होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् । बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई कसरी निकास दिने भनेर […]
धनगढीः अमेरिकी सहयता परियोजना (एमसीसी) बारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन्। एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताहरू छलफलमा जुटेका हुन्। माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने पक्षमा छन्। नेपाली […]
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन बचाउने प्रयास भइरहेको बताएका छन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनमा मतभेद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा त्यसबारे निर्णायक छलफल गर्न बैठक राखेका छन् । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ । बैठकअघि विहान प्रधानमन्त्री देउवासँग छलफल गरेका दाहालले […]
काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो । उनीहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग […]
नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबीच छलफल भएको हो । बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ […]
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तत्कालीन केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् । […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा […]
नागरिक रैबार/बाजुरा ५ फागुन । बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएको ताला ४ दिन पछि आज खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको सहमती पछि चारदिनपछि ताला खोलेको स्थानीय हिक्मत थापाले बताएका छन् । चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत […]
काठमाडौं, ५ फागुन । कुनै चमत्कार भएमात्र सत्ता गठबन्धन जोगिने भएको छ । आज साँझ ५ बजे गठबन्धनको बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले कठोर निर्णय लिने बुझिएको छ । देउवाले एमसीसी पारित गर्न साथ दिने या नदिने भनेर गठबन्धनका नेताहरुसँग छलफल गरेपछि कदम चाल्ने बुझिएको छ । उनले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा निर्णायक छलफल हुने नेताहरूले […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताएका छन् । ‘पास हुन्छ कि फेल हुन्छ ? थाहा छैन । हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,’ देउवाले भने, […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन […]
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरू पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचारसंहितामा पनि समावेश गरेको हो । आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । ‘अहिलेका जनप्रतिनिधि पदमा […]
सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन […]
काठमाडौंः अमेरिकी सहायता परीयोजना (एमसीसी) विरुद्ध प्रदर्शनमा उत्रिएका २४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशभरबाट २४२ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । नियन्त्रणमा लिएका सबैलाई छोड्ने तयारी भइरहेको छ ।प्रवक्ता केसीले भने, ‘धनजनको कुनै क्षति भएको छैन । पक्राउ परेकालाई छोड्दै छौं ।’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी […]
धनगढीः कञ्चनपुरमा एक वडाध्यक्षको मोटरसाइकल समातिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वार्ड ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराको सरकारी मोटरसाईकल नेपाल बन्दकर्ताले नियन्त्रणमा लिएका हुन्। बन्दकर्ताले अध्यक्ष बोहराको मोटरसाईकल बसपार्क नजिकबाट नियन्त्रणमा लिएको बताएका छन्। नेपाल बन्दको समयमा सरकारी मोटरसाईकल चलाएको भन्दै मोटरसाईकल समातेको उनीहरुले बताएका छन्।
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल […]