होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एमाले नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको समेत बताएका छन् […]
ठमाडौँ- नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँ जाने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै कानूनी चुनौती दिने निर्णयमा पुगेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । संविधानको धारा ७६ को ५ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभा […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाएका छन् । शनिबार देउवाले एक विज्ञप्ति जारी गर्दै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गर्ने काम भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना […]
८ जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको विप्लव नेकपाको ठहर छ । शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक […]
८ जेठ, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन् । बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम बिरुद्ध १३ वटा रिट सर्वोच्चमा पुगेको छ । विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम बैकल्पिक सरकार बनाउनका लागी दावी गर्न आग्रह गरेकी छिन् । कानुन व्यवसायीहरुले सो कदम असंवैधानिक भनेका छन् । सो कदम सच्याउनुपर्ने […]
८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने पुस ५ को आफ्नो कदम गलत थियो भन्ने नलागेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले फैसला परमसत्य हुन्छ भन्न नसकिने बताए । अरु कारण, परिस्थितिले प्रभावित गर्न सक्ने भन्दै उनले भने, ‘तत्कालको बेञ्चको बुझाई, बेञ्चले बुझेको संविधानका व्याख्या अनुसार फैसला हुने […]
८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् । शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्नका लागि आफू प्रयासरत रहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा ठुलो दलको नेताका हैसियतले आफूलाई बहुमत जुटाउन सहज हुने ठान्दै उपधारा ५ बमोजिम सरकारको नेतृत्वका लागि दावी गर्ने योजनामा रहेको बताए । यसका लागि आफूले दलहरूसँग सहयोग […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकार चलाउन दिक्क भएको बताएका छन् ।उनले आफूले नेतृत्वको गरेको सरकारलाई समर्थन पनि नगर्ने र काम पनि गर्न नदिने परिपार्टीबाट दिक्क भएको बताए । उनले अविश्वासको प्रस्ताव राख्नुहोस् भन्दा पनि कसैले नगरेको उनको भनाइ छ ।उनले राजनीतिको यो पारले आफू दिक्क भइसकेँको बताउँदै उनले अर्को सरकार बनाउँन आग्रह गरे […]
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा गर्न नपर्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको जिकिर गरे । ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’ उनले […]
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान आफूले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार बनाउन प्रस्ताव गरेको खुलासा गरेका छन् । शुक्रबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिहान देउवासँग फोन वार्ता भएको बताएका हुन् । ‘देउवाजीलाई फोन गरेर भनेँ– तपाईहरु सरकार बनाउनुस्, हामी शान्त र संयमित भएर बस्छौँ भनेँ ।’ जवाफमा देउवाले ‘होइन, राष्ट्रिय […]
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान […]
७ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु […]
काठमाडौँ — गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको नियुक्ति खारेज गरिदिएको हो । रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझीलाई सांसद नभइ दोस्रोपटक मन्त्री पदमा नियुक्त गरिनु […]
६ जेठ, हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् । स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य […]
हेटौंडाको भुटनदेवी माविमा बिहीबार राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भइसक्दा पनि एमाले प्रदेशसभा सांसद बेलीमाया घले काठमाडौंमै थिइन् । उनी बिरामी भएको भन्दै भोट हाल्न नगई बसेकी थिइन् । रामबहादुर थापा बादललाई भोट हाल्ने निर्णय गरिसकेको राप्रपाकी सांसद रिता माझी पनि बिहीबार बिहानसम्म काठमाडौंमै थिइन् । साथमा दुई महिनाकी सुत्केरी भएकाले भोट हाल्न हेटौडा जान […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणका बारे पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कांग्रेसले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोभिड- १९ महामारीको पहिलेको चरण भन्दा दोस्रो चरण भयावह भएको र त्यसलाई नियन्त्रण गर्न सरकार चुकेको कांग्रेसको ज्ञापनपत्रमा […]
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। काँग्रेस संसदीय दलले बिहीबार आयोगमा उजुरी दर्ता गराएको हो। प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठबाट निर्वाचन आचार संहिताको उलंघन भएकोले कारबाही गर्न काँग्रेसले माग गरेको छ। मौन अवधिमा प्रधानमन्त्री र शिक्षामन्त्रीले सार्वजनिक रूपमा आफ्ना उम्मेदवारका लागि […]
काठमाडौं । सत्ता समीकरणको ‘किङमेकर’ मानिएको जनता समाजवादी पार्टी (जसपा) यतिबेला फेरि राष्ट्रिय चर्चाको विषय बनेको छ । जसपाका नेताहरुमा देखिएको आपसी सहमतिका कारण प्रधानमन्त्री केपी शर्मा ओली मात्र होइन, विपक्षी गठबन्धनसमेत अप्ठ्यारोमा परेको छ । जसपाका विवादित दुबै पक्षले आफ्नै नेतृत्वमा सरकार गठन नभए प्रतिपक्षमा बस्ने सहमति गरेपछि अब ओलीले विश्वासको मत जुटाउन नसक्ने […]