होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’ सरकारले भने संविधानको मौलिक हक उल्लंघन हुने गरी कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय लिएपछि त्यसको सर्वत्र […]
काठमाडौं । कोरोना महामारीले मुलुक थिलथिलो भएको अवस्थामा संसद सदस्यले दसैं भत्ता नलिने निर्णय सरकारले गरेको छ । संसद सचिवालयले संघीय सांसदको खातामा भत्ता निकासा गरेपछि केही सांसद र पार्टीहरुले यसको विरोध गर्दै फिर्ताको घोषणा गर्न थालेका थिए ।आफूखुसी घोषणा भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दसैं भत्ता दिने निर्णय फिर्ता गरेको हो […]
३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ । दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी […]
जीवन कैला। नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा ७ नम्बर वडा संगठन कमिटीले आज एक प्रेश विज्ञेप्ती जारी गर्दै शक्तिको आडमा वडा कार्यालय सारीएको भन्दै घोर आपत्ति जनाएको छ । बुढीनन्दा नगरपालिका वडा नं सातको वडा संगठन कमिटीले वडा नं सातको वडा कार्यालय एका एक अर्को ठाउँमा सार्नु नाटकिय घटना भएको भन्दै आपत्ति जनाएको हो । […]
काठमाडौं : कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
१ कात्तिक, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले आफ्नै भवन बनाएका छन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेका हुन् । तर भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा […]
१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् । उनले शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताए । ‘तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री […]
१ कात्तिक, काठमाडौं । यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने […]
३० असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् । ‘संविधानको उपलब्धिलाई चुनौती […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडाैँ आएको दुई दिन बित्न लाग्यो । प्रदेशका मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग विद्रोह गर्दै अविश्वास प्रस्ताव दर्ता गराएपछि उत्पन्न विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षलाई काठमाडौँ आउन पत्र काटेका थिए । सोही पत्रको […]
३० असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकांश महानिरीक्षकहरु सर्वोच्च पदमा पुग्नुअगावै चर्चाको केन्द्रमा रहने गर्छन् । हालका आईजीपी शैलेश थापा क्षेत्री भने अपवाद हुन् । कार्यकालको तीन महिना अवधि बित्दासम्म उनले विगतमा अन्य आईजीपीले झैँ महत्वांकाक्षी कार्ययोजना अघि सारेका छैनन् । कुनै नयाँ घोषणा गरेका छैनन् । तर, लामो समयदेखि प्रहरी कार्यालयमा आईजीपीको फोटो राख्ने […]
काठमाडौं – ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा। बावुराम भट्टराइको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गैह्रम्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ। ।’ डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र […]
२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए । उनको शरीरमा पानीको मात्र बढी हुनुका साथै दुबै फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको […]
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेकी थिइन् । पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका […]
२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ पुनर्गठन गरेको मन्त्रिपरिषदबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि देखिएको छ । असन्तुष्टि पनि किन नदेखियोस् ? २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीले आफ्नो गुटको उपस्थिति दुई तिहाई पुर्याएका छन् । महत्वपूर्ण संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा सचिवालयको परामर्शमा लिने स्थायी कमिटी बैठकको निर्णय विपरीत प्रधानमन्त्री […]
नागरिक रैबार/बाजुरा २९ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा कार्यालयको बैठक विहिबार विहान सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेर सकिएको छ । बाजुरा जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यालयको बैठकले ४ वटा महत्वपुणर् निणर्यहरू सार्वजनिक गर्दै बैठक सकेको हो । बैठकमा नेकपा बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर ओली, जनक बोहरा उपस्थित […]
२९ असोज, काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । बुधबार सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका उनले भनेका छन्, ‘मन्त्रीले कुरा बुझेको छ कि छैन […]
सम्झना असफल । विचार । हाम्रो समाज कति एकलकाँटे र अमानवीय छ भन्ने जान्न धेरै टाढा जानै पर्दैन। आफ्नै घरपरिवार र छिमेक, नाता, कुटुम्बसम्म पुग्दा नै काफी हुन्छ। वैवाहिक सम्बन्धका आडमा जिउँदा–जाग्दा अवस्था खेपेको छ नारी समाजले। तराईका अधिकांश महिलाले साडी ब्लाउज लगाउँछन्। अझ साडीको आँचल टाउकाबाट तल झर्नै हुँदैन। कान्छी नन्दलाई लोग्नेले नितम्बमा चुरोटले […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ । अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको […]
२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, […]