होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । दल दर्ताको प्रमाणपत्र पाएको दिनलाई सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी स्थापना दिवस मनाउँदैछ । अघिल्लो वर्ष आजकै दिन, निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले स्थापना दिवसलाई ‘पुनर्गठन दिवस’ भनेको छ । पार्टी प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडाका अनुसार, राजधानी काठमाडौंसहित देशभर पुनर्गठन दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्कवेट […]
काठमाडौं, भदौ ९ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार प्रमुख विषय उठाएका छन् । आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गर्दै अध्यक्ष ओलीले भने– ‘चुनाव निष्पक्ष हुनेमा एमालेलाई आशंका पैदा भएको छ, सत्ता गठबन्धनले जसरी […]
धनगढी — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले बुधबार एक कार्यक्रमबीच उक्त घोषणा गरेकी हुन् । रञ्जिता ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी पत्नी हुन् । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम कैदमै छन् । कारागारमै भएकाले रेशमले चुनाव लड्न सम्भव नभएपछि […]
काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने छ । बैठकमा शुक्रबार (भोलि) देखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटव्युरोलाई जानकारी गराउने छन् […]
डोटी। सरकारले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको आम चुनावको मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे चर्चा हुन थालेको छ । मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे पनी चुनावी चर्चा निकै चुलिएको छ । एकातिर सत्तारुढ दलहरू संयुक्त गठबन्धनबाट चुनाव लड्दैछन् भने अर्को तर्फ प्रतिपक्षी नेकपा (एमाले) एक्लै मैदानमा हुने देखिएको छ। […]
बाजुरा– स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। तीन नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने २०७४ सालमा जितेका ६ मध्य एक नगरपालिका र दुई गाउँपालिका गरी तीन वटामै चित्त बुझाएको छ। वडाध्यक्षका आधारमा मत केलाउँदा पनि एमाले नै बलियो शक्ति देखिन्छ। निर्वाचन आयोगको तथ्यांकअनुसार […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली हत्तपत्त बालुवाटार जाँदैनन् । बुधबार बिहान उनी उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए । ओलीले सुरुमै चारबुँदा राखे । चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि । तर दोस्रो बुँदाबाट कुरा थाले ।सहभागी नेता विष्णु […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् । भेटमा मंसिर ४ को प्रतिनिधि सभा र […]
धनगढीः डोटीको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। विगतमा गाउँपालिकाले करारमा राखेका कर्मचारीले आफूहरुलाई हटाएको भन्दै मंगलबार तालाबन्दी गरेका हुन्। गएको साउन २८ गते हटाइएका ७ जना करार कर्मचारीले पुर्नवहालीको माग गरेका छन्। गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले भने त्यो विषयमा आफू जानकार नभएको बताएका छन्। ‘म काठमाडौं छु। ताला लगाएको कुरा मैले पनि सुने। […]
काठमाडौँ — नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ […]
बाजुरा । बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका ३ जना बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन । बन्दको आह्वन गर्दे हिडेका उनीहरु प्रकाउ परेका हुन । जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदै हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ३ जना कार्यक्रता प्रक्राउ […]
काठमाडौँ — बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहितका नवप्रवेशीहरूलाई स्वागत गरेका छन् । पार्टी प्रवेशपछि एमाले केन्द्रीय कार्यालयमा करिश्मा मानन्धरलगायतका नेताहरूसँग दानबहादुर चौधरी । गत साता मात्रै गठन गरिएको नेसपाले चौधरीलाई उपाध्यक्ष चयन गरेको […]
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले तयार गरेको आचारसंहितामा एमालेले १३ बुँदे सुझाव दिएको छ । आयोगले सोमबार आचारसंहितामाथि दलहरुको राय सुझाव लिएको थियो । एमालेले निर्वाचन मौन अवधि २४ घन्टा बनाउनुपर्ने, निजी क्षेत्रमा निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्नेलगायतमा सुझाव […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए […]
काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार ज्ञानेन्द्र शाहीले जुम्लाबाट ढुक्कले चुनाव जित्ने बताएका छन् । जिल्लाका आठै पालिकामा चुनाव प्रचारपछि शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव ढुक्कले जित्ने ठोकुवा गरेका हुन् । आइतबार विहान चन्दननाथ नगरपालिका–५ जुगाड खोलास्थित सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क […]
नेपालको संविधानको धारा २५८ ले एउटा आयोगको व्यवस्था गरेको छ। त्यसको नाम छ- राष्ट्रिय समावेशी आयोग। झट्ट नाम सुन्दा यो आयोगले विविधतायुक्त नेपाली समाजको प्रतिनिधित्व गर्छ होलाजस्तो लाग्छ। यो आयोगको नाम र संविधानकै धारा २५९मा तोकिएका यसको काम, कर्तव्य र अधिकारबीच भने विरोधाभाष छ। उक्त धारामा लेखिएको छ- खस आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, […]
काठमाडौँ — नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् । ‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु,’ झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक […]
बाजुरा ५ भदाै । बाजुराका स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर बाजुराका ८ सय ४४ जना उम्मेदवार मध्ये ६ सय १३ जनाले निर्वाचन खर्च विवरण नबुझाएको […]
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय […]
सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय चुनावमा लडने भएका छन्। केही वर्षदेखि बिभिन्न मुद्दा लिएर माईतिघरदेखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका थापाले संसदबाट जनता र देशका पक्षमा लड्ने घोषण गरेका हुन्। उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।’ समाजका विभिन्न विषय […]