होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले मंगलबारअपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिएको छ । संवैधानिक परिषद (काम, […]
३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा भनिएको छः […]
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक रहेको बताएका छन् । उनले सरकारको यो कदम सर्वसत्तावादी सोच भएको आरोप लगाए । संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति कांग्रेसको विमत्ती रहेको उनको भनाइ छ । देउवाले भनेका छन्, ‘ उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको […]
काठमाडौं । सरकारले संसद बैठक छलेर मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएको छ । आगामी १६ दिनभित्र संसद बैठक बस्नुपर्ने भएपनि त्यसको केही दिनअघि अध्यादेश ल्याएर संसदलाई छल्ने सरकारको रणनीति रहेको पुष्टि भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् । तर, […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद थप बढ्न थालेको छ । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाका प्रमुख सचेतक देव गुरुङलाई हटाउने तयारी गरेका छन् । विभिन्न निकायको नियुक्तिका लागि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका ओलीले एक दुईदिनभित्रै पार्टीका प्रमुख सचेतक गुरुङलाई हटाउने तयारी गरेका बालुवाटार स्रोतले […]
३० मंसिर, काठमाडौं । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू आजको बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने । यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए । लगतै […]
नागरिक रैबार/बाजुरा ३० मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सदस्य नेकपा नेतृ स्वग्रिय पवित्रा शाहीको १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको आयोजनामा स्वर्गीय शाहीको मंगलबार सदरमुकाम मार्तडीस्थित नेकपाको पार्टी कार्यालयमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । श्रद्धान्जलीसभामा बोल्ने नेकपा बाजुराका नेताहरुले स्वग्रीय पवित्रा शाहीकोे […]
३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मंगलबार मन्त्रिपरिषद्मा छलफल नै नभएको पाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ । तर मन्त्रीहरुले भने अध्यादेशबारे बेखबर रहेको बताए । मंगलबार बसेको बैठकमा […]
३० मंसिर, बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकारको निरन्तरतामा असर नपर्ने बताएका छन् । मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरे । ‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन गर्दै उनले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको […]
३० मंसिर, काठमाडौं । उखु किसानको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ । गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन् । उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा […]
३० मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताएका छन् । कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताएको भोलिपल्टै पार्टीका प्रभावशाली नेता सिंहले यो लाइन पार्टीको नभएको बताए । ‘कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन’ मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा […]
३० मंसिर, काठमाडौं । अमेरिका, बेलायतलगायतका देशले कोभिड–१९ भ्याक्सिनका लागि अनुमति दिइरहँदा नेपालमा भने कहिले र कुन खोप आउँछ भन्ने अन्यौल कायमै छ । सरकारले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्समार्फत सहुलियत मूल्यमा आउने खोपको बढी आश गरेको देखिन्छ । गाभीले कोरोनाको खोप कोभाक्समार्फत सहुलियतमा दिने भएकाले यसको छुट्टै प्रशासनिक प्रकिया […]
काठमाडौँ- संवैधानिक परिषदको बैठक आज बस्दैछ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबार स्थगित गरिएको बैठक आज बस्न लागेको हो । बालुवाटारमा बिहान डाकिएको बैठकमा रिक्त संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुनेछ । बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुनेछ । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका […]
काठमाडौँ- संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ । बैठकबारे समन्वय नभएको, पूर्वतयारी नभएको तथा गृहकार्य नपुगेकाले सभामुख सापकोटा बैठकमा नजानुभएको उनका प्रेस सल्लाकार श्रीधर न्यौपानेले खबरहबलाई जानकारी दिए । यसअघि आइतबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित गरिएको थियो […]
काठमाडौं । संवैधानिक निकायमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओेलीले आज मंगलबारलाई बोलाएको संवैधानिक परिषद् को बैठकमा परिषद् सदस्य रहेका सभामुख अग्नी सापकोटा सहभागी नहुने भएका छन् । ‘आजको परिषद् बैठकमा सभामुख ज्यु जानुहुन्न’ सभामुख निकट श्रोतले रातोपाटीलाई भन्यो, ‘कारण चाही थाहा भएन ।’ सभामुख सापकोटा निकट श्रोतका अनुसार परिषद् ्का सदस्यहरुबीच समन्वय अभाव, पूर्व […]
३० मंसिर, कैलाली । नेपाली कांगेसका युवा नेता गगन थापाले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान सुझाएका हुन् । संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख पद […]
२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर ओली सरकारको विरोधमा शक्ति प्रदर्शन गर्यो । कोरोना महामारीकै वीचमा आयोजित विरोध प्रदर्शनहरुमा उल्लेख्य जनसहभागिता देखिएको भन्दै कांग्रेस नेताहरु उत्साहित देखिए । के अब नेपाली कांग्रेसले ओली नेतृत्वको सरकार ढाल्नै चाहेको हो त ? वा उसले प्रतिपक्षको धर्म निभाएर बहुमतको सरकारले गरेका कामहरुबारे खबरदारी […]
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका छन् । सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले भ्रष्टचारको कथा त भनिसाध्य नभएको बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचार हो ।’ भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग […]