होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ४ फागुन। एमसिसीको विरोधमा बाजुरामा पनि बन्दको प्रभाव परेको छ । एमसिसिको विपक्षमा रहेका दलहरुले आज नेपाल बन्दको घोषणा गरेसंगै बाजुरामा समेत बन्दको प्रभाव परेको हो । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि बाजुरामा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुराको अगुवाईमा मार्तडीमा रहेका बजार […]
नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले रातोपाटीलाई बताए । बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै […]
धनगढीः एमालेका नेता भीम रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा मागेका छन्। रावलले आलेले एक युवकलाइ अपहरण गर्ने धम्की दिएर विवादमा मुछिएपछि राजीनामा मागेका हुन्। अहिले मन्त्री आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै अश्लिल गाली दिँदै ज्यान मार्ने धम्की दिएको अडियो भाइरल बनेको छ। उक्त अडियोमा भारतमा रहेका अछामका युवालाई बसेकै […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी […]
धनगढी: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै अश्लिल गाली दिँदै ज्यान मार्ने धम्की दिएको अडियो भाइरल बनेको छ। उक्त अडियोमा भारतमा रहेका अछामका युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिएको सुन्न सकिन्छ। युवाले पनि मन्त्री आलेको गालीको जबाफ फर्काएका छन्। उक्त संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि […]
काठमाडौँ — कतारमा पाइला राखेयता पोखराका बिल गुरुङले कुनै पनि निर्वाचनमा मत दिन पाएका छैनन् । मुलुकको निर्वाचनमा भाग लिई राज्यको नीति, निर्माण र शासन व्यवस्थामा मत जाहेर गर्ने अधिकारबाट उनी वञ्चित हुँदै आएका छन् । ‘माघ १९ मा रोजगारीका लागि कतार बस्न थालेको २० वर्ष पुग्यो, यसबीच कुनै निर्वाचनमा सहभागी हुन पाइनँ,’ गुरुङले भने, […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा […]
काठमाडौँ — प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा […]
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका […]
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ । एमसीसी सम्झौता खारेजीको माग गर्दै विभिन्न २२ दलको संयुक्त गठबन्धनले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्ने ठाउँ होइनलगायतका नारा लगाउँदै […]
२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न बसेको नेकपा एमालेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न सकेन । आइतबार सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि बसेको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको एमाले संसदीय दलको बैठकले भने वस्तुस्थितिको ठोस विश्लेषण, कानुन र […]
काठमाडौं । नेकपा (एमाले)ले एमसीसीबारे अझै ‘पर्ख र हेर’को नीति लिएको देखिएको छ ।सोमबार एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सत्ता गठबन्धनले एकीकृत धारणा नबानउँदासम्म आफूहरू ‘पर्ख र हेर’को नीतिमा रहेको बताए । निर्णय गर्नुपर्दा एमालेले राष्ट्रिय हितको पक्षमा गर्ने उनको भनाइ छ । “जबसम्म गठबन्धनले एमसीसीबारे एकीकृत धारणा ल्याउन सक्दैन तबसम्म एमाले पर्ख […]
सर्मिला रोकाया /बाजुरा : युवा संघ नेपाल बाजुराको आयोजनामा हिजो कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको छ । युवा संघ नेपाल, अनेरास्ववियु, एकिकृत समाजवादि निकट प्रेस सेन्टर बाजुराको सहभागितामा कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको हो । नेकपा एकिकृत समाजवादिमा आवद्ध विभिन्न संघ संगठनले एमसिसि विरुद्ध प्रर्दशन गरेका बताईएको छ । कोल्टी माथिल्लो बजार देखि तल्लो बजार […]
नागरिक रैबार/बाजुरा २ फागुन। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा स्थानियले ताला बन्दि गरेका छन् । दुई महिना भन्दा बढी समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुदा स्थानिय उपभोत्तलाई सेवा लिन समस्या भएको भन्दै साेमबार नगरपालिकामा तालाबन्दि गरेको छन् । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनको मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय बिहिन बनेको […]
काठमाडौं। स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ। निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवालाई मतदानको अवसर प्राप्त भएको हो। नेपालको निर्वाचन इतिहासमा पहिलोपटक मतदान हुने अघिल्लो […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै […]
निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि बिहीबारदेखि दल दर्ता गर्ने तयारी थालेको छ । बिहीबार दल दर्ताका लागि आह्वान गरेर ११ दिनको समय दिने आयोगले जनाएको हो । अहिले निर्वाचन आयोगमा एक सय तीन दल दर्ता छन् ।आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘स्थानीय तहको निर्वाचनमा हामीले अन्तिमसम्म के–के काम गर्छौँ भनेर कार्यतालिका तयार गरिएको छ । त्यसैअनुसार ५ […]
नागरिक रैबार/बाजुरा २ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालिका खड्क बहादुर साउँद २ दशकपछि फेरी एमालेको सक्रिय राजनीतिमा फर्किएका छन् । दुईदशक देखि एमाले पार्टीबाट निस्कृय रहेका साउँदले आफु पुःन एमालेको सक्रिय राजनीतिमा फर्किएको सोमबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । एमाले बाजुराको स्थापनाकाल देखि पार्टीको संगठित सदस्य रहेका साउँद २०५४ […]
काठमाडौँ – सर्वोच्च अदालतले आफ्नो वेबसाइट बाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायाधीशकै सूचीबाट हटाएको छ । जबराको नाम र फोटो भएको ठाउँमा अहिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको राखिएको छ । सत्तारुढ ९८ सांसदले आइतवार महाअभियोग प्रस्ताव दर्ता गरेसँगै स्वतः निलम्बनमा परेका जबराको नाम र फोटो हटाएर कायममुकायममा दीपक कार्कीलाई उल्लेख गरिएको छ । कार्की सर्वोच्च […]
नागरिक रैबार/बाजुरा १ फागुन। नेकपा माओवादी केन्द्र बाजुराले २७ औं जनयुद्ध दिवस दिप प्रज्वलन गरेर मनाएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध थालनी गरेको स्मरणमा माओवादीले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । पुष्पकमल दहाल नेतृत्वमा तत्कालिन माओवादीले सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकसाथ आक्रमण गरेर औपचारिक […]