होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले आउँदो शनिवार आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट ल्याउँदैछ । संसद विघटन भएपछि अध्यादेशबाट बजेट आउनेछ । नेपालको संविधान (२०७२) बनेपछि पहिलो पटक अध्यादेश मार्फत आगामी बजेट सार्वजनिक गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मिति पनि घोषणा गरिसकेका छन् । यसकारण पनि अबको चुनावमा जसरी पनि जनमत आफ्नो […]
केपी शर्मा ओलीले मन्त्रिपरिषद गठनसम्बन्धी संविधानका सबै उपधारा प्रतिनिधिसभाको एउटै कार्यकालमा चाहारेर अनौठो ‘कीर्तिमानी’ रचेका छन् । यसका लागि ओलीले मिल्ने÷नमिल्ने सबै उपायहरु अपनाएका छन् । संविधानको व्याख्यासमेत आफैंले गरेर धारा ७६ (४) को तगारोसमेत फड्किएर उनी अगाडि बढेका छन् । संविधानको धारा ७६ मा सरकार गठनका लागि चारवटा विकल्प उल्लेख छन् । पहिलो– बहुमतको […]
बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री […]
११ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका […]
११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह इतरका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका छन् । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, पुराना नेता मुकुन्द न्यौपाने सहित ११ जना निष्काशन गरिएका हुन् । निष्काशन गरिएका खनाल, नेपाल […]
नेकपा एमालेले नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरेको छ ।बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर पार्टीको अनुशासन उल्लंघन गर्ने नेपालसहित ११ जना नेतालाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीबाट निष्कासनमा पर्नेमा नेताहरूमा नेपालसहित झलनाथ […]
काठमाडाौं । नेकपा एमाले खनाल–नेपाल समूहका नेता डा. भिम रावलले प्रधानमन्त्री केपी ओलीले कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गरेको आरोप लगाएका छन् । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा नेता रावलले ओलीले महन्थ–राजेन्द्रसँग सम्झौता गरेर राष्ट्रको अस्मिता र स्वतन्त्रतामाथि धावा बोल्ने काम गरेको बताए । “प्रधानमन्त्री ओलीले निर्लज्ज भएर राष्ट्रको अस्मिता स्वतन्त्रतासँग जोडिएको विषयलाई आफ्नो कुर्सीसँग सम्झौता […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै पार्टी महासचिव विप्लवले ओली सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि नागरिकता अध्यादेश ल्याएको आरोप लगाएको छ । “नागरिकताजस्तो राष्ट्रिय […]
प्रतिनिधिसभा पुनःस्थापनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । रिट निवेदनमा १४६ सांसदको हस्ताक्षर रहेको छ । कांग्रेस सभापति देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष […]
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक न्यायालय आउनुपरेको बताएका छन् । सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अदालत प्रांगणमा पत्रकारसँग कुरा गर्दै नेता थापाले यस्तो संविधानविरोधी र गैरजिम्मेवारी प्रधानमन्त्री पाउनुपर्ला भन्ने कुरा संविधान लेख्ने बेला कल्पना नभएको बताए । ‘यस्तो संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी […]
काठमाडौं, १० जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्यले नेता माधवकुमार नेपालसहित २० भन्दा बढीलाई कारबाही गर्ने भएको छ । आज कारबाहीको निर्णय लिनकै लागि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक नरोके कारबाहीको निर्णय आउने निश्चितप्रायः छ । योसँगै आजबाट एमाले विधिवत् रुपमा दुई टुक्रा हुने […]
१० जेठ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, […]
काठमाडौं १० जेठ। नेकपा एमालेमा माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्यो, अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधे । कर्णालीमा प्रदेशसभा सदस्यहरुले फ्लोर क्रस गरे, ओलीले फेरि स्पष्टीकरण सोधे । फ्लोर क्रस गर्ने चार जनालाई पार्टीबाट निष्काशित भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दाबीलाई समर्थन गर्दै नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेपछि ओलीले […]
धनगढीः राष्ट्रिय राजनीति र एमालेभित्रको विवादको असरबाट सुदूरपश्चिम सरकार अछुतो छैन। जुन कारण प्रदेश सरकार सुरक्षित पनि छ र छैन पनि। पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको विवाद उस्तै छ। हाल सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ। एमालेको ओली पक्ष प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर […]
वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । नेता भीम रावलले […]
विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् । परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित हुँदैछन् । यसका […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुरा जिल्लामा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी सर्मा ओलीले गरेको असम्बैधानीक कदमको बिरोधमा बाजुरा सदरमुकाम मार्तडीमा राके जुलुशु निकालेको छ । प्रधान मन्त्री केपी शर्माओलीको नागरिकता बिधायक तथा संसाद बिगठनको बिरोधमा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एमाले माधव नेपाल समुहका बिद्यार्थी संगठनहरुले बजारमा राके जुलुश निकालेको नेकपा माओबादी […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्ने दावी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट प्रेस चौतारीका पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धाँधली हुन नसक्ने गरी निर्वाचन गर्ने बताएका हुन् । उनले निर्वाचनमा सिसी क्यामेरा र ड्रोन बाट भिडियो खिचेर निष्पक्ष चुनाव गर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरको तयारी गरिरहेकोमा व्यङ्ग्य गरेका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरु मोर्चा कसेर मुद्दा दायरको तयारीमा जुटेको भन्दै व्यङ्ग्य गरेका हुन् । उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले मुद्दा हाले पनि त्यही हो, […]
९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो ।’ उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस […]