होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । […]
२० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर […]
१९ फागुन, काठमाडौं । अबको ५ दिनमा पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दैछ, तर त्यहाँ कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख विपक्षी नेपाली कांग्रेस अझै अनिर्णित छ । प्रतिनिधिसभा वैठकमा पार्टीको भूमिकाबारे तत्काल निर्णय लिन नेतृत्वमाथि दबाव छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि १३ फागुनमा बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको वैठकले नेपाल कम्युनिष्ट पार्टी […]
१९ फागुन, काठमाडौं । सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ता […]
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत बुधबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । प्रदेशसभामा सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको हो । प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफल सकिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । विशेष कारण देखाएर बैठक स्थगित […]
काठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको छ । बुधबार बुटवलमा बसेको बैठकले देशको समसामयिक राजनीतिको बारेमा छलफल गर्दै प्रधानमन्त्रीको राजीनामाबाट नै मुलुकले राजनीतिक निकास पाउने ठहर गरेको हो । प्रधानमन्त्री ओलीले संसद विघटनको ‘असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदम चालेको’ भन्दै बैठकले सर्वोच्च अदालतको […]
काठमाडौं । आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ । वाक्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न […]
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’
१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय […]
काठमडौँ, १९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । सरकारको सिफारिसमा […]
१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् । खोप लगाउने कार्यक्रम जारी छ । अपराह्न […]
काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् । सांसदहरुले भने बुधबारबाटै यो खोप लगाउन सुरु गरेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन् । फागुन […]
काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच वार्ता सुरु भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै दुवै पक्ष वार्तामा बसेका हुन् । बुधबार बिहानदेखि दुवै पक्षबीच वार्ता भइरहेको र वार्तास्थल गोप्य रहेको चन्द समूहका एक नेताले जानकारी दिए । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र […]
काठमाडौँ– वामदेव नेतृत्वको नेकपा एकता अभियानले उपत्यका स्तरीय भेला बोलाएको छ । भेला आगामी फागुन २१ गते शुक्रबार ११ बजेका लागि बोलाइएको छ । उक्त भेला काठमाडौँको बल्खु स्थित एक पार्टी प्यालेसमा हुनेछ ।नेता गौतमले एकता अनिवार्य भएको भन्दै यसका लागि हरेक जिल्लामा यसप्रकारका भेला, कार्यक्रम, प्रचारप्रसार लगायतका काम गरेर एकताको आवश्यकता बुझाउदै एकताका लागि […]
काठमाण्डौं। काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मंगलबार वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा मन्त्री मगरको भनाईले शंका उत्पन्न गराएको सामूदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले बताईन् । ‘उहा“ त स्वम् मन्त्री […]
१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताले दौडधूप गरिरहेका छन् । […]
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव लगाउनमा काँग्रेस र जनता समाजवादी पार्टी नेपालले सघाउने संकेत दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले त्यसअनुसारको तयारी थालेको छ । सरकार बनाउन तत्कालै सहयोग नगर्ने भनिए पनि अविश्वासको प्रस्तावमा सहयोग गर्ने सङ्केत दिएपछि नेकपा प्रचण्ड–माधव समूहले त्यसको तयारी थालेको हो । जसपा नेपालका कार्यरिणी समितिका एकजना सदस्यले रातोपाटीसँग […]
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताए । उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर […]
१८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि […]
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ तर अहिले पनि आफूलाई हटाउन सजिलो […]