होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कञ्चनपुरमा युवतीसँग अवैध सम्बन्ध राखेको भन्दै तरुण दलका नगर कमिटि अध्यक्षमाथि कुटपिट गरिएको छ। जिल्लाको महाकाली नगरपालिकाका तरुण दल अध्यक्ष डम्बर रानामाथी निर्घात कुटपिट गरिएको हो। युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालीका वडा नम्बर ६ मा रानामाथि […]
डोटी – दशैं मनाउन आफ्नो गृह जिल्ला डोटी आएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो निर्वाचन क्षेत्रमा काममा चासो राखेका छन् । उनले दसैंको मुख्य दिन फलेडी बगर धिर्कामाण्डौ सडकको निरिक्षण गरेका छन् ।उक्त सडक मुख्यमन्त्री भट्टको आफ्नो निर्वाचन क्षेत्र ख मा निर्माण भईरहेको छ । निरिक्षणका क्रममा उनले सडक निर्माणको काममा शुरुवात देखी नै ध्यान […]
काठमाडौं- जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्ने अनुमती दिएपछि आइतबार अपरान्ह उनी पक्राउ परेका छन् ।महानगरीय प्रहरी परीसर को एक टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पूर्जी जारी भएपछि महरालाई पक्राउ गर्न प्रहरीले माथिको आदेश कुरेर बसेको थियो । शुक्रबारदेखि नै प्रहरीको निगरानीमा रहेका महरालाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर […]
काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । यससँगै निवर्तमान […]
नागरिक रैबार/बाजुरा १६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुढीगंगा नगर संगठन कमिटीका सदस्यहरुले विहिबार शपथ ग्रहण गरेका छन् । बुढीगंगा नगरपालिकाको फालासेनमा आयोजित एक कार्यक्रमका विच नगर कमिटीका उपलव्ध सदस्यहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज माननीय लालबहादुर थापाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा नगर कमिटीका सदस्यहरुले जनताको जनमतलाई […]
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ। सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर […]
काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै मिडियामा आएकी संसद सचिवालयमा कार्यरत महिलाले हाल आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । […]
काठमाडौँ– संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धले कृष्णबहादुर महराले सभामुख पद गुमाउनु पर्यो । नेपालको राजनीतिक इतिहासमा यौन दुर्व्यवहारको आरोपमा संवैधानिक पदमा बसेका व्यक्तिले यसरी राजीनामा दिएको पहिलो पटक हो । यद्यपि महरामाथि आरोप लगाउने महिलाको बोली फरक देखिन थालेको छ । उनले तीनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबार साँझ आफै उपस्थित भएर आफू […]
काठमाडौँ । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको […]
नागरिक रैबार/बाजुरा १५ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर संगठन कमिटी बडीमालिकाका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बडीमालिका नगरपालिका मार्तडीस्थित नेकपा बाजुराको पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपलव्ध नगरका सदस्यहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज माननीय लालबहादुर थापाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा नगर कमिटी सदस्यहरुले […]
काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् । संसदकै एक महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि मंगलबार बिहा बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद […]
ओखलढुंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका वडाअध्यक्षमाथि कुटपिट गरेका छन् ।शनिबार बेलुका पार्टीको आन्तरिक विवादकाकारण थापाले चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र वस्नेतलाई गिलास प्रहार गरेका हुन् । गिलास प्रहारबाट बस्नेतको आखामाथी चोट लागेको छ । पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा खाजा खाने क्रममा विवाद […]
नवलपरासी । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनका तीन विद्यार्थी नेता पक्राउ परेका छन । अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इन्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्व विद्यार्थी संयोजक नयनसिंह खड्का नविनलाई प्रहरीले नवलपरासीको सुनवलको रमवापुरबाट पक्राउ परेका हुन ।
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यस समिति बाजुराका सभापति कविराज पण्डितले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डिएसपी उद्धवसिंह भाटले बाजुरामा कानुन विपरित काम गरिरहेको आरोप लगाएका छन् । प्रेस युनियन जिल्ला शाखा बाजुराले विहिबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति पण्डितले यस्तो आरोप लगाएका हुन् । बाजुरामा डिएसपी भाटले आस्था र […]
काठमाडौं – गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ। मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्णल […]
खबर संवाददाता/बाजुरा ४ असोज। ‘विप्लव’ समुहका बाजुरा जिल्लाका सह–सचीव दानबहादर सड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । विश्वभरी सुरुभएको कम्युनिष्ट आन्दोलनका एक हिंसाका रुपमा नेपालमा पनि समान्ती, दलाल, पुजीवादी, अधियानयकत्वका विरुद्ध संर्घष गरी गरिव, निमुखा […]
काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैको रहरले संविधान संशोधन नहुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् । ‘औचित्य र आवश्यकताको आधारमा मात्र संविधान संशोधन हुन्छ। कसैलाई रहर लाग्दैमा संशोधन हुँदैन,’ उनले भने,’संशोधन केका लागि हो? कसको अधिकार संविधानले रोक्यो? पुष्टि […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको बारे छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल […]
काठमाडौँ — नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि […]
जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार […]