होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ कार्तिक।त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुराको नयाँ नेतृत्व चयनमा ढिलाई भएको छ । सहकारीको अध्यक्ष सहितका कुनैपनि पदमा आकांक्षीहरुविच सहमति हुन नसकेपछि नयाँ नेतृत्व चयनमा ढिलाई भएको पाईएको छ । कार्तिक २६ गतेबाट सूरु भएको सहकारीको २० औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन उद्धघाट्न भएको ४ दिन वितिसक्दा पनि […]
काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको हो । २२ वैशाख, २०७८मा पनि सरकारले […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक […]
काठमाडौँ- नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक संगठित सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक संगठित सदस्यबाट कम्तिमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश […]
२१ कात्तिक, काठमाडौं । भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ […]
मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसंैमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही कात्तिक पहिलो साता धुलिखेलस्थित साहसिक खेल ‘जीपलाइन’मा रमाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुशी खेलका सञ्चालकहरुमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु । आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बसेका अध्यक्ष […]
काठमाडौं १८ कात्तिक। आज धेरै नेपालीको घरमा लक्ष्मीपूजा हुँदैछ । धनधान्यले सम्पन्न हुन लक्ष्मीमाताको आराधना हुँदैछ । तर धन सम्पत्तिका लागि यसरी आराधना गर्ने नेपाली समाजमा त्यही सम्पत्तिको मानक नेपाली नोटको जतन गर्ने संस्कार भने फिटिक्कै छैन । खासगरी हरेक वर्ष दशैंका बेलामा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउँछ । यो वर्ष पनि साना […]
नेपाल एयरलाईन्स ले सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भाडा घटाएको छ ।यस अघी अछाम देखी धनगढी को भाडा ३९०० कायम गरेको मा आईतबार बाट नयाँ भाडादर पुरानो भाडामा १०२५ भोली बाट हुने उडानमा प्रती व्यक्त्ती भाडा रु २८८५ मात्र कायम हुने कुरा नेपाल एयरलाईन्सका धनगढी-अछाम का लागि सम्पर्क व्यक्त्ती एंवम होटल साँफेबगरा धनगढी बसपार्क का संचालक […]
दाङमा आठ जुवाडे पक्राउ परेका छन् । शुक्रबार पक्राउ गरिएका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट झण्डै दुई लाख नगद समेत बरामद गरिएको जनाएको छ । पक्राउ […]
धनगढी : धनगढी बजार क्षेत्र भारतीय माग्नेहरुको अखडा बन्दै गएको छ। सडकमा हिँडिरहेका व्यक्तिमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे शरीरमै झुण्डिएर माग्ने बानी परेकाबाट धनगढीवासी आजित बनेका हुन्। झुत्रा कपडासहित एक /दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि शरीरमै झुन्डिएर आजित पार्न थालेका हुन्। भारतबाट परिवारसहित […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। कार्तिक २ गते बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले जगन्नाथ गाउँपालिकाकाे कार्यालय बगाउँदा साढे ४ कराेडकाे क्षति भएकाे छ । बेमौसमी बर्षासँगै जुड्डी खाेलामा आएकाे बाढीले गाउँपालिकाकाे भाैतिक संरचनासंगै कार्यालयका सामाग्री सहित साढे ४ कराेडकाे क्षति भएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले […]
कात्तिक १२ पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न […]
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित प्रकृतिका कामलाई […]
बाजुरा। सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा सडक सञ्जालबाट बाहिर भएको चार महिना भएको छ। गत असारमा भएको वर्षाका कारण अवरुद्ध भएको साँफे-मार्तडी सडक सुचारु नहुँदै फेरि भत्किएको छ। गत हप्ता तीन दिनसम्म परेको अविरल वर्षाका कारण उक्त सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्ध भएको थियो। दर्जनबढी स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक पूर्ण रुपमा सञ्चालन हुन अझै समय […]
प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय ८३ रुपैयाँ पर्न […]
अरुण गाउँले/बाजुरा ७ कार्तिक। बुढीगंगा नगरपालिका साविकको बाह्रविसमा स्थापित सुर्योदय बहुउद्देश्यीय सहकारीको भवन निर्माणमा लागेका कामदारले २ वर्ष वित्न लाग्दा समेत ज्याला नपाएको बताएका छन् । २०७६ सालमा सहकारीको भवन निर्माण कार्य गरिसक्दा समेत सहकारीले अहिलेसम्म भवन निर्माणमा खटिएका २० जना कामदारको ज्याला नदिएको कामदार खड्क विष्टले गुनासो गरेका छन् । सहकारीको भवन निर्माणको जिम्मा […]
धनगढी : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज धनगढडीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान भर्ने भएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले भने, ‘डोटीको मौसम राम्रो छैन। डोटीको उडानमा केही […]
धनगढी : धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलिदेखि उडान भर्ने भएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले […]
काठमाडौँ — बेमौसमी वर्षापछि आएको बाढी र हुरीले १६ जिल्लामा मात्रै ७ अर्ब २२ करोड रुपैयाँ बराबरको दुई लाख ५८ हजार ९२ टन धानमा क्षति पुर्याएको छ । लुम्बिनीका १०, प्रदेश १ का तीन र सुदूरपश्चिमका दुई जिल्लाबाट उक्त परिमाणमा धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरण छ । धान उत्पादन हुने मुख्य पकेट […]