयपत्र दिने जानकारी दिएका हुन् ।
काठमाडौँ — सरकारले युवा स्टार्टअप कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् । त्यस्तै युवा तथा साना […]
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरिएको बताए । यसअघि ७१ प्रकारका औषधि मात्रै निःशुल्क वितरण हुँदै आएको थियो । मन्त्री शर्माले मिर्गौला प्रत्यारोपण […]
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ५ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए । यस्तै, रोजगार केन्द्रमार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिइने छ । यस्तै, श्रमिकको सीपविकास र कल्याणकारी कोष स्थापना गरिने बताइएको छ ।
सरकारले तीन वर्ष भित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो । त्यसैगरी बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वाकांक्षी लक्ष्य पनि बजेटमा समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन […]