होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
काठमाडौँ – आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन्।डिल्लीबजार कारागारबाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग उनले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन आयोग गठन गरेर पुनः प्रक्रिया सुरु गर्नुपर्ने माग गरे। ‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन […]
काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ। ‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको […]
धनगढीः सदूरपश्चिम प्रदेशसभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ।सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन्। उनले शनिवारको प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका छन। प्रदेश सरकारले गरिबी न्युनिकरण, […]
काठमाडौं, १४ जेठ । सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिररहेका रेशम चौधरीलाई आम माफी दिने तयारी थालेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । जेल जीवन विताइरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत हुन् । नाउपा प्रधानमन्त्री […]
हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् । माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् । शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले […]
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभालाई सुचारु गर्ने विषयमा तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । […]
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि […]
चीन । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री लिउ जियान चाओले नेपालमा कम्युनिस्ट विचारधारा राख्ने दलहरुबीच पुनः एकता हुनुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीनको राजधानी बेइजिङ आएका माओवादी नेताहरुसँगको भेटमा मन्त्री लिउले नेपालमा वामपन्थीहरु बीचको एकताले नै राजनीतिक स्थायित्व हुने बताएका हुन् । पछिल्लो समय […]
नागरिक रैबार/बाजुरा ११ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाले नयाँ जनप्रतिनिधी आएको एक वर्षको उपलव्धीको सार्वजनिक समीक्षा कार्यक्रम गरेको छ । दोस्रो पटकका लागि निर्वाचित भएर आएको स्थानीय सरकारले एक वर्षमा गरेका उपलव्धी र आगामी आर्थिक वर्ष ०८०/०८१ को नतिी तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको सुझाव सहितको समीक्षा गरेको हो । एक वर्षका कार्यकालको उपलव्धीको सार्वजनिक सुनुवाई गर्नुका […]
नागरिक रैबार/बाजुरा ९ जेठ।एमाले निकट युवा र विद्यार्थीहरुले बाजुरा जिल्लाको समग्र विकासमा सवैसंग सहकार्य गर्ने बताएका छन् । अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले मंगलबार विहान एक विज्ञप्ति जारी गर्दै बाजुरामा भ्रष्टाचार र विकास विरोधी कुनै पनि कार्यमा हाम्रो सहकार्य र सम्झौता नहुने उल्लेख गरेको छ । जेठ २ गते जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुखलाई […]
नागरिक रैबार/बाजुरा ९ जेठ। नेपाल बार एशोसिएसन बाजुरा जिल्ला शाखाको अध्यक्षमा अधिवक्ता पुरबहादुर रावत चयन भएका छन् । त्यस्तै उपाध्यक्ष अधिवक्ता सुक थापा, सचिव पदमा अधिवक्ता हर्क खडायत र काेषाध्यक्ष पदमा अधिवक्ता भीम केसी चयन भएका हुन् ।
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ ।गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो । […]
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ११ गतेसम्म छलफल हुने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन । सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग […]
काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने ।नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि […]
नागरिक रैबार/बाजुरा ३ जेठ। जगन्नाथ गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जगन्नाथ गाउँपालिकाकाे आयाेजना र राष्ट्रिय सूचना आयाेग काठमाडौकाे सहयाेगमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । गाउँपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । अन्तरक्रियाकाे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला […]
काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण […]
काठमाडौं, २ जेठ । अयोग्य लडाकुलाई तत्काल २/२ लाख नदिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सरकारको अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयकोविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणनले रिट हालेका थिए। उक्त रिटको प्रारम्भिक सुनवाईमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश […]