होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः चालु आर्थिक वर्षको बजेट ल्याउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह असफल भएका छन्। चालु आर्थिक वर्ष सुरु भएको २ महिना बित्नै लाग्दा समेत मुख्यमन्त्री शाह बजेट ल्याउन असफल देखिएका हुन्। सयमा बजेट नआउँदा प्रदेश सरकारमातहतका कर्मचारीले साउनदेखि तलब समेत पाउन सकेका छैनन्। सरकारी कार्यालयहरूले खर्च पनि उधारोमा चलाउनु परेको छ। तर मुख्यमन्त्री शाहले भने […]
जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी […]
काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए […]
काठमाडौं– हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ । दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने […]
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । Tata Folliderm प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त […]
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले चारवटा योजना प्रदेश सरकारबाट माग गरेको थियो।चालु आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनको कामसमेत गरेर नगरपालिकाले चारवटा योजना प्रदेश सरकारसँग माग गरेको हो। पर्यटकीय क्षेत्र राजकाँडासम्म जाने सडक, कर्णाली चिसापानी पुलमा विद्युतीकरण र टीकापुर सडकमा विद्युतीकरणलगायतका योजनाहरु लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम सरकारसँग माग गरेको हो। […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ ।मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन गर्दैछन् । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ गर्न लागिएको […]
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। त्यसैगरी, कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सार्वजनिक स्थलमा फलफूल बगैंचा निर्माण, कृषि तथा पशुपक्षी उत्पादनको भण्डारण तथा बिक्री वितरणमा आवश्यक […]
आर्थिक वर्ष २०८०/०८१ सुरु भएको ५ महिना बित्नै लाग्यो । तर देशभरका ९ वटा पालिकाहरुले अझै बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्ने पालिकाहरुमा सबैभन्दा धेरै मधेस प्रदेशमा छन् । मधेसमा ८ वटा पालिकाहरुले बजेट ल्याउन सकेका छैनन् भने कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेको छैन । मधेसका ५ जिल्ला सप्तरी, सर्लाही, […]
दोलखा- दोलखा जिल्लाको मेलुङ गाउँपालिका भित्रका स्थानीयहरू पछिल्लो वर्षहरूमा कृषितर्फ आकर्षित बन्दै गएका छन् । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत कृषि बन्दै गएको छ । भौगोलिक कारण पूर्वाधार विकासमा उदाउँदो मेलुङ पालिका आफ्नो उत्पादनलाई बजार सम्म पुर्याएर स्थानीय बजार धान्न सफल भएको पालिका अध्यक्ष हिराकुमार थोकरले बताए । पालिका आलु तथा सुन्तला र खाद्यान्नमा आत्मनिर्भर […]
काठमाडौँ । आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याइँदै छ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णले बताए । उनका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उनकाअनुसार उन्नत जातको नश्ल सुधारका […]
नागरिक रैबार/बाजुरा ४ मंसिर।नेपाल सरकारले बाजुरामा भुकम्पबाट प्रभावित बनेका परिवारहरूका अस्थायी आवास निर्माणका लागि १४ कराेड निकासा गरेकाे छ । सरकारले बाजुराका लागि १४ करोड, जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा गरेकाे हाे । सरकारले भुकम्पबाट प्रभावित जिल्लामा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् । अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्। छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी […]
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको […]
आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका […]
गलेश्वर– हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ ।मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार […]
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०.४४ प्रतिशतको उपलब्धि हो । सरकारले चालु आर्थिक वर्षका लागि […]
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक […]
काठमाडौँ । यतिबेला बैंकको ब्याजदरको विषय निकै चर्चामा छ । सरकारले नै बैंक तथा वित्तीय संस्थामाथि धावा बोल्दै मिलेमतोमा ब्याजदरमा कार्टेलिङ गरिरहेको आरोप लगाएपछि वित्तीय क्षेत्र तरङ्गित हुन पुगेको हो । यसले आउँदो महिना अर्थात् आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनादेखि नै ब्याजदर निर्धारणमा खुल्ला नीति अंगिकार हुने अनुमान गरिएको छ । मंगलबार राजधानीमा आयोजित […]
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो । “असार २३ र ३० […]