होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रतिनिधि सभा विघटन, महंगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौँको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेता योगेश भट्टराईले जानकारी दिए । मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका […]
६ फागुन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश […]
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले तत्कालीन राजालाई जसरी अहिलेको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट आफ्नो राय दिँदै उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताए । ‘लिखित संविधानमा कुनै पनि निकायको अधिकार सीमित हुन्छ । सीमा नाघेर काम गरे नगरेको हेर्नुपर्ने हुन्छ। तत्कालीन राजाको विशेषाधिकारबाट पीडित राष्ट्र भएकाले […]
काठमाडौं । प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोन जारी राखेको नेकपा प्रचण्ड–माधव पक्षले आज बिहीबार काठमाडौँमा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार बिहीबार अपराह्न चार बजेदेखि ५ बजे एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए । तुलाधरले […]
काठमाण्डौ – हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आजदेखि तीन दिनसम्म देशभर विभिन्न कार्यक्रम गरिँदै छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । गएको माघ २० गते यो वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह […]
६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा […]
इलाम- सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेपछि जिल्ला निर्वाचन कार्यालय इलामले पनि चुनावी गतिविधिबारे बुझ्न थालेको छ । केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला निकायसँग परामर्श थालेको छ । कार्यालयले सरोकारवालासँग चुनावी आचारसंहिता, चुनावी गतिविधिबारे जानकारी लिन/दिन थालेको छ । अब बन्ने आचारसंहिताको मस्यौदामा […]
काठमाडौँ — संसद् विघटनपछि त्यसको राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रेको नेकपाको दाहाल–नेपाल समूहले निकै कोसिसका बाबजुद पनि तीन मुद्दामा समर्थन जुटाउन असफल भएको छ । प्रतिनिधिसभा विघटनको दुई महिना बित्दा पनि दाहाल–नेपाल समूह संयुक्त आन्दोलन, अन्तर्राष्ट्रिय समर्थन र वैधानिकताको लडाइँको मोर्चामा कमजोर देखिएको छ । यद्यपि वैधानिकताको विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ । […]
६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दै छ । […]
प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने भएका छन्।प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे लिखित जवाफ बोकेर सर्वोच्च जाने कार्यक्रम छ। गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए।अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई […]
काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ ।प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए । अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए ।‘सो समयमा हामीले अरू केही […]
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिता […]
काठमाडौँ– विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउन लागिएको छ […]
५ फागुन चितवन। आज नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रमै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आउने बताएका छन्। चितवनमा पत्रकारसँग बोल्दै प्रचण्डले अदालतमा चलिरहेको मुद्दाले देशलाई निकास दिने विश्वास गरे। संविधानसम्मत ढंगले अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने प्रचण्डले दावी गरे। असंवैधानिक कदमबाट भएको चुनाव अवैधानिक हुने भएकाले त्यस्तो चुनावले समस्या समाधान नगर्ने प्रचण्डले बताए। यही […]
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको हो । यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ । बैठकमा काँग्रेस संस्था […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद छिलुंग्याउन निर्वाचन आयोगलाई ‘सकस’ परेको छ । निर्वाचन आयोगमा नेकपा ओली समूह र प्रचण्ड–माधव दुवै पक्षले आधिकारिकता दावी गरेपछि आयोग सकसमा परेको हो । सरकारले निर्वाचन घोषणा गरिसकेको र निर्वाचन प्रक्रिया तीव्र पार्न दवाव दिइरहेको अवस्थामा आयोगले दल विवादबारे निर्णय गर्न नसक्दा आयोगको आलोचना समेत […]
काठमाडौं। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि संसद विघटनको विपक्षमा रहेका दलहरुको भावनात्मक र भौतिक दूरी घटेको छ। संसद विघटनलाई ‘प्रतिगमन’को संज्ञा दिएका दलहरु आन्दोलनका क्रममा एकापसमा नजिकिन थालेका छन्। ओलीनिकट नेकपा, कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी र नारायणमान बिजुक्छेको नेपाल मजदूर किसान पार्टीबाहेकका सबै दलहरु संसद […]
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका […]
५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर […]
काठमाडौँ — निर्वाचन आयोगले नेकपा र सूर्य चिह्नसमेत ‘फ्रिज’ (निष्क्रिय) हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत आन्तरिक छलफल थालेको छ । जे निर्णय गरे पनि एउटा पक्षले आरोप लगाउने भएपछि दुवैलाई आधिकारिकता नदिने कोणबाट आन्तरिक छलफल चलेको स्रोतले बतायो । आयोगले नेकपालाई आधिकारिकता नदिने सम्भावना देखेपछि नेकपाका दुवै समूह सशंकित बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले […]