होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धरान उपमहानगर प्रमुख हर्कराज राईले प्राय: श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए। खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीव्र वैचारिक र राजनीतिक लडाई लडिरहेको बताए । ‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र […]
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भनेका छन्, ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’ नेपाल कुनै पनि […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उनले बताए । ‘यहाँ त […]
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रस्ट पार्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा आफ्ना कुरा राख्दै थापाले प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद्मा उपस्थित भएर ‘हुँदैन, हुँदैन, हुँदैन’ भनेर प्रस्ट जवाफ दिनुपर्ने बताएका हुन्। उनले भने, ‘ यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले […]
स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेदवार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका […]
काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफलने कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो । आजको संसद बैठकको सुरुमै बोल्दै […]
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार […]
धनगढी : कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि मतदान जारी छ। बिहान साढे ७ बजेदेखि मतदान दिउँसो १ बजे सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलबीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन्। समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट […]
काठमाडौ– गत बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भयो। त्यसमध्ये ७५२ स्थानको नजिता सार्वजनिक भएको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएपछि मतगणना नै भएन। उक्त नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवै पार्टीले बूथ कब्जा गरेर मृत्यु भइसकेका व्यक्तिको नाममा पनि मतदान गरेको पाइएपछि आयोगले […]
धनगढी: कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ। जिल्ला समन्वय समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागी नगराउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिएका हुन्। उनले उपाध्याय विशेष अदालतको फरार सूचीमा रहेकाले उनलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन गरेका छन्। नवनिर्वाचित […]
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले असार दोस्रो सातासम्म नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई पूर्णता दिने बताएका छन् । सभापति देउवाले नेविसंघका सभापति दुजाङ शेर्पालाई केही दिनभित्रै समितिलाई पूर्णता दिने तयारीमा रहेको सुनाएका हुन् । शेर्पाले सभापति देउवासँग नेविसंघ गतिविधि , केन्द्रीय समिति विस्तार, ३ त्रिविको तालाबन्दी खुल्ला, संस्कृत विश्वविद्यालय, नेविसंघ सदस्यता वितरण र १२ औँ अधिवेशन […]
काठमाडौँ — बलात्कार तथा यौन हिंसाको उजुरीमा हदम्याद हटाउने विषयमा कांग्रेस र एमाले एकमत देखिएका छन् । माओवादी सांसद भने हदम्याद बढाउनुपर्ने पक्षमा उभिएका छन् । सरकारले संसद्मा पेस गरेको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न जारी अध्यादेशको प्रतिस्थापन विधेयकमा संशोधन प्रस्ताव राख्ने क्रममा सत्तारूढ दलका सांसदको फरक धारणा आएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा […]
नागरिक रैबार/बाजुरा २७ जेठ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य धनराज पण्डित नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सूचना,सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुखमा मनोनीत भएका छन भने, नेपाली काँग्रेस बाजु्राका पुर्व पाटी सचिव रनसिंह ऐडि सुदूपश्चि प्रदेश कार्य समिति सदस्यमा मनोनित भएका छन । नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवंम गतिशील बनाउनका लागि प्रदेश […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको एकता सम्भावनाबारे बोलेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘पोहोर फुटेको होइन ?’ तर अहिले नेताहरुले वाम गठबधन, एकताको कुरा गर्न थालेको छन् नि […]
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारीका कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर त्रिविमा लगाएको ताला खोल्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार नेविसंघले दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखेको छ । नेविसंघ अध्यक्ष शेर्पाले त्रिविभित्रका भ्रष्टाचार, वेथिति र आस्थाका […]
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमा हातपात भएको छ। बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्री कार्यकक्षमै जसपाका सांसद रामबाबु यादवले हातपात गरेका थिए। आफ्नो क्षेत्रमा बजेट नहालेको भन्ने विषयमा विवाद बढ्दै गएपछि मन्त्रीमाथि हातपात गरेका थिए। सांसद यादवले हातपात गरेपछि मन्त्रीको सुरक्षा गार्डले जोगाएका थिए। मन्त्री श्रेष्ठको कार्यकक्षमा अन्य सांसदहरुसहित पुगेका यादवले अश्लिल गाली गलौच […]
नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावमा नेकपा एमालेले भन्दा एक लाख ७५ हजार ७६ मत बढी ल्याउँदै पहिलो पार्टी बनेको बताएको छ। स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले आज समिति संयोजक पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा कांग्रेसले चुनाव भएका ७५२ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको उल्लेख […]
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थाापनको नाममा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको भन्दै विरोध गरेका छन् । बिहिबार प्रतिनिधिसभामा बोल्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गरे । ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले […]